• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १३ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १९ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १९ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १९ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • १०. नुवाकोटमा हैजाविरुद्धको खोप

डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज : अध्यक्ष दाहाल

  •  शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्वास्थ्य र शिक्षा मन्त्रालय, सम्बन्धित अस्पतालको त्रिपक्षीय सम्झौता गरेर मेडिकल कलेज स्थापना गर्नुपर्ने बताउनुभएको हो ।

डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो भने भरतपुर अस्पताल रहेको चितवन दाहालको गृह जिल्ला हो । “प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा स्वास्थ्य, शिक्षा मन्त्रालय, सम्बन्धित अस्पताललगायतको त्रिपक्षीय सम्झौता गराएर सुदूरपश्चिम विश्वविद्यालयको मेडिकल कलेजका रूपमा विकास गर्ने एउटा मोडालिटी तयार भएको छ”, उहाँले भन्नुभयो, “भरतपुर अस्पताललाई पनि सेन्टर अफ एक्सिलेन्सका रूपमा र एकेडेमिक सेन्टरको रूपमा त्यही मोडालिटीअनुसार विकास गर्न मैले यहाँबाट फर्केर गएपछि प्रधानमन्त्रीलाई भन्ने छु ।”

उहाँले भरतपुर अस्पताललाई पनि त्यही मोडालिटीमा पोखरा विश्वविद्यालयको मेडिकल कलेजका रूपमा स्थापित गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंले डडेल्धुरामा गर्नु भएछ अब पालो चितवनको भन्ने छु । मलाई विश्वास छ प्रधानमन्त्रीले मेरो कुरा काट्नु हुने छैन । काट्न मिल्ने ठाउँ नै छैन ।” प्रधानमन्त्रीले डडेल्धुरामा गरेपछि आफूले चितवनमा माग्नु बिलकुल जायज भएको बताउनुभयो ।

अस्पतालमा आवश्यक रहेको एमआरआई सेवा, मुटुरोगसम्बन्धी क्याथ ल्याब, ओएनएम र एकेडेमीको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले भन्नुभयो, “मैले यो अस्पताललाई आवश्यक परेका चारवटै कुरामा मेरो सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेण्ट प्रा डा सुनिलमणि पोखरेलले अस्पतालको वस्तुस्थिति र आवश्यकताका बारेमा प्रकाश पार्नुभएको थियो । न्यून जनशक्तिका कारण उपचारमा कठिनाइ भएको भन्दै आवश्यक पहलका लागि उहाँहरुको अनुरोध थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति राजीव न्यौपाने, नेकपा (समाजवादी) का उपाध्यक्ष कृष्णराज न्यौपाने, नाम्सका डिन प्रा डा पियुष दाहाल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा कृष्णप्रसाद पौडेललगायतले बोल्नुभएको थियो ।

सो अवसरमा ट्रमा एण्ड डाइग्नोस्टिक ब्लक भवन र कुरुवा भवनको दाहालले उद्घाटन गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा प्रकाशित सञ्जीवनी पुस्तकको उहाँले विमोचन गर्नुभयो । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलको संयोजकत्वमा पुस्तक प्रकाशन गरिएको हो । कार्यक्रममा अस्पतालमा उत्कृष्ट कार्य गर्ने र बिदाई भएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरिएको थियो ।
–––
Powered B

शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.