• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ७ मिनेट 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ५८ मिनेट 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १७ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • १८ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • १८ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • १९ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • २१ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • २३ घण्टा 

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा आठ जनाको उपचार हुँदै

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

  •  आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।

यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्याला मजदुरी गरी जीविका चलाइरहेका नागरिक घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुसी व्यक्त गरेका छन् । जिल्लामा एक सरकारीसहित तीन अस्पताल छन् । जिल्ला अस्पताल सङ्खुवासभामा विशेषज्ञ सुविधा पनि छ । तर दुर्गम बस्तीको स्वास्थ्य अवस्था भने निकै नै कमजोर छ । भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांश नागरिकलाई साँझ–बिहानको छाक टार्न नै मुस्किल हुने गरेको छ ।

जग्गा–जमिनमा उब्जनी गरेको खाद्यान्नले उनीहरूलाई छ महिना पनि खान पुग्दैन । गाउँपालिकाले दुई वडामा राखेको विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार दुई सय ४८ नागरिकले स्वास्थ्य सेवा लिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । दुर्गम गाउँमै स्वास्थ्य सेवा र औषधि पाएपछि पैदल चारदेखि पाँच दिन लगाएर सदरमुकाम खाँदबारी जानुपर्ने बाध्यता हटेको भोटखोला–४ सिप्रुङका ७८ वर्षीय सिनेन लामाले बताउनुभयो । घर–आँगनमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी लागेको स्थानीय लामाले बताउनुभयो ।

चीनको तिब्वतसँग सिमाना जोडिएको भोटखोला नागरिक उपचारका लागि सदरमुकाम आउन पैदल चारदेखि पाँच दिन लाग्ने गर्दछ । भौगोलिक रुपमा निकै विकटता भएको भोटखोलामा विषेशज्ञसहितको सेवा पाउनु निकै महत्वपूर्ण उपलब्धि भएको सङ्खुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले बताउनुभयो । दुर्गम गाउँमा विषेशज्ञसहितको शिविर सबै स्थानीय तहले राख्नुपर्ने स्थानीयवासीको माग छ ।

भौगोलिक विकटता र विपन्नताका कारण औषधि उपचार नगर्नेले फाइदा पाउने प्रदेशसभा सदस्य कार्कीले बताउनुभयो । विपन्नको लागि स्वास्थ्य, नेपाल घुन्सा फाउण्डेशन काठमाडौँको सहयोग तथा भोटखोला गाउँपालिकाको आयोजनामा विभिन्न वडामा स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष भोटेले बताउनुभयो । काठमाडौँ वीर अस्पताललगायत अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य सेवा दिएको उहाँको भनाइ छ ।

विशेषज्ञ स्वास्थ्य शिविरमा भिडियो एक्सरे, यौन तथा प्रजनन् स्वास्थ्य, बाल रोग, नाक, कान, घाँटी, मुटु रोगसहितको सेवा दिइएको थियो । रासस

आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.