• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, असोज ०१, २०८३
बिहिबार, असोज ०१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • ३ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • ४ घण्टा 

लागूऔषधसहित पक्राउ
  • ५ घण्टा 

दोहोरो पीडामा बन्दुरामः ‘छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला’
  • ५ घण्टा 

झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
  • ५ घण्टा 

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • २२ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • २३ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ४. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ८. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ९. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

  •  बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित

कैलाली । कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । जिल्लामा जापानिज इन्सेफलाइटिसका बिरामी फेला परेपछि घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार धनगढी उपमहानगरपालिकामा असोज ८ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ ।

कैलालीमा यस वर्ष जापानिज इन्सेफलाइटिसका आठ जना बिरामी फेला परेका छन् । तीमध्ये लम्कीचुहा नगरपालिकाका दुई, धनगढी उपमहानगरपालिकाका तीन र घोडाघोडी नगरपालिकाका तीन जना रहेका छन् । घोडाघोडीका तीन सङ्क्रमितमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । जिल्लाका १३ स्थानीय तहमध्ये जेईका बिरामी फेला परेका घोडाघोडी, लम्कीचुहा र धनगढीमा खोप अभियान सञ्चालन गर्न लागिएको सूचना अधिकारी धामीले बताउनुभयो ।

घोडाघोडी र लम्कीचुहामा आजदेखि अभियान सुरु भएको र धनगढीमा असोज ८ गतेदेखि सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अन्य स्थानीय तहमा पनि चालु आर्थिक वर्षभित्र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । यसैबीच, घोडाघोडी नगरपालिकामा नगरपालिकाका कर्मचारीलाई खोप लगाएर अभियानको उद्घाटन गरिएको छ । आज बिहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले खोप लगाएर अभियानको उद्घाटन गर्नुभयो ।

घोडाघोडी नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहोराका अनुसार नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत १२ वटै वडाका समुदायमा खोप सेवा सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ३० वर्ष उमेर समूहसम्मका व्यक्तिलाई जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाइने उहाँले जानकारी दिनुभयो । नगरपालिकामा सुरु भएको खोप अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा नगरपालिकाका सबै वडाका लक्षित समुदायसम्म पुगेर खोप सेवा उपलब्ध गराइनेछ । बोहराले जानकारी दिनुभयो।रासस

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
लागूऔषधसहित पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

लागूऔषधसहित पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.