चितवन । लायन्स क्लब अफ चितवन सेन्ट्रलको आयोजनामा इच्छाकामना गाउँपालिका–२, मायाटारस्थित सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालय र श्री आदर्श ल्यादर विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीका लागि निःशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ।
लायन्स क्लब अफ चितवन सेन्ट्रलका अध्यक्ष लायन कृष्णराज वाग्लेको अध्यक्षतामा सम्पन्न उक्त शिविर मनकामना हस्पिटल प्रा.लि.सँगको सहकार्यमा सञ्चालन गरिएको हो।
शिविरमा बालरोग विशेषज्ञ डा. साजन पौडेलको मेडिकल टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो ।
