• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • ९ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १० घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १० घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १० घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १० घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १२ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १३ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १६ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • १०. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

कार्यसमिति विस्तार रेडक्रसको सिद्धान्त, मूल्य,मान्यताअनुरुप : नेपाल रेडक्रस सोसाइटी

  •  शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को वर्तमान केन्द्रीय कार्यसमितिको विस्तार रेडक्रसको सिद्धान्त, मूल्य,मान्यताअनुरुप भएको स्पष्ठ पारेको छ । सोसाइटीद्वारा आज यहाँ जारी विज्ञप्तिमा सोसाइटीको वर्तमान केन्द्रीय कार्यसमिति ‘नेपाल रेडक्रस सोसाइटी’ रेडक्रसका सिद्धान्त, मूल्यमान्यताअनुरुप तटस्थ, निष्पक्ष, स्वतन्त्र मानवीय संस्थाका रुपमा रहनुपर्छ र यसमा कुनै पनि किसिमको राजनीतिक, पार्टीगत प्रभाव पर्नु हुँदैन भन्ने कुरामा सचेत र प्रतिबद्ध रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “तसर्थ, यसको सिद्धान्त, मूल्यमान्यता, कार्यशैलीमा प्रभाव पर्नेगरी कुनै सहमति नगरिएको सम्पूर्ण सम्बन्धित सरोकारवाला र जनमानसमा स्पष्ट पार्दछौँ । केन्द्रीय कार्यसमितिको विस्तारपश्चात् गठन, निर्वाचनलगायत यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाहरू सम्बन्धित निवेदकबाट फिर्ता लिइसकेको अवस्था छ भने विधान संशोधन गरी समसामयिक सुधारसहित निष्पक्ष, तटस्थ, स्वतन्त्र, बलियो नेपाल रेडक्रस बनाउन विसं २०८१ मङ्सिर २६ र २७ गतेका लागि विधान महाधिवेशन आह्वान गरिएको छ ।”

नेपालमा हालसम्म रेडक्रस ऐन नहँुदा वैधानिकलगायत विभिन्न समस्या परिरहेकाले सो ऐन बनाउन नेपाल रेडक्रसकोतर्फबाट नेपाल सरकारसँग समन्वय र सहयोगका लागि समिति गठन गरिएको छ । साथै संशोधित विधानअनुसार २०८१ चैत मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गराउने कार्ययोजनाका साथ काम भइरहेकाले गलत अभिप्रायले गरिएका प्रचारबाट कुनै पनि भ्रममा नपर्नुहुन सबै सरोकारवाला, साझेदार निकाय र आमरेडक्रसकर्मीलाई अनुरोध गर्दछाँै विज्ञप्तिमा भनिएको छ ।

नेरेसो विश्व रेडक्रस अभियानको अभिन्न अङ्गका रूपमा २०२० साल भदौ १९ गतेका दिन स्थापना भई रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट मान्यता प्राप्त संस्थाका रूपमा देशभरि नै मानवीय सेवा गर्दै आइरहेको छ ।

लामो समयदेखि संस्थामा रहेका सम्पूर्ण विवादहरुको अन्त्यगरी सुधारसहित सुदृढ, समावेशी, प्रभावशाली नेपाल रेडक्रस बनाउने उद्देश्यले प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा रहेको मौजुदा केन्द्रीय कार्यसमितिमा २०८१ साल कात्तिक २ गते बसेको ३२६औँ बैठकले वरिष्ठ उपाध्यक्ष र सदस्यहरू थपगरी वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रकला कार्कीलाई मनोनयन गरी केन्द्रीय कार्यसमिति विस्तार भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ “सबै सरोकारवालासँगको निरन्तर संवाद, छलफल, सहमतिलाई निरन्तरता दिँदै संस्थाले वैधानिक र दीर्घकालिन रूपमा समस्या समाधान गर्न सहजीकरण हेतु गरिएको यो प्रयासलाई राजनीतिक वा अन्य गैररेडक्रस क्रियाकलापबाट अभिप्रेरित भई गरिएको भनी प्रचारप्रसार हुनु दुःखद् छ । कार्यसमितिको विस्तार केही सञ्चारमाध्यममा भनिएजस्तो राजनीतिक अभिप्रायले उत्प्रेरित भागबण्डा नभई रेडक्रसको मौजुदा कार्यसमितिको निर्णयबमोजिम भएको व्यहोरा स्पष्ट पार्न चाहन्छौँ ।”

विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको विस्तारपश्चात् गठन, निर्वाचनलगायत यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाहरू सम्बन्धित निवेदकबाट फिर्ता लिइसकेको अवस्था छ भने विधान संशोधन गरी समसामयिक सुधारसहित निष्पक्ष, तटस्थ, स्वतन्त्र, बलियो नेपाल रेडक्रस बनाउन विसं २०८१ मङ्सिर २६ र २७ गतेका लागि विधान महाधिवेशन आह्वान गरिएको छ ।

नेपालमा हालसम्म रेडक्रस ऐन नहँुदा वैधानिकलगायत विभिन्न समस्या परिरहेकाले सो ऐन बनाउन नेपाल रेडक्रसकोतर्फबाट नेपाल सरकारसँग समन्वय र सहयोगका लागि समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति भनिएको छ “ संशोधित विधानअनुसार २०८१ चैत मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गराउने कार्ययोजनाका साथ काम भइरहेकाले गलत अभिप्रायले गरिएका प्रचारबाट भ्रममा नपर्नुहुन सबै सरोकारवाला, साझेदार निकाय र आमरेडक्रसकर्मीलाई अनुरोध गर्दछाँै । ”

विज्ञप्तिमा सोसाइटीले देशभरि नै आफ्ना सेवामूलक र विकासमूलक गतिविधि सक्रियताका साथ सञ्चालन गरिरहेको जानकारी गराउँदै हालै आएको बाढीपहिरोको प्रतिकार्यमा अहोेरात्र खटिने सोसाइटीका प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, स्वयंसेवक तथा कर्मचारीहरू, दातालगायत सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ भनिएको छ । रासस

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.