• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • १० घण्टा 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • ११ घण्टा 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • ११ घण्टा 

दाङमा रगत अभाव
  • १३ घण्टा 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • १७ घण्टा 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • १७ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १ दिन 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १ दिन 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ९. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

  • १०. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

व्यवस्थित बन्दै कारागार अस्पताल, छ महिनामा २० हजार कैदीबन्दीको उपचार

  •  बुधबार, फागुन ०२, २०८० मा प्रकाशित

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् ।

नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुस मसान्तसम्म १९ हजार नौ सय ९२ कैदीबन्दीले उपचार गरेका छन् । जसमा पुरुष कैदीबन्दी १६ हजार ४९५ र महिला कैदीबन्दी तीन हजार ४९७ रहेका छन् ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो । सुरुमा १५ श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्न ३६ दरबन्दी थप गरेको थियो । क्रमशः अस्पातलको सेवा विस्तार गरिँदै हाल ३० श्ययाको अस्पताल सञ्चालनमा आएसँगै अस्पतालमा कर्मचारीको दरबन्दी समेत थप गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकी कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर जाँच गर्दै आएको बताउनुहुन्छ । “कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ,”– डा बुढाथोकी भन्नुहुन्छ ।

सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरासमेत सिकाउँदै आइरहेको छ । कारागार अस्पतालले कारागारभित्र उपचार सम्भव नभएका रोगको उपचारका लागि काठमाडौँभित्रका विभिन्न २३ वटा अस्पतालसँग सम्झौता गरेको छ ।

“रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवनविश्विद्यालय शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताल, राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रलगायतका २३ वटा अस्पतालमा बिरामी पठाउँदै आएका छौँ,”– डा बुढाथोकी भन्नुहुन्छ ।

अस्पतालकी प्रशासन प्रमुख रमा घिमिरे कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्नेगरी सेवा विस्तार गर्दै लगेको बताउनुहुन्छ । “एघारौँ तहको अधिकृतको नेतृत्वमा ६८ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ,”– उहाँ भन्नुहुन्छ । कारागार अस्पतालमा विभिन्न रोगका आठ जना विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको उहाँको भनाइ छ ।

केन्द्रीय कारागारमा हाल तीन हजार ४५० कैदीबन्दी छन् । एक हजार ५०० अटाउने केन्द्रीय कारागारमा हाल दोब्बरभन्दा पनि बढी कैदीबन्दी रहँदै आएका छन् । तीनवटा जेल रहेको केन्द्रीय कारागारको केन्द्र जेलमा एक हजार ८४४, भद्र जेलमा एक हजार १५३ र महिला जेलमा ४५३ कैदीबन्दी रहेका छन् । यसैगरी, बालसुधार गृहमा २२८ र नौ आश्रित बालबालिका रहेका छन् ।

केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ललित बस्नेत देशभरका कैदीबन्दी उपचारका लागि काठमाडौँ आउँदा केन्द्रीय कारागारभित्र कैदीबन्दीको सङ्ख्या बढेको बताउनुहुन्छ ।

“देशभरका कैदीबन्दी उपचार गर्न र अड्डा अदालत धेरै राजधानीमा भएकाले यहाँ आउने चाप बढेको छ,”– उहाँ भन्नुहुन्छ । एक शताब्दी इतिहास बोकेको केन्द्रीय कारागार अहिले कैदीबन्दीको चापका कारण साँघुरो बन्दै गएको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ ।

कारागार अस्पतालले कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइडलगायतका बढी विरामी देखिने गरेका छन् ।

यस्तै, केन्द्रीय कारागारमा हाल २५५ जना विदेशी कैदीबन्दी रहेका छन् । विदेशीमध्ये सबैभन्दा बढी भारतीय कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ । भारतीय कैदीबन्दी अधिकांश लागूऔषध मुद्दाका रहेका उहाँको भनाइ छ । भारतपछि चीन र दक्षिण अफ्रिकाका कैदीबन्दी रहेका छन् ।

आठ वर्ष केन्द्रीय कारागार अस्पतालमा रहेर विरामीलाई सेवा प्रदान गर्नुभएका नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा केदारनरसिंह केसी साँघुरो ठाँउ र धेरै कैदीबन्दीका कारण विभिन्न रोग देखिएको बताउनुहुन्छ । “राज्यबाट कैदीबन्दीको लागि निःशुल्क उपचार व्यवस्था हुनु सकारात्मक कुरा हो, यसलाई विस्तारै व्यवस्थापन गर्दै लैजानुपर्छ,”– डा केसी भन्नुहुन्छ ।

उहाँ कैदीबन्दीलाई पछिल्लो समय छालासम्बन्धी समस्या, मानसिक समस्यालगायतका समस्या देखिएको बताउनुहुन्छ । आफू सो अस्पतालमा कार्यरत रहँदा बाहिरबाट हप्ताको एकपटक विशेषज्ञ चिकित्सक झिकाएर कैदीबन्दीको उपचार गरेको उहाँ बताउनुहुन्छ । केन्द्रीय कारागार अस्पतालले आर्थिक वर्ष २०७७÷०७८ मा १६ हजार ८८६, आव २०७८÷०७९ मा २२ हजार १४१ र आव २०७९÷०८० मा ३४ हजार ३२५ विरामीको उपचार गरेको छ । सो अस्पतालले केन्द्रीय कारागारबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ ।

यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउन सो अस्पतालले सरकारसँग माग गरेको छ । उक्त अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर २४ सै घन्टा सेवा सञ्चालन गर्दै आएको जनाइएको छ । रासस

बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

दाङमा रगत अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.