• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ३ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ४ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ५ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २२ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २२ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • २२ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • २३ घण्टा 

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान
  • १ दिन 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

‘क्यान्सरविरुद्व एकताबद्ध भएर लागौँ’

  •  आइतबार, माघ २१, २०८० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अर्बुद रोग (क्यान्सर) नियन्त्रणका लागि सरोकारवाला सबै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

विश्व क्यान्सर दिवस २०२४ का अवसरमा आज मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफल एवं अन्तरक्रियात्मक कार्यक्रममा उहाँले ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०८०–८७’ अन्तिम चरणमा रहेको जानकारी दिँदै रणनीतिले क्यान्सरविरुद्व एकताबद्ध भएर लड्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

“यस दिवसका अवसरमा नयाँ रणनीति र कार्ययोजना बनाएर यसविरुद्व हामी एकीकृत रुपमा लडनुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “यो रोग तत्काल उन्मूलन गर्छौं भन्ने अवस्थामा छैनौँ तर यसलाई न्यूनीकरण र नियन्त्रण गर्दै जाने कुरामा यस रणनीतिले धेरै ठूलो सहयोग पुग्ने मैले विश्वास गरेको छु ।”

उहाँले सरोकारवाला सबैको सल्लाह र सुझाव समेटेर रणनीतिको प्रभावकारी कार्यान्वयन गर्नका लागि प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले क्यान्सरसँगसँगै सर्ने र नसर्ने रोगको नियन्त्रणका लागि स्वास्थ्यकर्मीको भूमिकाको समेत प्रशंसा गर्नुभयो ।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले निर्माणकै चरणमा रहेको रणनीतिबारे कार्य प्रस्तुति दिनुभयो । “यो रणनीति क्यान्सर रोगको भार र मृत्युदरलाई घटाई स्वास्थ्य जीवन प्रवद्र्धन गर्ने दूरदृष्टि छ”, डा मरासिनीले भन्नुभयो, “रणनीति छिट्टै ल्याउने छौँ, अन्तिम रुप दिने तयारी भइरहेको छ ।”

‘क्यान्सर नियन्त्रणका लागि सरकारको प्रयास बढाउनुपर्छ’

अर्बुद रोग(क्यान्सर)को नियन्त्रण एवं उपचारमा पहुँच वृद्विका लागि सरकारले जनचेतना अभिवृद्विसँगै आवश्यक उपकरण र स्वास्थ्य जनशक्ति बढाउन चिकित्सकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विश्व अर्बुद रोग दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफलमा क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सरको बढ्दो जोखिमप्रति सचेत गराउँदै उपचारलाई पहुँचयोग्य बनाउन सुझाव दिनुभएको हो ।

वीर अस्पतालका क्यान्सर विभाग प्रमुख प्राडा विवेक आचार्यले क्यान्सर उपचारका लागि अत्यावश्यक ‘रेडियो मेसिन’ को अभावप्रति मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार अहिले ३० देखि ३५ रेडियसन मेसिनको आवश्यकता छभने देशभर सरकारी र निजी दुवै गरी ११ वटा मात्र रेडिसन मेसिन उपलब्ध छन् ।

“देशभर ११ मात्र मेसिन छन्, वीरमा भर्खरै प्राप्त मेसिनसमेत प्रयोगमा आएको छैन, रेडियो थेरापीका लागि बिरामी भक्तपुरमा तीन महिना कुर्नपर्ने बाध्य छन्, वीर अस्पतालमा पालो कुर्नेको समय चार महिना पुगिसक्यो”, उहाँले भन्नुभयो, “राज्यले चाहेमा निजीमा रु ७० हजार शुल्क लाग्ने उक्त परीक्षण रु २० हजारमा गर्न सकिन्छ तर अहिले बिरामी भारत गएर उपचार गर्न बाध्य छन् ।”

उहाँले स्वास्थ्य जनशक्तिलाई पर्याप्त तालिमको आवश्यकता औँल्याउनुभयो । प्राडा आचार्यले निवारण गर्न सकिने क्यान्सर जस्तै पाठेघरको मुख र फोक्सोको क्यान्सरका लागि जनचेतनामा वृद्वि, एचपीभी खोप तथा ‘स्क्रिनिङ’ बढाउन मन्त्रालयलाई सुझावसमेत दिनुभयो ।

“क्यान्सर रोग लाग्नुअघि क्यान्सरको पहिचान र उपचार भए पूर्णरुपमा निको हुन्छ, त्यही कुरा क्यान्सरमा परिवर्तन भएर पहिलो वा दोस्रो चरणमा पहिचान भए ८० देखि ९० प्रतिशतसम्म निको हुने सम्भावना हुन्छ, तेस्रो चरणमा पहिचान भए ३० देखि ५० प्रतिशत र चौथो चरणमा पुग्यो भने पाँच प्रतिशतमात्र निको हुने सम्भावना हुन्छ”, उहाँले भन्नुभयो, “दुर्भाग्यवश हामी कहाँ आइपुग्ने धेरै बिरामी तेस्रो वा चौथो चरणको अवस्थामा हुन्छन् ।”

छलफलमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष एवं क्यान्सर रोग शल्यचिकित्सक डा अनिल कार्कीले प्राडा आर्चायसँग सहमति जनाउँदै निवारण गर्न सकिने क्यान्सरबारे जनचेतना अभिवृद्वि गर्न सुझाव दिनुभयो ।

“क्यान्सरले गराउने कूल मृत्युको एक तिहाइ सुर्तीजन्य पदार्थ सेवन पनि हो तर विद्यालयस्तरका विद्यार्थीमा धुम्रपानको प्रयोग बढेको छ, यो चिन्ताको विषय हो”, डा कार्कीले भन्नुभयो, “खाद्य पदार्थ उत्पादनमा प्रयोग हुने विभिन्न रसायनले समेत क्यान्सरको जोखिम बढाएको छ, यसमा पनि बहस आवश्यक छ ।”

छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा रुद्रप्रसाद मरासिनीले क्यान्सर उपचार तथा नियन्त्रणका लागि न्यून पूर्वाधार, अपर्याप्त आर्थिक स्रोत र स्वास्थ्य जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले बिरामीले सेवा उपभोगमा ८० प्रतिशत हिस्सा व्यक्तिगत खर्चबाटै व्यर्होनुपर्ने समस्या रहेको समेत बताउनुभयो । “सेवा पहुँचमा ग्रामीण र सहरी क्षेत्रबीच भिन्नता छ”, डा मरासिनीले भन्नुभयो । रासस

आइतबार, माघ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.