• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
  • ४० मिनेट 

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
  • ५८ मिनेट 

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो
  • २ घण्टा 

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
  • २ घण्टा 

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
  • २ घण्टा 

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ५ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ७ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ८ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ७. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ८. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • ९. कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणमा समस्या : प्रधानमन्त्री

  •  बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिँदै गएको बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिएको बताउनुभयो ।

“जलवायु परिवर्तनबाट समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपका घटना उत्पन्न हुँदै गएका छन्, सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत् रणनीति आवश्यक छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरबाट देखिएको स्वास्थ्य प्रणाली र समुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीन खोज र स्थानीय ज्ञानको उपयोगमा लाग्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनको असर विश्वका हरेक कुनाकुनामा देखा परेको उल्लेख गर्दै उहाँले यसको समाधानका लागि साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।

“जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन्, एक दशमलव पाँच डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीयरूपमा घटाउनुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभई त्यसका परिणाम ज्यादै महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।

जलवायु परिवर्तनको असरका कारण पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको विस्फोट तथा खडेरी बारम्बार र भयावह हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता प्रकोपले गरिब, महिला, बालबालिका र आदिवासी एवं जातीय समूह मारमा परेका बताउनुभयो । पछिल्लो प्रतिवेदनअनुसार प्राकृतिक हिमशृङ्खला र विश्वव्यापी स्रोत एकतिहाइ गुमेको उहाँले बताउनुभयो । यस्ता हानिनोक्सानीले जैविक विविधतालाई मात्र नभई तटीय क्षेत्रमा रहेका अर्बौं मानिसको जीविकोपार्जनलाई समेत खतरामा पारेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा सम्पन्न कोप–२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गर्दै आएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जलवायु परिवर्तनको असरका कारण नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो समस्या परेको बताउनुभयो । “जलवायु परिवर्तनको असरले नेपालको स्वास्थ्य क्षेत्र ठूलो जोखिममा परेको छ, यो मुलुकका लागि चुनौतीको विषय हो”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री यादवले जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि गुरुयोजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले यसबाट हुने जोखिम न्यूनीकरणका लागि विभिन्न देशसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको दिगो विकासका लागि आजैदेखि सोच्नुपर्नेबेला आएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि राष्ट्रियस्तरबाट विशेष नीति बनाएर अन्तर्राष्ट्रियस्तरसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नास्टका उपकुलपति डा दिलीप सुब्बा, सचिव डा रवीन्द्रप्रसाद ढकाल, जलवायु स्वास्थ्य फाउण्डेशन अमेरिकाकी प्रतिनिधि क्लेयर ल्याङ्गली, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) युकेकी उपमहानिर्देशक इजाबेला कोजीइललगायतले जलवायु परिवर्तनले विश्वलाई नै असर पारेको भन्दै यसको नियन्त्रणका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा जलवायु परिवर्तनले स्वास्थ्य र वातावरणका क्षेत्रमा पारेका असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ तथा कसरी एकताबद्ध भएर नयाँ खोज र अनुसन्धानमा जुट्न सकिन्छ भन्नेबारेमा बृहत् छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रमोद जोशीले जानकारी दिनुभयो । रासस

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना
मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

आइभिएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

अस्पतालमा चिकित्सकमाथि कुटपिट, चिकित्सक संघद्वारा भर्त्सना

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.