• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, असोज २७, २०८३
मङ्गलबार, असोज २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
  • १ घण्टा 

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
  • १ घण्टा 

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
  • २२ घण्टा 

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट
  • २२ घण्टा 

इच्छाकामना आधारभूत अस्पतालमा नवनिर्मित भवनबाट सेवा शुभारम्भ
  • २२ घण्टा 

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता
  • २२ घण्टा 

तीस लाख नेपालीलाई बाथ रोगको समस्या
  • १ दिन 

लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
  • १ दिन 

ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

  • २. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • ३. आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

  • ४. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ५. भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

  • ६. लागुऔषधसहित २५ जना पक्राउ

  • ७. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ८. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • ९. गाँजासहित युवक पक्राउ

  • १०. नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै

इच्छाकामना आधारभूत अस्पतालमा नवनिर्मित भवनबाट सेवा शुभारम्भ

  •  सोमबार, असोज २६, २०८३ मा प्रकाशित

चितवन । इच्छाकामना गाउँपालिका–४, कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको छ । सङ्घीय सरकारको रु १४ करोड ५० लाखको लागतमा भवन निर्माण गरिएको हो । पृथ्वी राजमार्गसँगै जोडिएको नवनिर्मित १५ शय्याको अस्पतालमा राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भवनको आइतबार शुभारम्भ गर्नुहँदै सबै स्थानीय तहको आम्दानीको स्रोत नहुने जनाउँदै इच्छाकामना आधारभूत अस्पताललाई प्रदेश सरकारले आवश्यक प्राविधिक र जनशक्ति सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले अस्पताललाई थप साधनस्रोत सम्पन्न बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामना आधारभूत अस्पतालले यसअघि दारेचोक स्वास्थ्यचौकीबाट सेवा सञ्चालन गर्दा कठिनाइ र अप्ठ्याराहरू भोग्नु परेको उल्लेख गर्दै अहिले सुविधासम्पन्न भवनबाट सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले अस्पतालका लागि आवश्यक थप उपकरण उपलब्ध गराइदिन मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई आग्रह गर्नुभयो ।

अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाले विपन्न तथा सुत्केरीलाई निःशुल्क उपचार र आकस्मिक दुर्घटनाका घाइतेलाई एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको, अस्पतालले गोरखा र धादिङका छिमेकी पालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनामा घाइते भएकाहरूलाई पनि सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना, सहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर, निवर्तमान गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले मन्तव्य बोल्नुभएको थियो ।

वक्ताहरूले इच्छाकामना आधारभूत अस्पतालको सेवा विस्तारका लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । चितवनको इच्छाकामनासहित धादिङको बेनीघाट रोराङ, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनाका घाइतेहरूको जीवनरक्षामा यस अस्पतालको महत्वपूर्ण भूमिका रहेको उनीहरूको भनाइ थियो । अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरूले औँल्याएका थिए ।

सोमबार, असोज २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

लोकप्रिय

गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

ताजा

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.