• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • २६ मिनेट 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • ३ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • ४ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • ७ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

  •  बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालको स्वास्थ्य सेवा प्रणालीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले मातृ तथा बाल स्वास्थ्य, पोषण, नियमित खोप तथा विभिन्न रोगको नियन्त्रणलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्य रुक्मिणी कोइरालाले राख्नुभएको मौखिक प्रश्नको जवाफ दिनुहुँदै मन्त्री मेहताले हाल देशभर ५० हजारभन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रहेका जानकारी दिनुभयो ।

स्वयंसेविकालाई राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ (पहिलो संशोधन, २०७६)ले स्वयंसेवीका रूपमा परिभाषित गरेको उहाँले बताउनुभयो । “योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा औपचारिक आबद्धताका लागि रोजगारदाता र श्रमिकबीचको औपचारिक रोजगार सम्बन्ध, निश्चित आधारभूत पारिश्रमिक तथा नियमित योगदान आवश्यक पर्ने भएकाले हालको संरचनामा सबै महिला स्वास्थ्य स्वयंसेविकालाई उक्त कोषमा पूर्ण रूपमा आबद्ध गर्न सकिएको छैन”, मन्त्री मेहताले भन्नुभयो । तर सरकारले उहाँहरूको योगदानको कदर गर्दै वार्षिक रु १० हजार पोसाक भत्ता, रु १८ हजार यातायात खर्च तथा सेवा निवृत्त हुँदा एकमुष्ट रु २० हजार उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

स्वयंसेविकाको स्वास्थ्य बिमाको प्रिमियममा ५० प्रतिशत योगदान सरकारले गर्दै आएको छ । स्वयंसेविकाको क्षमता अभिवृद्धिका लागि सेवा प्रवेश गर्दा १० दिनको आधारभूत तालिम र हरेक चार वर्षमा चार दिनको पुनर्ताजगी तालिम उपलब्ध गराउने व्यवस्था छ । यी दुवै तालिमका लागि सङ्घीय सरकारले सशर्त अनुदानमार्फत स्थानीय तह÷स्वास्थ्य कार्यालयमा बजेट पठाउँदै आएको छ । गत आर्थिक वर्षमा ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयमा आधारभूत तालिम सञ्चालनका लागि रु दुई करोड ८९ लाख ८० हजार र पुनर्ताजगी तालिमका लागि रु आठ करोड ९७ लाख ८९ हजार उपलब्ध गराइएको थियो । यसका अतिरिक्त प्रदेश सरकार तथा स्थानीय तहबाट पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विभिन्न प्रकारका थप सुविधा तथा प्रोत्साहन उपलब्ध गराउने गरिएको मन्त्री मेहताले जानकारी दिनुभयो ।

प्रदेश सरकार र स्थानीय तहअनुसार सुविधाको स्वरूप र रकममा विविधता रहेको छ । उपलब्ध विवरणअनुसार मासिक प्रोत्साहन भत्ता, यातायात तथा सञ्चार खर्च, चाडपर्व खर्च र ससम्मान बिदाइलगायतका थप सुविधा प्रदान हुँदै आएको छ । मासिक तलबको विषय सरकारको गम्भीर चासोको विषय भएको उल्लेख गर्नुहुँदै मन्त्री मेहताले स्वयंसेविकालाई नियमित मासिक पारिश्रमिकको व्यवस्था गर्न विद्यमान कानुनी तथा नीतिगत व्यवस्था, सेवा प्रकृति र राज्यको स्रोत तथा साधनलाई समेत विचार गर्नुपर्ने बताउनुभयो ।

स्वयंसेविकालाई कर्मचारीका रूपमा रूपान्तरण गर्ने विषयमा उहाँहरूको योगदान, सेवा प्रकृति, सामाजिक सुरक्षा र राज्यको दायित्वलाई समेटेर आवश्यक नीतिगत तथा कानुनी विकल्पका सम्बन्धमा अध्ययन तथा छलफल आवश्यक देखिएको मन्त्री मेहताले बताउनुभयो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले नेपालको स्वास्थ्य प्रणालीमा पु¥याउँदै आएको योगदानलाई सरकारले उच्च सम्मान गरेको मन्त्री मेहताले बताउनुभयो ।

स्वयंसेविकाको सेवा सुविधा, सामाजिक सुरक्षा र दीर्घकालीन हितलाई ध्यानमा राख्दै सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयमा न्यायोचित र दिगो व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।रासस

बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.