चितवन । भरतपुर अस्पतालको ५९ औं बार्षिकोत्सवको अवसरमा सेवाग्राहीलाई निःशुल्क ओपीडी टिकट दिईने भएको छ । आज (शुक्रबार)आफ्नो ५९ औं वार्षिकोत्सव मनाउँने क्रममा अस्पताल आउने सेवाग्राहीको लागि ओपीडी टिकट निशुल्क गरिएको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आज बिहान बिरामीलाई फलफूल वितरण गरि मनाईएको छ । दिउँसो १ बजेदेखि वार्षिकोत्सवको मूल समारोह हुनेछ । कार्यक्रमको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने उनले जानकारी दिए ।
वार्षिकोत्सव अबसरमा स्मारिका विमोचन, खेलकुद प्रतियोगितामा, कविता वाचन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुनेहरूलाई पुरस्कार वितरण, सेवा निवृत्त र उत्कृष्ट कर्मचारीलाई सम्मान लगायत कार्यक्रम हुनेछन ।