• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक १६, २०८३
आइतबार, कार्तिक १६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा
  • ८ घण्टा 

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली
  • ८ घण्टा 

फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान
  • ९ घण्टा 

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ
  • ११ घण्टा 

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
  • १५ घण्टा 

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
  • २ दिन 

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
  • २ दिन 

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान
  • २ दिन 

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ६. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

  • ९. राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

  • १०. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी

  •  सोमबार, पुष २९, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी गरेको छ । स्वास्थ्य संस्थामा आउने बिरामीको सोही संस्थामा उपचार सम्भव हुन नसक्ने अवस्थामा थप उपचारका लागि तुरुतै अर्को स्वास्थ्य संस्थामा पठाइ उपचारको व्यवस्था मिलाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।

आफ्नो संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्थामा संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारका लागि अरु अस्पतालमा प्रेषण गर्नुपर्ने छ ।

आकस्मिक कक्षमा रहेका तथा भर्ना भएका बिरामीको हकमा भने सोही स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वय चुस्त बनाउनुपर्ने निर्देशिकामा भनिएको छ । स्वास्थ्य संस्थाले आफ्नो तहअनुसार प्रदान गर्नुपर्ने सेवाको उपलब्धता हुँदाहुँदै बिरामीलाई अर्को संस्थामा प्रेषण गर्न नहुने र स्वास्थ्य संस्थाले सेवा उपलब्ध नहुँदा मात्रै सबैभन्दा नजिकै र पायकपर्ने वा माथिल्लो तहको अस्पतालमा प्रेषण गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले विभिन्न किसिमका बिरामीको प्रेषणका लागि मापदण्ड भए पनि समग्र अस्पतालको प्रेषण प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको जानकारी गराउनुभयो । निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपु¥याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ ।

प्रथम बिन्दुको स्वास्थ्य संस्थाले बिरामीलाई प्रेषण गर्नुपूर्व सम्बन्धित अस्पतालमा सम्पर्क गरी त्यहाँ उपचार, शैय्या तथा आवश्यक सेवा भए÷नभएको सुनिश्चित गर्दै समन्वय गर्नुपर्नेछ ।

निर्देशिकामा प्रत्येक अस्पताल, स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरमा सोसम्बन्धी एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । निर्देशिकामा बिरामीबारे आवश्यक जानकारी साझा हुने भएकाले परीक्षण दोहो¥याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ ।

सरकारी अस्पतालमा बिरामीको चाप कम गर्नका लागि आवश्यकताका आधारमा मात्र बिरामी प्रेषण गर्ने गरी निर्देशिका जारी भएको छ । निर्देशिकाले बिरामीलाई आफू उपचार गर्न जाने ठाउँबारे जानकारी लिन पाउनेबारे पूर्ण अधिकार दिएको छ भने उपचार सम्भव भएसम्म अस्पतालका तर्फबाट प्रेषण गर्ने विषयलाई पनि नियन्त्रण गर्न खोजेको छ ।

स्थानीय तह, प्रदेश र सङ्घीय तहमा व्यवस्था गरिएका प्रेषण एकाइले ती ठाउँको स्वस्थ्य सेवाको गुणस्तर र प्रेषण सम्बन्धमा स्वास्थ्य संस्थालाई निर्देशन दिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले प्रेषण कार्यक्रमको कार्यान्वयन तथा व्यवस्थापन गर्नेछ । प्रदेशमा स्वास्थ्य मन्त्रालय वा स्वास्थ्यसँग सम्बन्धित मन्त्रालयको समन्वयमा काम गर्ने गरी प्रादेशिक स्वास्थ्य निर्देशनालयले सम्पर्क तथा समन्वय गर्नेछ । स्थानीय तहमा सम्पर्क तथा समन्वय सम्बन्धित स्वास्थ्य विभाग, महाशाखा वा शाखाले गर्नेछ । रासस

सोमबार, पुष २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा
पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली
फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

ताजा

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.