• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, असोज २७, २०८३
मङ्गलबार, असोज २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
  • ४० मिनेट 

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
  • ४५ मिनेट 

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
  • २१ घण्टा 

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट
  • २१ घण्टा 

इच्छाकामना आधारभूत अस्पतालमा नवनिर्मित भवनबाट सेवा शुभारम्भ
  • २१ घण्टा 

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता
  • २२ घण्टा 

तीस लाख नेपालीलाई बाथ रोगको समस्या
  • २३ घण्टा 

लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
  • १ दिन 

ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

  • २. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • ३. आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

  • ४. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ५. भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

  • ६. लागुऔषधसहित २५ जना पक्राउ

  • ७. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ८. गाँजासहित युवक पक्राउ

  • ९. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • १०. नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै

नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै

  •  बुधबार, असोज २१, २०८३ मा प्रकाशित

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा गर्भपतन सेवा लिनेको सङ्ख्या घट्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले उपलब्ध गराएको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस्तो सेवालिनेको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०८०/८१ मा एक हजार ७४७ जनाले सो सेवा लिनेमा आव २०८२/८३ मा यो सङ्ख्या घटेर एक हजार ४२३ मा पुगेको कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या आव २०८१/८२ मा एक हजार ७०७ थियो ।

जिल्लामा गर्भपतन सेवा लिनेको सङ्ख्या घटेसँगै शल्यक्रिया र औषधिको प्रयोगबाट गर्भपतन गराउनेको सङ्ख्यामा पनि कमी आएको छ । आव २०८०÷८१ मा शल्यक्रियाबाट १२० जनाले गर्भपतन गराउँदा एक हजार ६२७ जनाले औषधिको प्रयोगबाट गर्भपतन गराएका थिए । त्यस्तै, आव २०८१/८२ मा १३० जनाले शल्यक्रियाबाट गर्भपतन गराउँदा एक हजार ५७७ जनाले औषधिको प्रयोगबाट तथा आव २०८२/८३ मा ६९ जनाले शल्यक्रियाबाट गर्भपतन गराउँदा एक हजार ३५४ जनाले औषधिको प्रयोगबाट गर्भपतन गराएका उहाँले जानकारी दिनुभयो ।

गर्भपतन सेवा लिनेमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा ४५८, कावासोती नगरपालिकामा ४०५, देवचुली नगरपालिकामा १८७, हुप्सेकोट गाउँपालिकामा १४१, विनयी त्रिवेणी गाउँपालिकामा १००, मध्यविन्दु नगरपालिकामा ९७, बौदिकाली गाउँपालिकामा २५ तथा बुलिङटार गाउँपालिकामा १० जना रहेका जनस्वास्थ्य प्रशासक चापागाईँले बताउनुभयो । जिल्लाका आठवटा स्थानीय तहमा २० वटा सूचीकृत स्वास्थ्य संस्था तथा सूचीकृत स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन हुँदै आएको चापागाईँले जानकारी दिनुभयो ।

यसमध्ये गैँडाकोटमा छ, देवचुलीमा र विनयी त्रिवेणीमा तीन–तीन, मध्यविन्दु, बुलिङटार र हुप्सेकोटमा दुई–दुई तथा कावासोती र बौदिकालीमा एक–एकवटा सूचीकृत स्वास्थ्य संस्था तथा सूचीकृत स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा उपलब्ध हुँदै आएको चापागाईँले बताउनुभयो । जिल्लामा अझै पनि सामाजिक तथा सांस्कृति मान्यताका कारण सुरक्षित गर्भपतन सेवा लिन हिचकिचाउनेको सङ्ख्या धेरै रहेको जनस्वास्थ्य प्रशासक चापागाईँको भनाइ छ । त्यस्तै, समुदायमा सुरक्षित गर्भपतन सेवासम्बन्धी पर्याप्त जानकारीको अभाव, दुर्गम भौगोलिक अवस्था तथा यातायात पहुँचको समस्या, असुरक्षित तथा अनधिकृत गर्भपतन सेवाको सम्भावना सुरक्षित गर्भपतन सेवाका चुनौती भएका उहाँले बताउनुभयो।रासस

बुधबार, असोज २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

लोकप्रिय

गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

ताजा

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.