• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • २ घण्टा 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • ३ घण्टा 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • ३ घण्टा 

दाङमा रगत अभाव
  • ५ घण्टा 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • ८ घण्टा 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • ८ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १ दिन 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १ दिन 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ९. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

  • १०. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  •  बिहिबार, कार्तिक १३, २०८३ मा प्रकाशित

छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स आगामी डिसेम्बर ४ र ५ अर्थात् मङ्सिर १८ र १९ गते मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना हुँदैछ । प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले हेल्थ कन्फरेन्सको आयोजना हुन लागेको हो । यो सम्मेलन सरकारका नेतृत्वकर्ता, स्वास्थ्यकर्मी, प्राध्यापक, शिक्षाविद्, अनुसन्धानकर्ता, अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार, निजी क्षेत्रका संस्थाहरू तथा विश्वभर छरिएर रहेका नेपाली समुदायका सदस्यहरूलाई एकै ठाउँमा जोड्ने अन्तर्राष्ट्रिय मञ्च हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा मधेश सरकार र मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्य तथा नेपाल सरकार, मधेश प्रदेशस्थित स्थानीय निकायहरू एवं अन्य संघसंस्थाको सहयोगमा उक्त सम्मेलन आयोजना गर्न लगिएको हो । सम्मेलनको मुख्य नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोलाब्रेसन’ रहेको छ । मूल सन्देश “नेपाल अब ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढ्नुपर्ने” रहेको छ ।

छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ आयोजक समितिका अध्यक्ष प्रा.डा. सुनिल साहले संघीय सरकारबाट अनुमति लिएर सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ५० जनाभन्दा बढी विज्ञहरू सहभागी हुँदैछन् । सम्मेलनमा बेलायतको चेस्टर विश्वविद्यालयकी कुलपति एवम् प्रख्यात जनस्वास्थ्यविद् प्रा. डेम जेनी ह्यारिसले विद्वत प्रवचन (किनोट स्पिच) दिनुहुने तय भइसकेको उहाँले जानकारी दिनुभयो ।

“लामो समयदेखि नेपालमा राजनीतिकर्मीले पेशाकर्मीलाई र पेशाकर्मीले राजनीतिकर्मीलाई आरोप–प्रत्यारोप गर्दै आइयो । अब यसलाई रोकौँ” अध्यक्ष साहले स्वास्थ्य दर्पणसँगको कुराकानीमा भन्नुभयो, “समस्याको समाधानतिर जाऔँ । दुबैथरी मिलेर देशका लागि सोचौँ । देश बनाउने काम गरौँ ।”

उहाँले नेपाल र विश्वभर रहेका स्वास्थ्य क्षेत्रका विज्ञलाई जनकपुरमा सहभागी हुन आह्वान गर्दै विदेशमा कार्यरत नेपाली जनशक्तिलाई स्वदेश फिर्ता गर्ने उपयुक्त वातावरण बनाएर नेपालको स्वास्थ्य प्रणाली बलियो बनाउनेबारे सम्मेलनमा छलफल गरिने बताउनुभयो । स्वास्थ्य सम्मेलनलाई दुई दिनको छलफलमा मात्र सीमित नगरी दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा परिणत गर्ने प्रयास गरिनुका साथै भिजिटिङ फ्याकल्टी कार्यक्रम, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबीच साझेदारी, मेन्टरसिप कार्यक्रम, डिजिटल हेल्थ पहल तथा डायस्पोरा लगानीका अवसर सिर्जना गर्ने विषयलाई पनि अघि बढाइने उहाँको भनाइ छ ।

ग्लोबल हेल्थ कन्फरेन्सको वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्रा.डा. पदम सिम्खडाले सम्मेलनमार्फत विश्वभर रहेका नेपाली स्वास्थ्य विज्ञ र नेपालको स्वास्थ्य क्षेत्रबीच दीर्घकालीन सहकार्यको आधार तयार हुने अपेक्षा गरिएको बताउनुभयो । ‍मधेश प्रदेशका कतिपय स्वास्थ्य सूचकहरू पुरै देशको तुलनामा न्यून रहेकाले तिनलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे पनि सम्मेलनमा छलफल गरिने बताउनुभयो । “यसपटकको सम्मेलन समाधानकेन्द्रित हुनेछ” प्रा.डा. सिम्खडाले भन्नुभयो, “यो सम्मेलन विश्वबाट नेपालले र नेपालबाट विश्वले सिक्ने प्लेटफर्म बन्नेछ । सम्मेलनमा गोलमेच छलफल र सामूहिक विमर्श हुनेछन् ।”

सम्मेलन आयोजक समितिका महासचिव डा. सन्तोषकुमार यादवले सम्मेलनको तयारी जोडततोडका साथ अगाडि बढाइएको जानकारी दिनुभयो । “नेपालका सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई निमन्त्रणा पठाएका छौँ” उहाँले भन्नुभयो, “सम्मेलनलाई भव्य र सभ्यरुपमा सफल बनाउन आवश्यक समन्वय गरिरहेका छौँ ।”

डा. यादवका अनुसार नेपालका चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता तथा अन्य स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिले विदेशमा महत्वपूर्ण योगदान दिइरहेका छन् । सम्मेलनले विदेशमा रहेका नेपाली स्वास्थ्य विज्ञहरूको सीप र अनुभवलाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्ने उद्देश्य राखेको छ ।

स्थानीय आयोजक समितिका अध्यक्ष एवं मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्रा.डा. अङ्कुर शाहले सम्मेलनले मधेश प्रदेश र जनकपुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । देशले भोगिरहेको ब्रेन ड्रेनको समस्यालाई समाधान गर्न सम्मेलन सहयोगी हुने उहाँको भनाइ छ ।

सम्मेलनका लागि जनकपुरधाम छनोट हुनु पनि महत्वपूर्ण मानिएको छ । मधेश प्रदेशको राजधानी तथा महत्वपूर्ण सांस्कृतिक र शैक्षिक केन्द्रका रूपमा रहेको जनकपुरधामबाट स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई काठमाडौंकेन्द्रित सीमाबाट बाहिर विस्तार गर्दै प्रदेश तथा स्थानीय स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना हुने विश्वास लिइएको छ ।

ज्ञान आदानप्रदान गर्न सम्मेलन उपयोगी हुने

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले संघले विश्व ज्ञान सम्मेलन तथा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेर संसारभरि रहेका नेपाली विज्ञहरूसँग रहेको ज्ञान, सीप र सञ्जाल नेपाल र नेपालीको हितमा उपयोग गर्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले यस स्वास्थ्य सम्मेलनले विश्वभर फैलिएको नेपाली स्वास्थ्य जनशक्तिको ज्ञान, सीप, अनुभव र स्रोतलाई स्वदेशको स्वास्थ्य प्रणालीसँग जोड्न सके नेपालमा थप सक्षम, समतामूलक र दिगो स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

एनआरएनए आइसीसीकी सचिव प्रसुना कँडेलले नर्सहरू कुनै पनि स्वास्थ्य प्रणालीको मेरुदण्ड हुने भएकाले उनीहरूको सीप विकास र निरन्तर पेशागत उन्नतिका बारेमा पनि सम्मेलनमा छलफल गरिने बताउनुभयो । सम्मेलनमा सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार, निजी क्षेत्र तथा विश्वभर रहेका नेपाली स्वास्थ्यकर्मीहरूसमेत झन्डै ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सम्मेलनले विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई नेपालको स्वास्थ्य प्रणालीमा योगदान गर्ने अवसर सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबीच सहकार्य स्थापना गर्ने विश्वास गरिएको छ । चिकित्सा शिक्षा, फेलोसिप, विशेषज्ञ तालिम तथा भिजिटिङ फ्याकल्टी कार्यक्रम विस्तार गर्ने, अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य बढाउने र डिजिटल स्वास्थ्य, टेलिमेडिसिन तथा प्रविधि हस्तान्तरणलाई प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकता दिइने छ ।

विदेशमा रहेका नेपाली लगानीकर्तालाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने तथा मधेश प्रदेशसहित स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रको स्वास्थ्य सेवा सुदृढीकरण गर्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ । सम्मेलनले वैदेशिक पलायनलाई उल्ट्याउने तथा डायस्पोरा संलग्नताका व्यावहारिक उपाय विकास गर्दै विश्वव्यापी स्वास्थ्य सहकार्यका लागि दीर्घकालीन राष्ट्रिय ढाँचा निर्माण गर्ने लक्ष्य लिएको छ ।

सम्मेलनको प्रमुख अपेक्षित उपलब्धिमध्ये ‘जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोल्याबरेसन २०२६’ जारी गर्ने तयारी पनि रहेको छ । उक्त घोषणाले सरकार, विश्वविद्यालय, स्वास्थ्य संस्था, विकास साझेदार तथा विश्वभर रहेका नेपाली स्वास्थ्य समुदायबीच आगामी दिनमा सहकार्यका लागि एउटा साझा ढाँचा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अनुसन्धान, शिक्षा, विशेषज्ञ आदानप्रदान, डिजिटल स्वास्थ्य, मेन्टरसिप, स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका क्षेत्रमा निरन्तर सहकार्यका लागि ‘जनकपुर ग्लोबल हेल्थ नेटवर्क’ स्थापना गर्ने लक्ष्य पनि सम्मेलनले राखेको छ । एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स नेपालमा पहिलो पटक हुनलागेको हो । यसअघि पहिलो एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स एटलान्टा (अमेरिका) मा, तेश्रो लन्डनमा, चौथो सिड्नीमा र पाँचौँ टोकियोमा सम्पन्न भएको थियो । कोभिड–१९ महामारीका कारण दोश्रो विश्व सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो ।

विश्वव्यापी सहकार्यमार्फत् समाधानको खोजी

जनकपुरमा हुन लागेको स्वास्थ्य सम्मेलनको मूल विषयवस्तुले नेपालका लागि महत्त्वपूर्ण अवसरलाई प्रतिबिम्बित गर्दछ । स्वास्थ्यकर्मीहरू एक देशबाट अर्को देशमा जाने प्रक्रियालाई केवल जनशक्ति गुमाउने अवस्थाका रूपमा मात्र हेर्नु हुँदैन । उपयुक्त नीति, साझेदारी र अवसरको सिर्जना गर्न सकेमा वैदेशिक बसाइँसराइ ज्ञान हस्तान्तरण, क्षमता अभिवृद्धि, नवीनता, लगानी तथा स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने माध्यम बन्न सक्छ ।

नेपालसँग विश्वभर फैलिएको दक्ष स्वास्थ्य जनशक्ति छ । नेपाली चिकित्सक, नर्स, दन्तचिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विशेषज्ञ, अनुसन्धानकर्ता तथा अन्य स्वास्थ्यकर्मीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन् । उनीहरूसँग रहेको ज्ञान, सीप, अनुभव र विशेषज्ञतालाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्नु यस सम्मेलनको प्रमुख उद्देश्य हो ।

यस विषयमा छलफल गर्न जनकपुरधाम उपयुक्त स्थल हो । मधेश प्रदेशको राजधानी तथा महत्वपूर्ण सांस्कृतिक र शैक्षिक केन्द्रका रूपमा रहेको जनकपुरधामले विश्वव्यापी स्वास्थ्य सहकार्यलाई काठमाडौंमा मात्र सीमित नराखी प्रदेश तथा स्थानीय तहका स्वास्थ्य प्रणालीसँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा लिइएको छ ।

स्वास्थ्य सम्मेलनका उद्देश्यहरू

– प्रतिभा पलायनलाई उल्ट्याउने तथा प्रवासी नेपालीको सीप, ज्ञान र अनुभव उपयोग गर्ने व्यावहारिक उपाय विकास गर्ने ।

– विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीलाई नेपालको स्वास्थ्य प्रणालीमा योगदान पुर्‍याउने अवसर सिर्जना गर्ने ।

– अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबीच साझेदारी स्थापना गर्ने ।

– चिकित्सा शिक्षा, फेलोसिप, विशेषज्ञ तालिम तथा अतिथि प्राध्यापक कार्यक्रमलाई प्रवद्र्धन गर्ने ।

– अनुसन्धान, नवीनता तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने ।

– डिजिटल स्वास्थ्य, टेलिमेडिसिन तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने ।

– नेपालको स्वास्थ्य क्षेत्रमा प्रवासी नेपालीको लगानी प्रोत्साहित गर्ने ।

– मधेश प्रदेशसहित स्वास्थ्य सेवाको पहुँच कम भएका अन्य क्षेत्रहरूमा स्वास्थ्य सेवा सुदृढ बनाउने ।

– विश्वव्यापी स्वास्थ्य सहकार्यका लागि दिगो राष्ट्रिय रूपरेखा विकास गर्ने ।

सम्मेलनका विषयगत क्षेत्रहरू

१. वैदेशिक बसाइँसराइ, प्रतिगमन, प्रतिभा परिपत्रण तथा प्रवासी नेपालीको सहभागिता ।

२. विपद् प्रतिकार्य, स्वास्थ्य संरक्षण तथा स्वास्थ्य सुरक्षा ।

३. स्वास्थ्य प्रणाली, नीति, सुशासन तथा स्वास्थ्य जनशक्ति ।

४. अनुसन्धान, प्रमाणमा आधारित ज्ञानको उपयोग तथा नवीनता ।

५. डिजिटल स्वास्थ्य, टेलिमेडिसिन तथा प्रविधि हस्तान्तरण ।

६. चिकित्सा तथा स्वास्थ्य पेसाकर्मीको शिक्षा, फेलोसिप तथा विशेषज्ञ तालिम ।

७. मातृशिशु तथा प्रजनन् स्वास्थ्य ।

८. नसर्ने रोग तथा मानसिक स्वास्थ्य ।

९. जलवायु परिवर्तन, आपत्कालीन अवस्था तथा पृथ्वीको स्वास्थ्य ।

१०. स्वास्थ्य समानता तथा सेवाको पहुँचबाट वञ्चित समुदायका लागि स्वास्थ्य सेवा ।

११. प्रवासी नेपालीको लगानी तथा संस्थागत साझेदारी ।

बिहिबार, कार्तिक १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
दाङमा रगत अभाव

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

दाङमा रगत अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.