• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १३ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १३ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १४ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १६ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १७ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १८ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ७. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ८. दुई हजार एम्बुलेन्स थन्किए

  • ९. खैरो हेरोइनसहित चार जना पक्राउ

  • १०. लागुऔषधसहित चार जना पक्राउ

सन्दर्भ : विश्व स्तनपान सप्ताह-स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता

  •  मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

काठमाडौँ । प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरुले मनाइरहेका छन् । विश्वका एक सय २० भन्दा बढी देशहरुमा स्तनपान सप्ताहलाई उत्सवका रुपमा मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष साउन १७ देखि साउन २२ (१ अगस्त देखि ७ अगस्त २०२४) सम्म विश्व स्तनपान सप्ताह मनाइँदैछ ।

वल्र्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले एकसाथ जीवनको पहिलो छ महिनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साताव्यापी रूपमा मनाउने गरिएको छ । यो उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूबीच जागरुकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो । यस वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ रहेबाट पनि स्तनपानमा सबैको सहयोग र सहभागिता आवश्यकतालाई प्रस्ट हुन्छ ।

सरकारी कार्यालयको मुख्य प्रवेशद्वारमा नै ‘विश्व स्तनपान सप्ताह’ लेखिएको ब्यानर झुन्डिएका छन् । त्यही सरकारी कार्यालयमा सेवा लिन पुगेकी महिलाले काखमा बोकेको दूधे बालकलाई दूध चुसाउन कति सहज वातावरणको व्यवस्थापन गरेका छाँै भन्ने चाहिँ कहिल्यै बहसको विषय बनेको पाइँदैन । म स्वयम् स्तनपान गराउने आमा भएका कारण पनि आमाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउन भोग्नु परेको सास्तीहरुको नमीठो घटनाहरुको स्वाद चाखेको छु । म जस्ता धेरै आमाहरुले आफ्ना सन्तानलाई चाहेर पनि स्तनपान गराउन पाइरहेका छैनन् ।

केही दिनअघि काखमा नौमहिने छोरी च्यापेर राष्ट्रिय वाणिज्य बैङ्कको काउन्टरमा लाइनमा उभिएकी एक महिलाको दुवै स्तनबाट दूध बगेर कुर्ता भिजेको प्रस्ट देखिएको थियो । लाइनमा महिलाहरुको भन्दा पुरुषहरुको सङ्ख्या धेरै थियो । उनले बच्चालाई दूध चुसाउन अप्ठ्यारो महसुस गरिरहेकी थिइन् । नजिकै कतै पनि बच्चालाई दूध चुसाउन मिल्ने गोप्य कोठाको व्यवस्था थिएन ।

एकातिर आमाको दूध गानिएर कुर्ता भिजेको थियो भने अर्काेतिर दूधे बालकको घाँटी सुकेर रोइरहेको थियो । लाइनमा उभिएकी महिलाको बच्चा हेरचाह गर्न साथी आएकी अर्की बहिनीले बट्टाको दूध बच्चालाई खुवाउँदै गर्दा आफूले ओढेको सलको फेरले उनले भिजेका स्तन छोपेर उनी लाइनबाटै काखे बच्चाले बोतलमा दूध पिएको हेरिरहिन् ।

यस्तै, अर्को घटनाले पनि मलाई निकै असजिलो बनायो । अठार महिने छोरालाई साथमा लिएर नगरपालिकामा जग्गाको तिरे तिर्न आएकी एक महिलालाई उसको छोराले कुर्ताको फेर तानेर लाइनबाट बाहिर निस्कन कर गर्दै थियो । १८ महिने बालकलाई सायद आमाले सिकाइएको थियो होला मान्छेहरुको अगाडि दूध खान हुँदैन भनेर । बारम्बार छोरालाई सम्झाउँदा सम्झाउँदै पनि बालक मानिरहेको थिएन ।

बालकको जिद्दी र रुवाइको अगाडि ती महिलाको केही लागेन । उनी लाइनबाट बाहिर निस्किएर धेरैबेर यताउता आँखा डुलाइन । जति आँखा डुलाए पनि उनले बालकलाई दूध चुसाउने गोप्य कोठा वा ठाउँ फेला पार्न सकिनन् । गर्मीको समय अनि बालकको रुवाइले झर्किएर उनले गेटमा टाँगिएको ‘विश्व स्तनपान सप्ताह’ ब्यानरको पछाडिपट्टि छेकिएर बालकलाई दूध चुसाइन् ।

यस्ता प्रतिनिधि घटनाहरु दैनिक आँखाकै अगाडि ठोक्किन आउने पात्रहरुका बाध्यताहरु हुन् । सरकारी कार्यालय, सार्वजनिक जमघट हुने स्थान, पार्क, विद्यालय, होटल रेस्टुरेन्ट तथा पाटी प्यालेसहरुमा समेत स्तनपान कक्षको छुट्टै व्यवस्था नहुँदा दूधे बालकमा आमाहरु बच्चालाई दूध चुसाउन असहज महसुस गर्दछन् । ग्राहकको रुचि र मागलाई ध्यानमा राखेर होटलहरुमा धुम्रपान कक्षको व्यवस्था गर्न ध्यान पुग्ने होटल सञ्चालकहरुले पनि बच्चाका आमा पनि ग्राहक हुन्छन् अनि बच्चालाई दूध चुसाउने गोप्य कोठाको व्यवस्थामा पनि गर्नु पर्दछन् भन्नेमा ध्यान पुगेको छैन ।

कानुनमा स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रूपमा परिभाषित गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणका लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छभने आवश्यक परेमा चिकित्सकको रायसल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ । ऐनमा सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउपर्ने उल्लेख छ ।

त्यस्तै, हरेक कार्यालय, स्कुल, बसपार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्था गरेको छ । किशोर अवस्थामा छातीमा स्तनको आकार आएदेखि नै सल वा पछ्यौराले छापेर हिँड्न सिकेका हुन्छौँ । विवाहपछि बच्चालाई खुला रुपमा धेरै जनाको अगाडि नै स्तनपान गराउन लाज र सङ्कोचले गर्दा असहज मान्नु स्वाभाविक नै हो । स्तन भनेको महिलाको गोप्य अङ्ग नै मानिएको छ । गोप्य अङ्ग सार्वजनिक ठाउमा देखाउनु लाजको विषय हो । गर्भवतीले गर्भधारण गरेदेखि नै बच्चालाई स्तनपान गराउने सपना देख्न थालिसकेकी हुन्छिन् । स्तनपान नवजात शिशुको लागि अमृत जत्तिकै हुन्छ । बच्चा जन्मिएको एक घण्टाभित्र नै प्रारम्भिक स्तनपान गराइन्छ । प्रारम्भिक स्तनपानमा सुत्केरी भएको एक घण्टाभित्रको बाक्लो बिगौती दूध खुवाउँदा बच्चाको शरीरमा रोगसँग लड्न सक्ने क्षमताको विकास हुन ठूलो योगदान पुग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

त्यसैगरी, बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दूध मात्र खुवाउनु पूर्ण स्तनपानको सूचकका रुपमा लिन सकिन्छ । छ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा आठदेखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् । शिशुलाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास चाँडो हुने र स्वस्थ रहन्छन् ।

विशेषगरी कामकाजी महिलाहरुले बच्चालाई पूर्ण स्तनपान गराउन नसक्नु अहिलेको मुख्य समस्या हुन पुगेको छ । सुत्केरी बिदा सकिएर कार्यालय फर्किंदा उनको अगाडि कामको थुप्रो थुपारिएको हुन्छ । दिनको एक घण्टा बच्चालाई भेट्ने समय निकाल्न महिला कर्मचारीका लागि निकै मुस्किलको विषय बनेको छ । कार्यालयमा पुरुष कर्मचारीको सङ्ख्याभन्दा महिला कर्मचारीको सङ्ख्या धेरै भए पनि महिनावारी हुँदा, गर्भवती हुँदा वा सुत्केरी भइसकेर बच्चालाई दूध चुसाउने छुट्टै कोठाको व्यवस्था नहुँदा कामकाजी महिलाले बच्चालाई पूर्ण स्तनपान गराउन सकेका छैनन् ।

सुत्केरी बिदा सकेर कार्यालय फर्किएदेखि नै बट्टाको तयारी दूध खुवाएर बच्चाको पेट भर्नुपर्ने कामकाजी महिलाको बाध्यता रहेको छ । सुत्केरी बिदा बस्दा घरमा सहजरुपमा स्तनपान गराए पनि कामकाजी महिलाले कार्यालयमा स्तनपान कक्षा वा बच्चा स्याहार कोठाको छुट्टै व्यवस्था भएको पाइँदैन । दूध चुसाउने आमाहरु बच्चा लिएर यात्रामा होस् वा अन्य कुनै कामको सिलसिलामा घर बाहिर निस्कन प¥यो भने स्तनपान गराउने गोप्य कोठाको अभावमा बच्चालाई बोतलको दूध चुसाउन बाध्य हुन्छिन् ।

कार्यालयमा स्तपान कक्ष तथा शिशु स्वाहार कक्षको व्यवस्था हुने भए हेरालु राखेर भए पनि कामकाजी महिलाले समयसमयमा बच्चालाई स्तपान गराउन सक्नेछन् । सार्वजनिक स्थान, सरकारी कार्यालय, विद्यालय, होटल तथा रेस्टुरेन्टहरुमा पनि स्तनपान कक्षको व्यवस्था हुने हो भने दूधे बालककी आमाले निर्धक्क दूध चुसाउन सक्ने थिइन् । अहिलेका नाबालक शिशुहरुले आमाको पूर्ण स्तनपान गर्न नपाए शारीरिक तथा मानसिक रोगको सिकार हुन सक्ने जोखिम हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाहरुले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ । पछिल्लो समय शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको चाँडो विकास हुने भ्रमले कतिपय महिलाहरुले शिशुलाई स्तनपान नगराई वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढ्न गएको चिकित्सकहरुको भनाइ छ । यस्ता गलत विचारहरुको अन्त्यका लागि पनि दिवस, सप्ताहहरुको सान्दर्भिकता देखाउँछ । प्रत्येक वर्ष उत्सवका रुपमा विश्व स्तनपान सप्ताह’ मनाउनुको मर्म त्यति बेला पूरा हुनेछ, जतिबेला एउटी आमाले बिना सङ्कोच आफ्ना सन्तानहरुलाई सार्वजनिक ठाउँहरुमा छुट्टै कोठामा बसेर स्तनपान गराउन सक्नेछिन् । सरकारी वा निजी कार्यालयको ढोकामा टाँगिएको ब्यानरले मात्रै कुनै अर्थ राख्दैन । (लेखक बालस्वास्थ्य र अधिकारका क्षेत्रमा क्रियाशील हुनुहुन्छ) । रासस

मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.