• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
बुधबार, मङि्सर १३, २०८०
बुधबार, मङि्सर १३, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
  • १ मिनेट 

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने
  • ३ मिनेट 

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
  • १ घण्टा 

स्वास्थ्यमा नेपाल औषधि व्यवसायी संघले ५० बर्षमा यी काम गरेका छौं । || अध्यक्ष – प्रकाश खण्डेलवाल ||
  • ८ घण्टा 

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने
  • १९ घण्टा 

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने
  • १९ घण्टा 

अब काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न पाइन्न
  • १९ घण्टा 

असक्त व्यक्तिहरुले घरमै ह्वील चेयर पाउँदा दङ्ग
  • १९ घण्टा 

‘खानपानका कारण नसर्ने रोग बढ्यो’
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

  • २. लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

  • ३. डाक्टर बन्ने बाल्यकालको मेरो सपना

  • ४. शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

  • ५. सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान

  • ६. ठोरीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा शुरु हुँदै

  • ७. चितवनको खैरहनीमा घरघरमै सेवा दिन बा–आमा स्वास्थ्य कार्यक्रम

  • ८. तनहुंँको भानु नगरपालिकामा आँखा शिविर

  • ९. नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील : स्वास्थ्यमन्त्री बस्नेत

  • १०. सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने

ललितपुरमा ५७ लाख खर्च गरेर शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

  •  बुधबार, चैत २३, २०७८ मा प्रकाशित

ललितपुर, स्वास्थ्य कार्यालय ललितपुरले ५७ लाख खर्च गरेर जिल्लाभर टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा चैत २५ देखि वैशाख ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

उनले भने, ‘खोप अभियानका लागि हामीले पाएको बजेट ५७ हजार हो । यो बजेट सबै खर्च हुन पनि सक्छ । नहुन पनि सक्छ ।’

सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम अनुसार ललितपुरमा पनि यो खोप अभियान सुरु गर्न लागेको हो ।

स्वास्थ्य कार्यालय प्रमुख विष्टका अनुसार ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म र कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।

उनका अनुसार वालवालिकाहरुलाई खोप दिनका लागि अभिभावक उपस्थित हुनु पर्ने वा लिखित सहमती आवश्यक पर्ने बताए । धेरै बालबालिका विद्यार्थी रहेकाले विद्यालयहरुमा खोप केन्द्र सञ्चालन हुनेछन् ।

विद्यालय नजाने सम्भावित ठाउँमा पालिकाहरुको समन्वयमा छुट्टै खोप केन्द्र समेत सञ्चालन गरिने विष्टले बताए । उनले भने, ‘इटाभट्टा र गलैँचा, कपडा कारखानालगायत विभिन्न ठाउँबाट आएर श्रम गरिरहेका ठाउँलाई लक्षित गरेर खोप अभियान सञ्चालन हुनेछ ।’

देशभर ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्यका साथ सुरु हुने अभियानमा ललितपुरमा भने १ लाख ३१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको विष्टले बताए । उनले भने, हामी ९५ प्रतिशतलाई खोप दिन्छौं ।’

अभियानका लागि जिल्लामा २ सय ४० जना स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइएको छ भने विद्यालयका शिक्षिकालाई समेत खोप अभियानमा समावेश गरिने कार्यक्रम छ । विष्टले खोप लगाएपछि साइड इफेक्ट समेत हुनसक्ने अवस्थालाई मध्येनजर गरेर स्वास्थ्यकर्मीको छुट्टै व्यवस्था गरिएको छ ।

जिल्ला स्तरीय खोप समन्वय समितिका सदस्यसचिव पार्थमणि न्यौपानेले यसअघि पाटन अस्पतालमा यो खोप लगाइसकेकाले खोप लगाउनु नपर्ने बताए । उनले भने, ‘अन्य ठाँउबाट लागाएको भएचाहीँ अनिवार्य लगाउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनले टाइफाइडविरुद्धको खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगका लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको अभियान शुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो देश रहेको उनले बताए । न्युज कारखाना

बुधबार, चैत २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
सिफारिसका आधारमा निःशुल्क उपचार गरिने
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लोकप्रिय

नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

डाक्टर बन्ने बाल्यकालको मेरो सपना

शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान

ताजा

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

स्वास्थ्यमा नेपाल औषधि व्यवसायी संघले ५० बर्षमा यी काम गरेका छौं । || अध्यक्ष – प्रकाश खण्डेलवाल ||

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.