• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक १६, २०८३
आइतबार, कार्तिक १६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा
  • ८ घण्टा 

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली
  • ९ घण्टा 

फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान
  • ९ घण्टा 

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ
  • ११ घण्टा 

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
  • १५ घण्टा 

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
  • २ दिन 

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
  • २ दिन 

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान
  • २ दिन 

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ६. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

  • ९. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • १०. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

‘ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट’

  •  शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३० स्थित ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ३२ वटै वडामध्येको उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ ।

केन्द्र २०७८ साल चैत १ गतेदेखि सञ्चालनमा आएको हो । महानगरपालिकासँगको सम्झौतामा मानव स्वास्थ्य नामक सामाजिक संस्थाले सञ्चालनमा ल्याएको केन्द्र गत साउन १ गतेदेखि महानगरपालिकाले नै व्यवस्थापन गर्न थालेको छ ।

महानगरपालिकाका ३२ वटै वडामा सञ्चालनमा रहेका केन्द्रमध्ये उत्कृष्ट सेवा प्रदान गरेकाले महानगरले नै व्यवस्थापन गर्न थालेको निमित्त इञ्चार्ज गीताकुमारी साउदले राससलाई जानकारी दिनुभयो । महानगरले ३२ वटै वडाका केन्द्रलाई यस्तै स्वरुपमा चलाउन चाहेको छ ।

स्थानीयवासी करिष्मा कुँवर केन्द्रले राम्रो सेवा दिएकाले सामान्य उपचारका लागि अन्य अस्पतालसम्म पुग्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ । ससुराको गोडाको शल्यक्रियापछि आएको घाउ केन्द्रमै ठीक भएकाले अन्य अस्पताल जानु नपरेको उहाँले सुनाउनुभयो । केन्द्रमा राम्रो ड्रेसिङको व्यवस्था भएकाले टोल छिमेकमै उपचार पाउँदा स्थानीयवासी हर्षित बनेका छन् ।

केन्द्रमा समय–समयमा महिलाका लागि पाठेघरको जाँचका लागि शिविरको आयोजना हुने गरेको छ । यसले धेरै महिलामा क्यान्सर छ कि छैन भन्ने थाहा पाउन सजिलो भएको छ । यसैगरी पुरुषको प्रोस्टेट क्यान्सरको पनि परीक्षण हुने गरेको छ । केन्द्रमा डेङ्गीको पनि निःशुल्क परीक्षण हुने गरेको छ । केन्द्रमा ९८ प्रकारका औषधि निःशुल्क वितरण हुन्छ । अन्य औषधिमा भने २५ प्रतिशत सहुलियतमा बिक्री हुने गरेको छ ।

वडा सदस्य इन्दिरा श्रेष्ठ सिंह स्वास्थ्यका लागि महानगरका अन्य वडाका केन्द्रभन्दा राम्रो भएकैले महानगर प्रमुख बालेन्द्र शाहले अनुगमन गरी व्यवस्थापन लिने निर्णय गरेको जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाको सक्रियतामा केन्द्र स्थापना गरिएको हो । थापाले स्वास्थ्यमन्त्री हुँदा केन्द्र स्थापना गर्ने निर्णय गर्नुभएको थियो । स्थापना हुनुअघि नै उहाँ मन्त्री पदबाट हटेपछि केन्द्र अलपत्र बनेको थियो । त्यसैकारण महानगरपालिकासँग सम्झौता गरेर मानव स्वास्थ्य नामक सामाजिक संस्थाले यसलाई सञ्चालनमा ल्याएको थियो । अहिले ३२ वडामध्येको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएपछि भने महानगरले व्यवस्थापन लिएको हो ।

केन्द्रमा एमडीजिपी चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको पनि उहाँले सुनाउनुभयो । महानगरपालिकाले व्यवस्थापन गर्न थालेपछि भने केन्द्रमा ११ जनाको दरबन्दी कायम गरिने स्वास्थ्य सेवा विभागका प्रमुख दीपककुमार केसीले केन्द्रको अनुगमनका क्रममा बताउनुभएको छ । केही समयमा कर्मचारीको व्यवस्थापन भइसक्ने महानगरपालिकाले जनाएको छ ।

मासिक रु एक लाख ५५ हजार भाडामा लिएको भवनमा केन्द्र सञ्चालन गर्नुपर्दा स्वास्थ्य सेवा दिन समस्या भएको लेखा एवं व्यवस्थापन अधिकृत सजना डङ्गोलले बताउनुभयो । स्वास्थ्य केन्द्र चलाउने प्रयोजनले निर्माण भएको भवन नभएकाले ज्येष्ठ नागरिकलाई माथिल्लो तलासम्म पुग्न अप्ठ्यारो हुने गरेको छ ।

भवनमा कोठाको अभाव भएकैले डे«सिङ, इसिजी, खोप सेवा, परिवार नियोजन सेवा र किशोरकिशोरी सेवा पनि एउटै कोठाबाट दिनुपरेको उहाँले सुनाउनुभयो । केन्द्रमा फिजियोथेरापी सेवा पनि उपलब्ध छ । विसं २०७८ चैत १ गतेदेखि मानव स्वास्थ्यको व्यवस्थापनमा चलेको केन्द्रमा २०७९ साल साउन १ गतेदेखि भने महानगरले दुईजना कर्मचारी पठाएको थियो । यस्ता केन्द्रमा ११ जना कर्मचारीको व्यवस्था गर्ने कानुन महानगरपालिकाले पारित गरी स्थानीय राजपत्रमा समेत प्रकाशन गरिसकेको छ ।

सामाजिक संस्था सञ्चालन गर्दा १३ जना कर्मचारीले सेवा दिएकाले अहिले पनि महानगरले त्यसलाई निरन्तरता दिएको छ । पहिलेदेखि काम गर्दै आएका सबै कर्मचारीलाई सेवामा निरन्तरता दिइरहने महानगरको प्रतिबद्धता छ । यहाँका केही कर्मचारीलाई भने महानगरका अन्य वडामा पनि पठाउन सकिने महानगरपालिको जनाएको छ । रासस

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा
पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली
फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

ताजा

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.