• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ३ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • ३ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ४ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ४ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ७ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • १० घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • १० घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च

  •  शनिबार, पुष २०, २०८१ मा प्रकाशित

काठमाडौँ । बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी समस्या देखियो । चिकित्सकले ती बच्चाहरुलाई ४५ हप्ता नपुगुञ्जेल ‘फलोअप’ गरिराखे । समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन । हाल यी बच्चा तीन वर्षका भइसकेका छन् । यद्यपि आँखासम्बन्धी समस्या निको नभएकाले पावरवाला चश्मा लगाइरहेका छन् ।

त्यसैगरी सात महिनामै जन्मिएका एक बच्चाको पनि आँखामा समस्या देखियो । बच्चा उमेर छ महिना पुग्दै गर्दा आँखामा सेतो चिह्न देखिन थाल्यो । आँखामा जटिल समस्या देखिएपछि उपचारका लागि केही समय अस्पतालको सघन उपचार कक्षमा राखियो । तर आँखाको पर्दा उप्किसकेकाले बच्चा अन्धोपनको शिकार हुनुप¥यो ।

यी त प्रतिनिधि घटना हुन् । दस महिना नपुगी जन्मने बच्चामा आँखासम्बन्धी समस्या देखिने सम्भावना बढी भएको चिकित्सक बताउँछन् । बाल नेत्ररोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओपी) हो । यो समस्या समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा देखिन सक्छ । समयमै उपचार नगरिए अन्धोपनको सम्भावना भए पनि समयमै उपचार भयो भने निको पनि हुनसक्छ ।

डा अधिकारी भन्नुहुन्छ, “९९ प्रतिशत आरओपीमा दुई वटै आँखामा समस्या गराउँछ । समयमा उपचार पाएन भने बच्चा दृष्टिविहीन हुनसक्छन् ।” यसको समस्या बढ्दै गएमा बच्चाको दृष्टि कमजोर हुने, आँखा घुम्ने, सेतो देखिनेलगायतका लक्षण देखिन सक्दछन् । “अभिभावकले बच्चाले अनुहारमा हेरेको जस्तो लाग्दैन भनेर लिएर आउनुहुन्छ । तीन महिना भइसक्दा बच्चामा केही चिजहरु हेर्ने, पछ्याउने गर्छन् । तर आरओपीको समस्या भएका बच्चामा दृष्टि आउँदैन । पर्दा उप्किएर अगाडि आइसकेपछि सेतो देखिन्छ । अनुहार हेरेर नहाँस्ने, कुनै चिज दिँदा नहेर्ने, बत्तीतिर मात्र हेरेर टोलाउनेजस्ता लक्षण देखिन सक्छन् ।”

सामान्यतया बच्चा पेटमा ४० हप्तासम्म बस्छन् । ‘आरओपी’ को जोखिम भने समय अगावै जन्मिएका बच्चामा देखिन्छ । समय अगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेशलिष्ट डा इली प्रधान बताउनुहुन्छ ।

डा प्रधानले एकमहिनाभित्रै पहिचान गरी उपचार गर्न सकिएमा बच्चाको आँखा जोगिन सक्ने बताउनुहुन्छ । “छिट्टै पहिचान भयो भने यसको उपचार सम्भव छ । समय अगावै जन्मिने २० देखि २८ प्रतिशत बच्चामा आरओपीको प्रकोप देखिन्छ”, उहाँले भन्नुभयो ।

बाल नेत्र रोग विशेषज्ञ डा अधिकारीले सबैभन्दा महत्वपूर्ण विषय स्क्रिनिङ (पहिचान) भएको उल्लेख गर्दै समय अगावै जन्मिने बच्चाको एक महिनाभित्र अनिवार्य स्क्रिनिङ गर्नुपर्ने सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो, “समय नपुगी जन्मिएका सबै बच्चाहरु यसको जोखिममा हुँदैनन् । सबैमा जटिल समस्या देखिन्छ भन्ने पनि हुँदैन । करिब सात÷आठ प्रतिशतलाई भने उपचार चाहिन्छ । यसको उपचार सम्भव छ तर जतिबेला गरेर हुँदैन । चाहिने समयमा गर्नुपर्छ ।”

उक्त समस्याको उपचार सुई, लेजर प्रविधिद्वारा गरिन्छ । तिलगङ्गा आँखा प्रतिष्ठानमा महिनामा २० देखि २५ जनासम्म यसप्रकारको समस्या लिएर आउने गरेको अस्पतालको भनाइ छ ।

रेटिना स्पेशलिष्ट डा प्रधान भन्नुहुन्छ, “कतिपय बच्चा घरमै पनि जन्मिएका छन् भने पनि स्वास्थ्यकर्मीले एक महिनाभित्र आँखा जाँचका लागि सुझाव दिनुपर्छ । आँखाको जाँच भनेको चश्मा जाँच मात्र होइन नानी फुलाएर हेर्नुपर्छ । समयमा हेरेर उपचार गर्न सकियो भने आँखा बचाउन सकिन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक तथ्याङ्कअनुसार नेपालमा मात्रै वार्षिक आठ लाख १० हजार शिशु समयअघि नै जन्मिन्छन् । जसमध्ये चार हजार तीन सय शिशुको पाँच वर्षको उमेर नपुग्दै मृत्यु हुन्छ ।

मन्त्रालयका अनुसार ३७ हप्ताभन्दा अघि जन्मिएका शिशुहरु जन्मने क्रममा कम तौल भए वा अक्सिजनको मात्रामा कमी देखिए आरओपीका लागि जोखिम उच्च रहने गरेको पाइएको छ । तर यो समस्याको समयमै पहिचान भए उपचार सम्भव छ । यसै कारणले शिशु जन्मिएको २८ दिनभित्र आँखारोग विशेषज्ञसँग परामर्श गर्न चिकित्सकले सल्लाह दिँदै आउनुभएको छ ।

नवजात शिशुरोग विशेषज्ञ डा सुनिल राजा मानन्धरका अनुसार यो समस्यासम्बन्धी पर्याप्त मात्रामा जनचेतना नपुग्दा अभिभावकहरु ढिलो अस्पताल आइपुग्छन् । उहाँ भन्नुहुन्छ, “सबैमा नभए पनि समय नपुगी जन्मिएका अधिकांश बच्चाहरुमा विभिन्न खालका सङ्क्रमण र जोखिम हुन्छ । आँखाको जाँच अनिवार्य हो । हामी कहाँ अस्पताल ढिलो आइपुग्नुहुन्छ । एक महिनाभित्र आँखा जाँच गराए उपचार सम्भव छ ।” रासस

शनिबार, पुष २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.