• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, असोज ०१, २०८३
बिहिबार, असोज ०१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • १ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • ३ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • ३ घण्टा 

लागूऔषधसहित पक्राउ
  • ५ घण्टा 

दोहोरो पीडामा बन्दुरामः ‘छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला’
  • ५ घण्टा 

झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
  • ५ घण्टा 

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • २२ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • २२ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • १०. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

दोहोरो पीडामा बन्दुरामः ‘छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला’

  •  बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित

महेन्द्रनगर । रसुवाको लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका अभिषेक डगौराले गत भदौ १० गते बिहान ८ः३० बजे आमा सुनितालाई उपचारका लागि चिन्ता नलिन ढाडस दिँदै हुनुहुन्थ्यो । आमा–छोराको संवादको निष्कर्ष थियो भारतको राजधानी नयाँ दिल्ली जाने । उतै काम र उपचार गर्ने । “आमा एक÷दुई दिनमा घर आउँछु । चिन्ता नलिनू । दिल्ली गएर हजुरको उपचार राम्रोसँग गरौँला,” छोरासँगको अन्तिम संवाद सम्झँदै सुनिता डगौराले भन्नुभयो, “गरिबीले छोरा घरमा कहिल्यै बसेन । मजदुरीका लागि यताउता नै भयो । उसको कमाइले हाम्रो घरको चुल्हो बल्थ्यो । अब त घरमा दिउँसै अँध्यारो भयो ।”

आर्थिक अवस्था निकै कमजोर भएकै कारण सुनिता विगत चार महिनादेखि दुवै मिर्गाैलामा समस्या देखिए पनि घरमै थला पर्नुभएको छ । भारतको बरेलीमा सुनिताको उपचार गराएका उहाँका श्रीमान् बन्दुराम डगौराले रु डेढ लाख खर्च भएको बताउनुभयो । पैसा नभएकाले गत असार यता अस्पताल लैजान डगौरा दम्पतीले नसकिरहेका बेला छोरा बाढीमा परेर सम्र्पकविहीन हुनुभएको छ । “मिर्गौला पीडित श्रीमतीको उपचारका लागि भएको तीन कट्ठा जग्गा बन्धक राखेर पैसा लिएको थिएँ ।

छोराले म उपचार खर्च त कमाइहाल्छु बुबा भन्थ्यो,” बन्दुरामले रासससित भन्नुभयो, “उपचार खर्चसहित घरको खर्च चलाउने आशा दिएको छोरो अभिषेक बाढीपछि सम्र्पकविहीन हुँदा परिवारको सहारा गुमेको छ ।” गत जेठमा मात्रै सो आयोजनामा काम गर्न अभिषेक रसुवा पुग्नुभएको थियो । त्यसअघि भारतको बैङलोरमा काम गरेको बुबा बन्दुरामको भनाइ छ । “बुबा चिन्ता नगर्नु आमाको उपचार गरिहालौँला भन्थ्यो,” उहाँले भन्नुभयो, “भरोसा दिने छोराको न सास न त लास पाउने अवस्था भयो ।” दुई छोरा र एक छोरीमध्ये २५ वर्षीय अभिषेक बन्दुरामका जेठा छोरा हुन् । “छोरीको बिहे भइसक्यो । कान्छो छोरा पनि पढ्न नसकेर त्यतिकै छ,” उहाँले भन्नुभयो, “जेठो छोरा बाढीले बेपत्ता भएपछि गाउँलेले श्रीमतीको उपचारका लागि रु ६५ हजार चन्दा सङ्कलन गरेका छन् ।

केहीले दिएको चामलले भोक मेटाउँदैछौँ ।” श्रीमती मिर्गाैला पीडित र छोरा बेपत्ता भएको अवस्थामा बन्दुरामले आर्थिक अभावकै कारण उपचारका लागि अस्पताल लैजान सक्ने अवस्था नरहेको बताउनुभयो । “एक पटक उपचारका लागि जाँदा १६ हजार भारतीय रुपैयाँ लाग्छ । आफूसित एक हजार ६०० छैन,” उहाँले भन्नुभयो, “वडा कार्यालयको सिफारिसपछि चन्दा सङ्कलन गरेर भए पनि उपचारमा लैजान्छु । नत्र बिना पैसा कस्ले उपचार गरिदेला र ।” घर बनाउने मिस्त्री काम पनि परिवारमा समस्या पर्दा प्रभावित भइरहेको उहाँले बताउनुभयो । “छोरा खोज्न काठमाडौँसम्म पुगेँ । न सास न त लासकै अवस्था पत्ता लाग्यो,” उहाँले भन्नुभयो, “ठेकेदारले छोराको काम गरेको रु १५ हजार पारिश्रमिक लिएर तीन दिन बसेर भारी मन लिएर घर फर्किए । छोरालाई लिएर फर्किने आशामा निराशा र रोदन मात्रै बाँकी रह्यो ।” बेपत्ता अभिषेककी आमा सुनिताले आफ्नो जीवन बचाउनका लागि गुहार माग्नुभएको छ ।

“छोराको त अवस्था सरकारले पत्ता लगाउन सकेन । मेरो उपचारमा त केही सहयोग गर्ला र,” उहाँले भन्नुभयो, “मेरो अवस्थाकै कारण घर फर्किने तयारी गरिरहेको छोरा बाढीमा बेपत्ता भयो ।” घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफूले उपचार पाउन नसकेको सुनिताले वेदना सुनाउनुभयो । “ थोरै जग्गा थियो । त्यो पनि बन्धक राखेर भारतको बरेलीमा उपचार गरेको ऋण नै छ,” उहाँले भन्नुभयो, “अहिले पनि श्रीमान् उपचारका लागि ऋण खोजिरहनु भएको छ । अब उपचारका लागि ऋण खोज्ने कि सम्र्पकविहीन छोरा खोज्ने ।” बन्दुराम डगौराको परिवारको पीडा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का सांसद दीपकराज बोहराले सोमबार प्रतिनिधिसभाको बैठकमा समेत राख्नुभएको थियो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका मात्रै १४ जना भोटेकोशी बाढीबाट सम्र्पकविहीन रहेको बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद डगौराले सुनिता डगौराको स्वास्थ्य अवस्था समेटिएको पत्र बनाइदिएको बताउनुभयो । “छोरा रसुवा बाढीमा परेर सम्र्पकविहीन छन् । आमा दुवै मिर्गाैलामा समस्या देखिएर समस्या परेको अवस्था छ । घरमा छाक टार्नलाई अन्न नभएको अवस्था छ,” वडाध्यक्ष डगौराले भन्नुभयो, “गाउँले जीवन रक्षाका लागि हात अघि बढाएका छन् । सबैको सहयोग भयो भने नेपालमा उपचार गराउने योजना छ । तर पैसा जुटिसकेको छैन ।”रासस

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

लागूऔषधसहित पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.