भरतपुर । ज्येष्ठ नागरिक संघ उपशाखा भरतपुर–९ को आयोजना तथा पुष्पाञ्जली हस्पिटल प्रा.लि., भरतपुरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले ज्येष्ठ नागरिकहरूलाई चाडपर्वका समयमा अपनाउनुपर्ने स्वस्थ खानपान, जीवनशैली तथा स्वास्थ्य सुरक्षाका उपायबारे जानकारी दिनुभएको थियो। सो अवसरमा सहभागीहरूको निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षणसमेत गरिएको थियो। कार्यक्रममा करिब १०० जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ।
ज्येष्ठ नागरिक संघ उपशाखाका अध्यक्ष घननाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुष्पाञ्जली हस्पिटलका सामाजिक सेवा प्रमुख केदार सुवेदीले अस्पतालबाट प्रदान गरिँदै आएका सेवाबारे जानकारी गराउँदै ज्येष्ठ नागरिक तथा टोलवासीलाई विभिन्न स्वास्थ्य सेवामा छुट सुविधा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय डा. विश्वास गुरुङ तथा वडा सदस्य पूर्णबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
