• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • ३ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • ३ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • ५ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • ५ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • ७ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता

  •  बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

काठमाडौँ । स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔँ’ भन्ने नारा तय गरेको छ । हरेक वर्ष कुनै न कुनै देशको प्रमुख आयोजनामा मनाइने यो दिवस यसपटक अल्जेरियामा भव्यरूपमा मनाइँदैछ । दक्षिण अफ्रिकी राष्ट्र जोहन्सबर्गमा पहिलोपटक आयोजना गरिएको यो दिवसले बीसौँ वसन्त पार गर्दैछ ।

डा कार्ल ल्याण्डस्टिनरको जन्मदिन जुन १४ लाई विश्व रक्तदाता दिवस भनी घोषणा गरिएको छ । कारण हाम्रो शरीरको नाशा–नशामा निरन्तर निर्विकल्प प्रवाह भइरहने रगतको समूह पत्ता लगाउने वैज्ञानिकको सम्मानस्वरूप विश्व रक्तदाता दिवस भनी मनाउन थालिएको हो । उनले हाम्रो शरीरमा मुख्यतः चार किसिमका रक्त समूह हुन्छ भनी पत्ता लगाएका थिए । यसमा धनात्मक समूहमा ए पोजिटिभ, बी पोजिटिभ, एबी र ओ पोजिटिभ तथा ऋणात्मक समूहमा ए नेगेटिभ, बी नेगेटिभ, एबी नेगेटिभ र ओ नेगेटिभ रहेको छ । अहिले संसारभर पाँच सयभन्दा बढी रक्त समूह छन् भनी वर्गीकरण गरिएको पनि छ ।

सुरुमा नेपालमा रक्त सञ्चार सेवा क्षेत्रमा एक सय ५७ जनाले रक्तदान गर्नुभएको थियो । तत्कालीन अवस्थामा स्वयंसेवी रक्तदाताको सङ्ख्या नगण्य मात्रामा थियो । आज यो सङ्ख्या तीन लाखभन्दा माथि पुगिसकेको छ । आव २०३८÷३९ सम्म पेशेवर रगत दिने व्यक्तिहरूको बिगबिगीलाई सोही समयदेखि नै हामी स्वयंसेवी रक्तदाताहरूको विशेष पहलमा आफ्नो शरीरको रगत बेच्ने त्यस्ता पेशेवरहरूलाई पूर्णतः विस्थापित गरेर अहिले स्वयंसेवी रक्तदाताहरूबाट मात्र रक्तदान गर्न, गराउन सफल भएका छौँ । तर विडम्बना नेपाल सरकारले जारी गरेको राष्ट्रिय रक्त सञ्चार सेवाको नीतिले निजी क्षेत्रलाई सहभागी बनाउने सन्दर्भमा स्वयंसेवी रक्तदाताहरूको रगतलाई खुल्लम्खुला बिल बिजक काटी व्यापार गर्न दिइरहेको छ । यसले गर्दा स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगतमा पनि व्यापार गर र कमाउ भन्ने सन्देश दिएको छ । यसले गर्दा अहिले अनेक विकृति देखिएको छ ।

प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ भन्ने यो आह्वानसहित अवधारणापत्र तयार गरिएको छ । यस अभियानलाई ‘Start 18 Stars TeamÚ’ नामकरण गरिएको छ । यसमा ‘म रक्तदान गर्नेछु, मैले रक्तदान गर्न सुरू गरेँ, नियमित रक्तदान सामाजिक दायित्व हो’ भन्ने भावना राखिएको छ । उच्च माध्यमिक विद्यालय पढ्दै गरेका वा सो सरह उमेरका स्वस्थ युवायुवतीलाई रक्तदानप्रति उत्प्रेरणा जगाई आफ्नो १८औँ वर्षको जन्मोत्सव रक्तदान गरी मनाउन प्रोत्साहित गर्नु यो अवधारणाको प्रमुख उद्देश्य हो । यसरी आफ्नो १८औँ वर्षको जन्मदिन रक्तदान गरी मनाउँदै प्रत्येक तीन-तीन महिनाको अन्तरालमा नियमित रक्तदान गर्दै रगत र रक्त–तत्वको आपूर्तिमा सहज बनाउन योगदान पुर्याउनु यस अभियानको मुख्य लक्ष्य रहेको छ ।

स्थानीयस्तरमा उच्च माध्यमिक बिद्यालय र सो सरह उमेर पुगेका युवायुवतीहरूलाई सङ्गठित गर्दै रक्तदान कार्यलाई प्रभाकारी ढङ्गबाट समाजमा सञ्चालन गर्नु यो अभियानको प्रमुख उद्देश्य रहेको छ । यसले नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको सङ्ख्यामा वृद्धि हुने क्रम बढ्ने विश्वास लिएको छ । यदि कोही पनि १७ वर्ष पूरा गरी १८ वर्ष पुगेर आफ्नो जन्मदिन रक्तदान गरी मनाउन चाहेमा घरमै गएर परिवारजन आफन्त र साथीभाइहरूबीच रक्तदान गराउने व्यवस्था मिलाइएको छ ।

हामी स्वयंसेवी रक्तदाताहरू नै स्वयंसेवी तबरले देशैभर नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको सङ्ख्यामा वृद्धि गर्न जुटिरहेका छौँ । फलस्वरूप रक्त व्यवस्थापनमा सहजता मिलिरहेको छ । यो नै दीर्घकालीन समाधान पनि होइन । सरकारी पक्षले रक्त व्यवस्थापनमा गुरुयोजना नै बनाएर कार्यान्वयन गर्न आवश्यक छ । स्वयंसेवी रक्तदाताहरूको प्रत्यक्ष संलग्नतामा यस क्षेत्रको योजना तर्जुमा गर्न सकेमा भविष्यमा प्रभावकारी सेवा प्रवाह गर्न सक्नेमा दुईमत नहोला ।

यो वर्षको रगत र प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने काममा ऐक्यबद्ध होऔँ भन्ने नारा नाराबाट सहजै बुझ्न सकिन्छ कि विज्ञानले उपचारका क्रममा केवल रगतमात्र होइन, रगतबाट तयार पारिएका रक्त–तत्वहरूको याथोचित प्रयोग हुन आवश्यक छ भन्ने पुष्टि गर्दछ । विगतमा महामारीका रूपमा संसारभर फैलिएको कोभिड–१९ को समयमा कोरोना भाइरस, कोभिड–१९ बाट सङ्क्रमित भएका बिरामीलाई उपचारका क्रममा प्लाज्मा थेरापीद्वारा गरिने उपचारमा अत्यधिक प्लाज्माको माग भएको थियो । यसअन्तर्गत पहिलेझैँ साधारण रक्तदाताबाट दान गरिएको रगतबाट तयार पारिने प्लाज्मा होइन, कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्यलाभ गरिसकेका व्यक्तिहरूबाट रगत दान गराई सङ्कलन गरिएको रगतबाट तयार पारिएको प्लाज्मा मात्र चढाउनुपर्ने हुन्थ्यो । यसरी समयसापेक्ष आवश्यकतानुसार चिकित्सकहरूको मागलाई हामी स्वयंसेवी रक्तदाताहरूबाटै व्यवस्थापन गर्दै आइरहेका छौँ ।

वैज्ञानिकहरूले विज्ञान सम्मत आविष्कार गरिएका प्रबिधिहरूले सम्बन्धित रोगका बिरामीको लागि आवश्यक मात्रामा आवश्यकतानुसार रगतबाट तयार पारिएका रक्त–तत्वहरूको माग हुन थालिसकेको छ । यस वर्षको विश्व रक्तदाता दिवसको नारा पनि उल्लेख छ रगत र प्लाज्मा दान गरौँ भन्ने छ ।

रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको प्रशोधन गर्न गराउन जे–जति जस्तोसुकै प्रविधिहरूको आविष्कार गरिए पनि स्वयंसेवी रक्तदाताहरूबिना ती सबैको औचित्य पुष्टि गर्न सकिन्न । मानव जीवनको दैनिकीमा कार्य सम्पादन गर्न सहजीकरण लागि धेरैभन्दा धेरै आविष्कारहरू गरिएका छन् । तर मानव जीवन जीवन्त रहन नभई नहुने रगतको हालसम्म विकल्प निर्माण गर्न सकिएको छैन । यो विज्ञान र वैज्ञानिकहरूलाई नै चुनौतीको विषय बनेको छ ।

‘रक्तदान, मानव जीवनमा अतुलनीय अनुकरणीय काम’ को मूल नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाजको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले पारित गरेको घोषणाअनुसार नै रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू निःशुल्क वितरण हुनुपर्ने मागलाई प्रदेश सरकार र स्थानीय सरकारले आंशिकरूपमा भए पनि वितरण गर्न शुभारम्भ गरिएको छ । यसलाई सङ्घीय सरकारले गुणस्तरीय परीक्षणपश्चात पीडित पक्षलाई एकरूपताका साथ रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू निःशुल्क उपलब्ध गर्नुपर्ने ठहर गरिएको छ । साथै स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी रक्तदान पूर्व हेमोग्लोबिन (एचबी) को मात्रा परीक्षण गरेर मात्र रक्तदान गराउनुपर्ने र स्वयंसेवी रक्तदाता सुरक्षित बनाउन आवश्यक पहल गर्नुपर्ने जरुरी छ ।

नेपाल सरकारले स्वयंसेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूमा गरिएको शुल्क निर्धारणले स्वयंसेवी रक्तदाताहरूको मनोबलमा प्रतिकूल असर पुगेको छ । रक्त व्यवस्थापनको क्षेत्र यस्तै अस्तव्यस्त बनाइराख्ने र स्वयंसेवी रक्तदाताहरूको रगतमा व्यापार गरिरहने हो भने स्वयंसेवी रक्तदातारूद्वारा भोलिका दिनमा आफैँले ‘च्यारपटी रक्त सञ्चार सेवा केन्द्र’ सञ्चालनमा ल्याउन बाध्य हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । साथै उपचारका क्रममा चिकित्सकहरूले सही रोगको पहिचान गरी आवश्यक मात्रामा रगत वा रक्त–तत्वहरू कुन आवश्यक हो प्राथमिकताको आधारमा माग हुनसकेमा रक्त व्यवस्थापनमा सहज र सरलता आउनमा मद्दत मिल्न जानेछ । स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित बिरामीसमक्ष गुणस्तरीय परीक्षणपश्चात् निःशुल्क जबसम्म उपलब्ध एवं वितरण गरिँदैन तबसम्म यो व्यापार नै हुनेछ । आम स्वयंसेवी रक्तदातालाई उत्साहित गराउनुका साथै प्रभावकारी रक्त व्यवस्थापन गर्न सबैले ऐक्यबद्धता जनाउन सकिएमा यस दिवसको सार्थकता हुनेछ । रासस

(लेखक कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाज अध्यक्ष हुनुहुन्छ)

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.