• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • ९ घण्टा 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • १० घण्टा 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • १० घण्टा 

दाङमा रगत अभाव
  • १२ घण्टा 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • १६ घण्टा 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • १६ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १ दिन 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १ दिन 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ९. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

  • १०. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली

  •  बुधबार, माघ २४, २०८० मा प्रकाशित

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा पर्नुभएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा पर्नुभएको हो । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते हुनुभएकी उहाँ औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य हुनुहुन्छ ।

गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजो पिँगो दोस भन्ने स्थानमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गर्नुभएकी उहाँलाई तीव्रगतिमा आएको कारले एक्कासी ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी उहाँको दाहिने हात र देब्रे हिप भाँचिएको छ । दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ । कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उहाँको अनुहारमा समेत चोट लागेको छ । हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला पर्नुभएको एक महिना हुन लागेको छ । सामान्य उपचारबाट समेत बञ्चित भएकी उहाँको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।

दुर्घटनापश्चात् प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उहाँलाई तत्काल मोन्तिजोस्थित बरेइरो अस्पताल पुर्याइएको थियो भने कार चालक फरार भएका थिए । उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी घर पठाएको पीडित मोक्तानले रासससँग दुःखेसो पोख्नुभयो । खुट्टाको उपचारका लागि अस्पतालसँग धेरै अनुरोध गरे पनि उपचार नै नगरी घरमै आराम गर्नु भनी अस्पतालले जबर्जस्ती डिस्चार्ज गरेको उहाँले बताउनुभयो ।

रोजगारदाता मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीले समेत उपचारमा बेवास्ता गरेपछि विक्षिप्त बनेकी मोक्तानले उपचारका लागि सहयोगको याचनासमेत गर्नुभएको छ ।

“उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु । न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु । विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन । उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ”, पीडा सुनाउँदै मोक्तानले भन्नुभयो । दुर्घटनामा परी बाँचेपनि उपचार पाउन नसक्दा घरपरिवारसमेत चिन्तित बनेका छन् । दुर्घटनाका कारण विक्षिप्त बन्नुभएकी उहाँ आफ्नो औषधोपचारका लागि सबैसँग हारगुहार गरिरहनुभएको छ । मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

भाँचिएको खुट्टाको उपचार नै नगरी जबर्जस्ती डिस्चार्ज गरी घर पठाउँदा उहाँको अवस्था झन् नाजुक बन्दै गएको उहाँसँगै बस्ने साथी प्रतिज्ञा बानियाँले बताउनुभयो । “सुस्मिताको उठ्न, चल्न सक्ने अवस्था छैन । ओछ्यानमा थला परेकी छिन्, रेखदेख गर्ने कोही छैन । उनको त बिजोग नै भएको छ”, सहयोगको आशा राख्दै बानियाँले भन्नुभयो ।

मोक्तानको दुर्घटनाको विषयमा लिस्बनस्थित महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली सङ्घलाई जानकारी गराइएको छ । मोक्तानको उपचारका लागि विभिन्न माध्यममार्फत पहल भइरहेको यहाँ कार्यरत नेपाली पत्रकार प्रबल भट्टराईले बताउनुभयो ।

पीडित मोक्तानको औषधोपचारसहित पाउन सक्ने सेवा सुविधाका लागि कानुन व्यवसायीको व्यवस्था गरी औषधोपचारसँगै आवश्यक कानुनी उपचारको समेत पहल भइरहेको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताउनुभयो । उहाँको उपचारका लागि यहाँ क्रियाशील नेपाली सङ्घसंस्थामार्फत आर्थिक सहयोग सङ््कलन अभियानसमेत सञ्चालन गरिएको उहाँले सुनाउनुभयो ।

अस्पतालले डिस्चार्ज गरेपछि उहाँ कम्पनीले कामदार राख्दै आएको एक आवासगृहमा साथीहरूसँग बस्दै आउनुभएको छ । नेपाल नगएको चार वर्ष भएको बताउनुभएकी मोक्तानको आठ वर्षीय छोरा र श्रीमान् नेपालमा रहेको जनाइएको छ ।

मोक्तान दुर्घटनामा परी उपचारबाट समेत बञ्चित हुनुपरेको विषयमा सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको र उहाँको उपचारका लागि आवश्यक पहल भइरहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले राससलाई बताउनुभयो ।

पीडित मोक्तानलाई गत जनवरी ३० मा अस्पतालले डिस्चार्ज गरी घर पठाएको थियोे । रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस आउनुभएकी उहाँ दुई वर्षअघि पोर्चुगल आएको जनाइएको छ । साइप्रसमा रोजगारीका लागि आएका नेपालीको यकिन तथ्याङ्क नभए पनि करिब ७० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि आएको महावाणिज्य दूतावासले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि पोर्चुगल आकर्षक गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । यससँगै त्यहाँ नेपाली पीडित पनि हुन थालेका छन् । रासस

बुधबार, माघ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

दाङमा रगत अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.