• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

आलेखः बीस वर्ष नपुग्दै आमा बने महिला

  •  शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित

वालिङ (स्याङ्जा) । सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बन्नुभयो । वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिनुभयो ।

एक वर्षअघि जेठमा भागी बिहे गर्नुभएकी परियारलाई बिहे गर्न २० वर्ष पुग्नुपर्छ भन्ने थाहै थिएन । न त उहाँलाई थाहा थियो सानै उमेरमा आमा बन्न हुन्न भनेर । भागी बिहे गर्नुभएकी परियार कलिलै उमेरमा गर्भवती बन्नुभयो । उहाँलाई परिवार नियोजनका साधनका बारेमा राम्रो ज्ञान पनि भएन । उमेर कलिलै भएकाले केही समय पर धकेल्न अस्थायी साधनको प्रयोग गर्न सकिने हुँदाहुँदै पनि उहाँ सानै उमेरमा आमा बन्नुपर्ने अवस्था आयो ।

छोराको न्वारन भर्खरै सक्नुभएकी परियारले आफ्नो बिहे दर्ता र छोराको जन्मदर्ता अब गर्ने बताउनुभयो । ‘तपाईंको बिहे दर्ता २० वर्ष नपुगी हुँदैन नि ?’ भनी गरिएको प्रश्नमा उहाँले यसबारेमा आफूलाई केही पनि थाहै नभएको जवाफ दिनुभयो । समुदायस्तरमा कानुनी अज्ञानताकै कारण अझै पनि २० वर्ष उमेर नपुग्दै बिहे हुने र आमा बन्नेहरु थुप्रै छन् ।

आफ्नै शारीरिक, मानसिक तथा अन्य विकासहरु पूर्ण नभइसकेको अवस्थामा आफूसँगै बच्चाको स्याहारसुसार गर्नु पक्कै पनि चुनौती हो । जोखिम मोलेर आमा बन्दै गर्दा आमा तथा बच्चाको स्वास्थ्य, शारीरिक, मानसिक असर पर्न सक्छ । उमेर नपुगी कलिलै अवस्थामा गर्भवती भई आमा बन्न आउने युवतीमा प्रसव पीडा अत्यधिक देखिने गरेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालकी सिनियर अनमी तीला राना बताउनुहुन्छ ।

उमेर नपुगेकाहरु सुत्केरी हुन अस्पतालमा आउँदा कलिलै उमेरमा आमा बन्न हुन्नथ्यो नि भन्दा ‘थाहै भएन’ भन्ने जवाफ पाउने गरेको उहाँ बताउनुहुन्छ । “आफ्नै शारीरिक अङ्गहरुको विकास हुन नपाउँदै आमा बन्दा समस्या हुने कुरा सुनाउँदा अप्ठ्यारो महशुस गर्नुहुन्छ” उहाँले भन्नुभयो, “सुरक्षित रुपमा सुत्केरी भएर गइसकेपछि पनि आफ्नो र शिशुको स्याहारसुसार तथा स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव र परामर्श दिन्छौँ ।”

कलिलै उमेरमा आमा बन्दा आफ्नै स्याहार सुसार गर्न नसक्ने अवस्थामा त्यसैमाथि नवजात शिशुको स्याहारसुसार गर्न नसक्ने, नजान्ने भएकाले यस्तो बेलामा परिवारले विशेष ख्याल गर्न पनि सुझाव दिने गरेको उहाँले बताउनुभयो । “पहिलो सन्तान र दोस्रो सन्तानबीच जन्मान्तर राख्नका लागि घरपरिवार साथै दम्पतीलाई सुझाव दिन्छौँ”, उहाँले भन्नुभयो, “जन्मान्तरका लागि अस्थायी साधनको प्रयोगमा जोड दिन्छौँ ।”

उमेर नपुग्दै कतिले भागी बिहे गर्ने त कतिले परिवारको दबाबमा बिहे गर्ने गरेका छन् । सानै उमेरमा अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क राख्नाले आमा बन्नुपर्ने बाध्यात्मक स्थिति पनि रहेको उहाँ बताउनुहुन्छ । अस्पतालमा तल्लो उमेर समूहमा १६ वर्षसम्मका युवती सुत्केरी भएका छन् । अस्पतालमा सुत्केरी हुन छिमेकी जिल्ला पाल्पा, पर्वतको दक्षिणी भेग तथा स्याङ्जाकै अन्य केही स्थानीय तहहरुबाट आउने गरेका छन् ।

नेपालको कानुनले २० वर्ष उमेर नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता दिँदैन । बीस वर्ष उमेर नपुगी विवाह दर्ता नभए पनि २० वर्षभन्दा कम उमेरका आमाबुबाबाट जन्मेका शिशुको भने जन्मदर्ता हुन्छ । आमाबाबुको नागरिकता प्रमाणपत्रको आधारमा, बच्चा जन्मेको अस्पतालले दिने प्रमाण पत्रका आधारमा बच्चाको जन्मदर्ता गर्न सकिने वालिङ नगरपालिका–८ का सचिव प्रेमनारायण सुवेदी बताउनुहुन्छ । “यस्तो अवस्थामा कसैले ३५ दिनभित्रै जन्मदर्ता गराउनुहुन्छ” उहाँले भन्नुभयो, “कसैले २० वर्ष पूरा भएपछि विवाह दर्ता गर्ने र बच्चाको जन्मदर्ता गराउनुहुन्छ ।”

केही समय पहिले नै विवाह गरे पनि कानुनी सीमाका कारण २० वर्ष पूरा भएपछि मात्रै बिहे दर्ता गर्न आउनेहरु पनि छन् । ‘बिहेवारी २० वर्ष पारी’ कानुनमा स्पष्ट उल्लेख गरिएको छ । २० वर्षभन्दा मुनिको विवाह कानुनविपरीत मानिन्छ अर्थात् विवाह दर्ता नै हुँदैन । कानुनी रुपमा २० वर्षमुनिका विवाह कानुनविपरीत देखिँदै गर्दा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या स्याङ्जामा भयावह छ ।

देवानी संहिताले २० वर्षमुनिको विवाहलाई बदरयोग्य विवाहका रुपमा राखेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । देवानी संहिताले २० वर्षमुनिको विवाहलाई चिन्दैन । संहिताले २० वर्षमुनिको विवाहलाई कानुनी मान्यता नदिए पनि २० वर्षमुनिका महिला पुरुषको सम्बन्धबाट जन्मेको बच्चाको जन्मदर्ता गराउन कुनै पनि असर पर्ने छैन भनी पञ्जीकरण ऐनमा उल्लेख भएको उहाँ बताउनुहुन्छ । यसैका आधारमा रहेर बच्चाको जन्मदर्ता हुने गरेको छ । “बीस वर्ष उमेर पूरा नभई विवाह गर्दा हुने आमा र बच्चाको स्वास्थ्यमा पर्ने असरहरु, कानुनी सचेतनालगायतका सवालमा सर्वसाधारणलाई बुझाउन जरुरी छ”, उहाँले भन्नुभयो, “कानुनी सचेतनालाई तल्लो तहसम्म पु¥याउनका लागि सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।”

उमेर नपुग्दै हुने विवाह प्रायः घरपरिवारलाई थाहै नभई भागी विवाह हुने अथवा बिहेपछि मात्रै परिवारले थाहा पाउने अवस्था छ । उमेर नपुग्दै विवाह हुँदै गरेको थाहा पाएमा त्यसलाई रोक्ने गरिएको उहाँले बताउनुभयो । ठाउँठाउँमा यस्ता विवाहहरु बाल क्लबमार्फत रोकिएका छन् । “किशोरावस्थामा केटाकेटी एकअर्काप्रति आकर्षित हुुँदैै शारीरिक सम्बन्धमा गाँसिने, गर्भवती हुने अनि मात्रै परिवार तथा समुदायले थाहा पाउने अवस्था छ”, उहाँले भन्नुभयो, “बालविवाह हुनै नदिन र बच्चा हुनुभन्दा पूर्वका क्रियाकलाप रोक्नका लागि सचेतना जगाउनमा जोड दिनुपर्छ ।”

सानै उमेरमा हुने विवाह तथा आमा बन्नबाट रोक्नका लागि पनि विद्यालय तहमै यौन तथा स्वास्थ्य शिक्षाका बारेमा जानकारी दिनुपर्छ । विद्यालय शिक्षा, पारिवारिक संस्कार र स्थानीय तहहरुले कानूनी सचेतनाका क्षेत्रमा गर्ने लगानी बढी महत्वपूर्ण हुने प्रजिअ नेपाल बताउनुहुन्छ । जिल्लामा सुत्केरी भएका महिलामध्ये १३ प्रतिशतभन्दा बढी महिला २० वर्ष नपुग्दै आमा बनेका छन् । आफ्नै स्याहारसुसार राम्रोसँग गर्न नसक्ने उमेरमै आमा बन्दा आफ्नो र शिशुको स्याहारसुसारमा समस्या हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाभित्रका अस्पताल तथा बर्थिङ सेन्टरहरुमा सुत्केरी भएका नौ सय ७९ मध्ये एक सय ३२ महिला २० वर्ष नपुग्दै आमा बनेका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो । “स्याङ्जाका विभिन्न स्वास्थ्य संस्थाहरुमा सुरक्षित रुपमा सुत्केरी हुने आमाको सङ्ख्या नौ सय ७९ रहेको छ”, उहाँले भन्नुभयो, “कूल सङ्ख्याको १३ दशमलव ४८ प्रतिशत महिला उमेर नपुग्दै अर्थात् २० वर्षभन्दा कम उमेरका आमा बनेका छन् ।”

जिल्लास्थित स्वास्थ्य संस्थामा सुत्केरी हुने र बाहिरी जिल्लाका अस्पतालमा गएर सुत्केरी हुने महिलाको सङ्ख्या उस्तै–उस्तै रहेको उहाँले बताउनुभयो । गर्भवती तथा सुत्केरी आमा र शिशुको स्वास्थ्य अवस्थालाई मध्यनजरगरी स्याङ्जाबाट पायक पर्ने जिल्ला बाहिरका ठूला अस्पतालमा जाने सङ्ख्या ठूलो छ । जिल्लाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेको तथ्याङ्क भए पनि बाहिर गएर सुत्केरी हुने आमाहरुको यकीन तथ्याङ्क स्वास्थ्य कार्यालयसँग छैन ।

स्याङ्जाका विभिन्न ठाउँबाट गर्भवती भएका महिला सुत्केरी हुने समय नजिकिँदै गर्दा पोखरा, पाल्पा, बुटवललगायत ठाउँका सुविधा सम्पन्न अस्पतालहरुमा जाने गरेका छन् । उमेर नपुग्दै आमा बन्नेहरुमा सबैभन्दा धेरै वालिङ नगरपालिकामा रहेको देखिएको छ । स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार कूल चार सय एक जना वालिङमा सुत्केरी भएका थिए । यसमध्ये ५७ जना महिला २० वर्षमुनिका रहेका छन् । त्यस्तै पुतलीबजार नगरपालिकामा ४४ महिला २० वर्ष नपुग्दै आमा बनेका छन् । यद्यपि पुतलीबजार नगरपालिकामा जिल्ला अस्पताल र वालिङ नगरपालिकामा ग्रहौं प्राथमिक अस्पताल रहेकाले पनि यी पालिकाका अलावा बाहिरबाट आएर पनि सुत्केरी भएको हुनसक्ने देखिन्छ ।

बिरुवा गाउँपालिकामा सात, चापाकोट नगरपालिकामा पाँच, भिरकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, हरिनास गाउँपालिका, अर्जुनचौपारी गाउँपालिकामा समान चार÷चार जना, गल्याङ नगरपालिका, फेदीखोला गाउँपालिका र आँधीखोला गाउँपालिकामा समान एक÷एक जना महिला २० वर्ष उमेर नपुग्दै आमा बनेका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख चापागार्इंले बताउनुभयो ।

कलिलै उमेरमा विवाह गर्ने र विवाह गरेको छोटो समयमै गर्भवती बन्दा शारीरिक अङ्गहरु परिपक्क भइसकेका हुँदैनन् । आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन असरहरु देखा पर्छन् ।

उमेर नपुग्दै बच्चा जन्माउँदा सुत्केरी आफ्नै र शिशुको स्याहारसुसारमा कमी हुन सक्छ । तौल कम भएको बच्चा जन्मिने संभावना पनि उत्तिकै रहन्छ । सानै उमेरमा सुत्केरी बन्दै गर्दा महिना नपुगी बच्चा जन्मिने, तौल कम भएको बच्चा जन्मिने, आमा र बच्चामा पौष्टिक आहारको कमि हुने, आमाको पाठेघरमा विभिन्न सङ्क्रमणको जोखिम, बच्चा पातलो र ख्याउटे जन्मिने संभावना हुन्छ ।

सुरक्षित रुपमा गर्भपतन गराउन सकिने भए पनि उक्त सेवा किशोरीहरुको पहुँचमा नहुनु, गर्भपतन सेवासम्बन्धी पर्याप्त जानकारी नहुनु, परिवार नियोजनका साधनहरुको प्रयोगमा ध्यान नदिनु, साधनहरुको प्रयोग गर्ने तरिका, विधिको ज्ञान नहुनुले पनि कलिलै उमेरमा आमा बन्नुपर्ने अवस्था आउने गरेको छ । अनिच्छित गर्भ सुरक्षित रुपमा गर्भपतन गर्न सकिने हुँदाहुँदै पनि त्यसको जानकारी नहुँदा मन नलागी–नलागी पनि बच्चा जन्माउनुपर्ने बाध्यता रहेको छ । अनिच्छ्याइएको गर्भपतनलाई नै पटकपटक प्रयोग गर्दा त्यसले महिलाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिन्छ ।
रासस

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.