• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • १ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • २ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १८ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १९ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • १९ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २१ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

पाल्पाको रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु

  •  आइतबार, साउन २२, २०७९ मा प्रकाशित

पाल्पा ।  रामपुर  भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ ।

बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार नयाँ भवनमा बहिरङ्ग सेवा सुरु भएपछि हाल एक सयभन्दा बढी सेवाग्राही थपिएका छन् । साँघुरो भवनको बाहिर घण्टौँसम्म लाइन लागेर बिरामी पालो कुरेर बस्नुपथ्र्यो । कतिपय बिरामी पालो पर्खन अप्ठ्यारो मानेर स्वास्थ्य जाँच नै नगरीकन पनि फर्कन्थे । “नयाँ भवनमा सेवा सुरु गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ, पुरानो सानो भवनमा रहँदा चिकित्सकलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो स्थिति रहेको थियो, अहिले अस्पताल भित्रै सेवाग्राहीलाई बस्ने व्यवस्था मिलाइएको छ”, अस्पताल प्रमुख पोखरेलले भन्नुभयो ।

नयाँ भवनको पहिलो तलामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन् । बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभी, खानेपानी लगायतको सुविधा उपलब्ध छ । यसले गर्दा बिरामी धैर्य गरेर पालो पर्खेर स्वास्थ्योपचार सकेर फर्कने गर्दछन् ।

पुरानो भवनमा दैनिक दुई सयदेखि दुई सय ५० बिरामी आउने गरेकामा हाल नयाँ भवनमा सरेपछि तीन सयदेखि तीन सय ५० सम्म बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ । आकस्मिक सेवामा पनि बिरामी बढिरहेका छन् । दैनिक ३० देखि ४० आउने गरेको पाइएको छ । सेवाग्राहीलाई सहज रुपमा सेवा दिन अस्पतालका चिकित्सक, कर्मचारी र समितिको समन्वयमा भवनको पूरा काम नसकिँदै सेवा पुनः सञ्चालन गरेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउनुुहन्छ । “भिडियो एक्स–रे, फिजियोथेरापी, परामर्श सेवा, शल्यक्रियामार्फत प्रसूति सेवा लगायतका यहाँबाट दिने सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिएको छ, बिरामीले सेवा लिन समस्या भयो भन्ने गुनासो नआउने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यस अस्पतालमा हाल ६ जना मेडिकल अधिकृत, एकजना कन्सल्टेन्ट डाक्टरबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालले चौबिसै घण्टा आकस्मिक, फार्मेसी र उपचार सेवा दिइरहेको छ । नियमित रुपमा भिडियो एक्स–रे सेवा भएकाले पनि बिरामी दैनिकजसो बढ्दैछन् । दैनिक २० देखि २५ जनाले भिडियो एक्स–रे सेवा लिँदै आएका छन् । अस्थायी रुपमा भएपछि नयाँ भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीले राम्रोसँग सेवा पाएको र सेवा लिन आउँदा पहिलाजसो अप्ठ्यारो परिस्थिति नरहेको बताउनुहुन्छ, अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष तथा स्थानीयवासी फणेश्वर गौतम ।

“पहिला अस्पतालभित्र बिरामीलाई बस्ने ठाउँ थिएन, ठूलो चाप हुँदा अस्पताल प्राङ्गणमा बाहिर टन्टलापुर घाममा उभिएर बस्नुपर्ने समस्या थियो, अहिले भने यी समस्या छैन, नयाँ भवनमा ओपिडी सेवा सुरु भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छैन”, उहाँले भन्नुभयो । यहाँ शल्यक्रियामार्फत प्रसूति सेवा दिन थालेपछि सदरमुकाम तानसेन, बुटवल, पोखरा लगायतका स्थानमा प्रसूति हुन जाने क्रम घट्दै गएको छ । एक महिनामा चार जनासम्म शल्यक्रियामार्फत प्रसूति हुने गरेको नर्स सुनिता गौतम बताउनुहुन्छ ।

यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सञ्चालित हँुदै आएकामा औषधोपचार सेवाको दायरा बढाउन विसं २०७२ मा ५० शय्याको अस्पतालका रुपमा स्तरोन्नति भएको हो । भौतिक पूर्वाधार लगायतका सेवा अभावका कारण भने विशेषज्ञ सेवा दिन भने समस्या परेको छ । यहाँ निर्माणाधीन भवन समयमा नै सम्पन्न नहँुदा विशेषज्ञ सेवा प्रभावित बनेको हो ।

भौतिक संरचना अभावमा साँघुरो संरचनामा बसेर सेवाग्राहीलाई सेवा दिन समस्या परेको पटक–पटक कर्मचारी तथा सेवाग्राहीले आवाज उठाउँदै आएका थिए । भवनको काम पूरा सम्पन्न नभए पनि पहिलो तलाबाट अस्थायी रुपमै भएख पनि अस्पतालले सेवा दिन थालेपछि उपचारमा समस्या झेल्नु नपरेको सेवाग्राहीको भनाइ छ ।

पन्ध्र शय्याको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर ५० शय्याको सुविधासम्पन्न भवन निर्माण कार्य थालनी गरिएको हो । स्वास्थ्य क्षेत्र नागरिकको पहिलो प्राथमिकता भएकाले कालीगण्डकी बँेसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाका नागरिकलाई लक्षित गरी विगत छ वर्षअघि ५० शय्याको अस्पताल निर्माण अगाडि बढाइयो । निर्माणको समय लम्ँिबदै गए पनि अस्पताल भवनको संरचना निर्माण कार्य भने सुस्त गतिमा हुँदा नागरिकले सास्ती खेप्नु प¥यो ।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि यहाँका नागरिक त्यस समय औधी खुसी थिए । स्वास्थ्य सेवाबाट टाढा रहेका पाल्पाको पूर्वी क्षेत्रका नागरिकलाई यहाँको स्वास्थ्य केन्द्रबाट सेवा उपभोग गर्न पाउँदा ठूलै स्वास्थ्योपचार सेवा पाएको आभाष हुन्थ्यो । ज्वरो, रुघाखोकी, टाउको दुख्ने जस्ता सामान्य उपचारका लागि सदरमुकाम तानसेन पैदल हिँडेर जानुपर्ने समस्या त्यस समयदेखि क्रमश ः कम हुँदै गयो ।

गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधि उपचार सेवा सुरु भएपछि घरायसी उपचारमा आश्रित नागरिकहरु स्वास्थ्य केन्द्रमा धाउन थाले । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल ०७२ मा ५० शय्याका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ ।

सरकारको रु २२ करोड २२ लाख पाँच हजार तीन सय ८३ को अनुमानित लागतमा बोलपत्र आह्वान भएकामा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष ०७२÷७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको हो । आगामी असोजभित्रमा निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि महम्मद अन्सारु बताउनुहुन्छ ।

विसं २०७५÷०७÷१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप हँुदै आएको छ । ट्रस्ट, बाहिरी भागमा टायल लगायतको काम बाँकी छ ।

अस्पतालमा नौजना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । प्रसूति, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्स–रे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (शल्यक्रिया गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन सर्जन, कन्सल्टटेन साइक्याट्रिक्स (दिमागसम्बन्धी) जस्ता विशेषज्ञ सेवा तोकिएको छ । भवनकै कारण दरबन्दी अनुसारका चिकित्सकको अभावमा विशेषज्ञ सेवा दिन सकिएको छैन । अस्पतालमा एघारौँ तह (एकजना प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) चिकित्सकको दरबन्दी छ ।

अस्पतालमा निर्माणाधीन भवन समयमा नै सम्पन्न नहुनु अर्कोतर्फ भूगोलका हिसाबले ग्रामीण भेग । पाल्पाको सदरमुकाम तानसेनदेखि ग्रामीण भेगमा पर्ने रामपुर करिब ६५ किलोमिटर पूर्वमा अवस्थित हुँदा विशेषज्ञ चिकित्सक यहाँ आएर नागरिकलाई सेवा दिन झट्ट तत्पर हुँदैनन् । अस्पतालमा विशेषज्ञ सहितको सेवा उपभोगमा भूगोल र भवन अभाव बाधक हो । रासस

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
दुई हजार एम्बुलेन्स थन्किए

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

ताजा

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.