अन्य समयमा भन्दा गर्मी याम र बर्षायाममा झाडापखालाको प्रकोप बढ्ने गर्छ । बिशेषगरी पानीबाट हुने प्रदुषण र सडेगलेको खानाबाट झाडापखाला हुने गर्छ । अधिकांश मानिसले झाडापखालालाई सामान्य समस्या सोचेर उपचार गर्न जांँदैनन । तर झाडापखालालाई सामान्य मान्दा बिरामीको मृत्यु भएका धेरै उदाहरण छन । चिकित्सकका अनुसार झाडापखालाबाट बालबालिका र बृद्धबृद्धा बढी प्रभावित हुने गरेका छन । ती मध्येपनि पांँचबर्ष भन्दा कम उमेरका बच्चाहरुमा मृत्युदर पनि बढी हुन्छ । दिनमा तीन वा सोभन्दा बढीपटक पानी जस्तो पातलो दिसा भएमा झाडापखाला भनिन्छ । झाडापखालाले शरीरबाट पानी, खनीज तत्व वा पोषक तत्व खेर गई समयमा उपचार नभएमा बिरामीको मृत्यु हुने गरेको हो ।
नेपालमा हाल गर्मी र बर्षायाम लागेसंँगै झाडापखाला र हैजाका बिरामी देखा पर्न थालेका छन । झाडापखालाको समयमै नियन्त्रण गर्न नसके महामारीको रुप लिने गर्दछ । त्यसैले यो समयमा झाडापखालाबाट बच्ने उपाय , पानी र बासी सडेगलेका खानेकुरा नखाने, हातखुट्टा मुख , भान्सामा रहेका भांँडाकुडा सफा राख्नु पर्ने चिकित्सकको सुझाव छ । झाडापखाला कस्तो रोग हो? यो रोग कस्ता जीवाणु, व्याक्टेरिया र भाइरसबाट सर्छ र यसका लक्षण तथा रोकथाम बिषयमा रहेर प्राध्यापक डाक्टर विजय प्रसाद पौडेल (प्रमुख कल्सल्ट्याण्ट फिजिसियन) संँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियो मार्फत प्राप्त गर्न सक्नुहुनेछ ।
