• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • २२ मिनेट 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • ३ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • ४ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • ७ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ६. बाँकेमा १९३ कुष्ठरोगी

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

  •  बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयबाट ३९ सदस्यीय अस्पताल अनुगमन समिति गठन गरी अनुगमन भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले सोध्नुभएको प्र्रश्नको जवाफमा उहाँले समितिमा मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जनस्वास्थ्य कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुर तथा विभिन्न सङ्घीय अस्पतालका प्रतिनिधिलगायत सम्बन्धित निकायको सहभागिता रहेको जानकारी दिनुभयो ।

छ सदस्यीय अर्को अनुगमन समितिमार्फत अस्पतालको सेवा प्रवाह, सेवाग्राहीका समस्या तथा सुधारका विषयमा अनुगमन र आवश्यक सहजीकरण भइरहेको पनि मन्त्री मेहताले सुनाउनुभयो । सङ्घीय अस्पतालमा बिरामीको चाप घटाउने, सहज अनलाइन टिकट तथा फास्ट ट्रयाक सेवा लागू गर्ने, अस्पताललाई डिजिटल बनाउने र विस्तारित बहिरङ्ग सेवा सञ्चालन गर्ने सम्बन्धमा पनि काम भइरहेको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकालगायत देशभरका सरकारी अस्पतालमा बढ्दो बिरामीको चाप, टिकट लिन लामो समय लाइन बस्नुपर्ने अवस्था तथा सेवाग्राहीलाई सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको मन्त्री मेहताले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा लामो समय लाइन बस्नुपर्ने अवस्था न्यूनीकरण गर्न अनलाइन टिकट, टोकन व्यवस्थापन, डिजिटल सेवा तथा आवश्यकताअनुसार द्रुत सेवा विस्तारका लागि सम्बन्धित अस्पतालसँग समन्वय गरी काम भइरहेको छ ।

गत असार दोस्रो साता सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका अस्पतालमा स्थलगत अनुगमन गरिएको मन्त्री मेहताले जानकारी दिनुभयो ।

अनुगमनमा विशेषगरी टिकट तथा टोकन प्रणाली, बिरामीको चाप, प्रतीक्षा समय, सेवा प्रवाह र सञ्चालनको अवस्था हेरिएको थियो । नियमित समयबाहेक थप समयमा सेवा उपलब्ध गराई बिरामीको चाप व्यवस्थापन गर्ने उद्देश्यले सेवा सञ्चालन तथा विस्तारलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको छ । यसका लागि गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा रोशन न्यौपानेलाई लक्षित वर्गका लागि १० प्रतिशत निःशुल्क श्यया व्यवस्थापनको सम्पर्क व्यक्ति तोकिएको छ ।

मन्त्री मेहताका अनुसार हाल राष्ट्रिय ट्रमा सेन्टर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, मानसिक अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, डडेल्धुरा अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (इएचएस) सञ्चालनमा रहेको छ ।

वीर अस्पतालमा इएचएस सञ्चालनसम्बन्धी कार्यविधि तयार भइसकेको मन्त्री मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यविधि भोलि बस्ने कार्यकारिणी परिषद्को बैठकबाट स्वीकृत गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । इएचएस सञ्चालन नभएका अन्य अस्पतालसँग पनि आवश्यक समन्वय गरी सेवा विस्तारको प्रक्रिया अघि बढाइएको मन्त्री मेहताले बताउनुभयो ।

अनलाइन तथा डिजिटल सेवा विस्तार, फास्ट ट्रयाकको व्यवस्था, अस्पतालको नियमित अनुगमन र इएचएसको विस्तारमार्फत बिरामीको चाप तथा प्रतीक्षा समय घटाई सङ्घीय अस्पतालको सेवा प्रवाहलाई थप सहज, छिटो र सेवाग्राहीमैत्री बनाउने गरी मन्त्रालयले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।रासस

बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.