वालिङ । वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको गएराति कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिनुभयो।
उहाँका अनुसार गएराति ११ बजे थापामाथि कुटपिट भएको थियो। कुटपिटबाट घाइते भएका थापालाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकामा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए।
प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएकामा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, चापाकोट नगरपालिका–५ काम्तीका २४ वर्षीय अनिल शाही रहेको चौधरीले जानकारी दिनुभयो। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ।रासस
