• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कामकाजी अभिभावकको भरोसा बन्दै दिवा शिशु स्याहार केन्द्र

  •  शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित

काठमाडौँ । माघको पारिलो घाम । साना नानीहरुलाई एउटा कोठामा स्याहारकर्ताले लिटो खुवाइरहेका छन् । खेलौनाले भरिएको अर्को कोठामा गीत बजिरहेको छ, जहाँ बच्चाहरु रमाइरहेका देखिन्छन् । यो दृश्य हो, राज्यकै शक्तिशाली प्रशासनिक केन्द्र सिंहदरबारमा अवस्थित दिवा शिशु स्याहार केन्द्रको । बच्चाहरु पनि स्वच्छन्द तरिकाले खेलिरहेको देख्दा लाग्छ, उनीहरु आफ्नै घरमा छन् ।

केन्द्रमा ठ्याक्कै १ः३० बजे राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत पवित्रा केसी आउनुभयो । उहाँ हरेक दिन ‘ब्रेक टाइम’मा आफ्नो १४ महिनाको बच्चालाई स्तनपान गराउन शिशु स्याहार केन्द्र आइपुग्नुहुन्छ । उहाँले तीन महिनादेखि बच्चालाई यहाँ भर्ना गर्नुभएको छ । श्रीमान् र श्रीमती दुवै जागिरे । घरमा स्याहार गर्ने कोही नभएपछि केन्द्रमा राखेको उहाँको भनाइ छ ।

केसी जस्तै देवकी पाण्डे पनि आफ्नो छ महिने बच्चालाई स्तनपान गराउन खाजा समयमा आउनुहुन्छ । रेडियो नेपालमा कार्यरत उहाँले पहिलो सन्तान पनि यही केन्द्रमा राखेर हुर्काउनुभएको हो । उहाँले यही माघ १ गतेदेखि दोस्रो सन्तानलाई पनि कार्यालय समयमा यहाँ राख्न थाल्नुभएको हो । केन्द्रको स्याहारसुसार, खानपानलगायतका व्यवस्थापन राम्रो रहेको पाण्डे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केन्द्रले हामीजस्तो कामकाजी आमालाई निकै सजिलो बनाएको छ । अफिस नजिक भएर पनि बेलाबेला आउन सहज छ । खाना स्वस्थ्यकर छ । स्याहार राम्रो छ । बच्चालाई यहाँ छोड्दा ढुक्क लाग्छ ।”

राष्ट्रिय अनुसन्धानमा कार्यरत केसीलाई पनि यहाँको सेवा सन्तोषजनक लागेको छ । “जागिरे बा–आमाका लागि यो केन्द्रले निकै फाइदा पु¥याएको छ । घरमा बच्चा हेर्ने मान्छे नभएपछि चिन्ता लाग्ने र काममा पनि ध्यान नजाने । हामी दुवै खुसी छौँ”, उहाँले भन्नुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत ऋचा कर्णलाई एउटै पिरलो थियो, बच्चा भएपछि कसरी स्याहार गर्ने ? दम्पती नै जागिरे हुँदा कसरी बच्चाका लागि समय निकाल्ने भन्ने चिन्ता अहिले दिवा केन्द्रले दूर गरिदिएको कर्णको भनाइ छ । हाल उहाँको बच्चा १० महिनाको भएको छ । “समय समयमा दूध खुवाउन आउन पाएकी छु । सुरुमा त केन्द्रको खानपिन कस्तो होला भन्ने चिन्ता लाग्थ्यो तर सबै सेवा राम्रो लाग्यो । पौष्टिक खानेकुरा दिनुहुन्छ । समयमा खुवाइदिने, डाइपर लगाइदिने सुविधा छ ।” उहाँले सरकारले यस्ता दिवा केन्द्र अरु ठाउँमा पनि खोल्नुपर्ने बताउनुभयो ।

शिला शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत हुनुहुन्छ । बच्चा सात महिना हुँदा दिवा केन्द्रमा राख्नुभएको थियो, अहिले १४ महिनाको भइसकेको छ । सेवासुविधा राम्रो रहेको उहाँको भनाइ छ ।

थप बजेट आवश्यक

दिवा शिशु स्याहार केन्द्र विसं २०६७ मा निजामती कर्मचारी श्रीमती सङ्घद्वारा व्यवस्थापन हुनेगरी सञ्चालनमा ल्याइएको हो । सङ्घमा मुख्य सचिवकी श्रीमती पदेन अध्यक्ष हुने व्यवस्था छ । केन्द्रकी व्यवस्थापक शान्ति थापाका अनुसार बालबालिकालाई तीन प्रकारले वर्गीकरण गरिएको छ । तीन महिनादेखि एक वर्ष, एक वर्षदेखि दुई वर्ष र दुई वर्षदेखि तीन वर्षसम्मका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था छ । हाल केन्द्रमा ७५ जना शिशु छन् । खानामा उमेरअनुसार जाउलो, ओट्स, सेरलेक्स्, रोटी, अण्डा, फलफूल दिइन्छ । आमाहरुले हाजिर गर्नुभन्दाअघि नै ९ः३० बजे केन्द्र खुलिसक्छ । सरकारी कार्यालयको समयअनुसार नै यहाँको सेवा सञ्चालन हुने गरेको छ । ब्रेक टाइममा बेलाबेलामा आएर आमाहरु स्तनपान गराउँछन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमा सञ्चालित यो दिवा सेवा केन्द्रमा ७५ जना बालबालिकाको क्षमता छ । हाल ४० जना बालबालिका प्रतिक्षा सूचीमा छन् ।

बच्चाहरुलाई स्याहार गर्ने, खाने, सुताउने, मात्र नभई मानसिक विकास, सामाजिक घुलनका लागि विभिन्न क्रियाकलापमा संलग्न गराउने गरिएको सह–व्यवस्थापक सङ्गीता घिमिरे बताउनुहुन्छ । “हामीले हरेक बालबालिकाको क्रियाकलापलाई ध्यानमा राखेका हुन्छौँ । कसैको आँखा पो कमजोर छ कि, केही अङ्गमा समस्या पो छ कि भनेर याद गर्छौं”, उहाँ भन्नुहुन्छ, “बच्चाले आँखाको इसारा, सुनेर, खेल्दा धेरै कुरा सिक्छन् । बच्चामा पनि एकअर्कासँग प्रतिस्पर्धाको भावना हुँदो रहेछ । समयसमयमा आमाहरुलाई पनि स्याहारसम्बन्धी तालिम दिँदै आएका छौँ ।”

बालबालिकाले समूहमा बस्ने, मिलेर खाने र खेल्ने सबै तालिकाअनुसार गर्छन् । “घरमा खाने टुङ्गो हुँदैन । यहाँ स्कुलजस्तै गरेर राखिएको छ । खाने, सुत्ने हरेक कुराको समय तालिका बनाएका छौँ । त्यहीअनुसार बच्चाहरु मिलेर बसेका छन्”, उहाँ भन्नुहुन्छ । व्यवस्थापनले आमाहरुको ‘भाइबर ग्रुप’ पनि बनाइदिएको छ । बच्चाले दिनभर गरेको क्रियाकलाप भाइबरमा राखिन्छ, जसले कामका बेलामा पनि आमालाई आफ्नो बच्चाको न्यास्रो नलगोस् र काम गर्ने ऊर्जा प्राप्त भइराखोस् ।

निजामती कर्मचारी सङ्घकी कार्यवाहक अध्यक्ष राधा ज्ञवाली महिला कर्मचारीलाई काम गर्न सहज होस्, स्तनपान गराउन सहयोग होस् र कार्यदक्षतामा असर नपरोस् भन्ने उद्देश्यले दिवा सेवा केन्द्र सञ्चालन गरिएको बताउनुहन्छ । उहाँले सङ्घले दुई वर्षदेखि ललितपुरमा पनि दिवा सेवा केन्द्र सञ्चालन गरेको र भक्तपुरमा पनि खोल्ने तयारी रहेको बताउनुभयो । हाल केन्द्रमा निजामती स्थायी कर्मचारीका छोराछोरीले मात्र भर्ना पाउने व्यवस्था छ । ठाउँ सीमित भएकाले त्यसो गर्नुपरेको ज्ञवाली बताउनुहुन्छ । “धेरै करारका कर्मचारीहरुले बच्चालाई राख्दिनुपर्यो भनेर अनुरोध गर्नुभएको छ, तर बजेट र ठाउँ अभावले ७५ जनाको मात्र क्षमता रहेको छ”, उहाँ भन्नुहुन्छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले केन्द्र सञ्चालनका लागि वार्षिक रु ६० लाख दिँदै आए पनि यो वर्ष रु ७० लाख बजेट प्राप्त भएको छ । यसअघि अभिभावकहरुले महिनाको रु एक हजार पाँच सय तिर्दै आए पनि बजेट अभावले यो वर्षदेखि रु दुई हजार सात सय बनाउनुपरेको व्यवस्थापन पक्षको भनाइ छ ।

हाल १३ जना स्याहारकर्ता केन्द्रमा कार्यरत छन् । तीन महिनादेखि एक वर्षसम्मका १७ शिशु छन्, उनीहरुलाई चार जनाले हेर्छन् । यस्तै, एकदेखि दुई वर्षसम्म २८ जनालाई चार जना स्याहारकर्ताले स्याहार गर्छन् । दुईदेखि तीन वर्षका ३० जनालाई पाँच जनाले स्याहार गर्छन् । भान्सामा एक जना कुक र एक सहयोगी छन् ।

सहव्यवस्थापक थापाले दिवा सेवा केन्द्रको मापदण्डअनुसार पूर्वाधार निर्माण गर्न नसकिएको बनाउनुभयो । “पूर्वाधार बालबालिकामैत्री छैनन् । बजेट कम छ । हरेक बच्चालाई आया त पुगेको छैन तर पनि स्याहारमा हामीले शतप्रतिशत दिने प्रयास गरेका छौँ । स्तनपान कक्ष, बिरामी कक्षको आवश्यकता छ । बजेटले भ्याएसम्म गुणस्तरीय सेवा कायम गर्ने कोशिस गरेका छौँ ।” रासस

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.