• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला
  • ३ घण्टा 

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • ६ घण्टा 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • ६ घण्टा 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १ दिन 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १ दिन 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १ दिन 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १ दिन 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १ दिन 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ९. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • १०. हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

बजेट अभावले अस्पताल सञ्चालनमा ढिलाइ

  •  बुधबार, चैत ०६, २०८१ मा प्रकाशित

गोदावरी (कैलाली) । कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्या अस्पताल सञ्चालनमा आउन सकेको छैन । अस्पतालको सम्पूर्ण भौतिक संरचना निर्माणकार्य सम्पन्न भए पनि बजेट अभावमा सञ्चालनमा आउन नसकेको हो ।

विसं २०८१ असार मसान्तसम्म निर्माण सक्नेगरी २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग रु १८ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिए पनि म्याद थप गरी चालु आवको फागुन पहिलो साता सो अस्पतालको भौतिक संरचनाको निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो । उहाँले अस्पताल भवन निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसक्दा भवन हस्तान्तरण हुननसकेको र अस्पताल सञ्चालनका लागि अवश्यक बजेट नहुँदा जनशक्ति व्यवस्थापनलगायत काम अघि बढ्न नसकेको बताउनुभयो ।

ठेकेदार कम्पनीलाई रु तीन करोड चार लाख दिन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेश चौधरीले बताउनुभयो । उहाँले अस्पताल चाँडै सञ्चालन गर्न ठेकेदार कम्पनीलाई दिनुपर्ने बाँकी रकम, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार गरी बजेट माग गरिएको बताउनुभयो । उहाँले ठेकेदार कम्पनीलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएपछि भवन हस्तान्तरण भएर अस्पताल सञ्चालनको प्रक्रिया पालिकाले अगाडि बढाउने बताउनुभयो । अस्पताल सञ्चालनका लागि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा प्रमुख चौधरीले जोड दिनुभयो ।

पाँच वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको हो । आवश्यक जनशक्ति व्यवस्थापनसँगै बजेटको सुनिश्चितता भएमा चाँडै अस्पताल सञ्चालनमा ल्याउन सकिने प्रमुख चौधरको भनाइ छ । सो पालिकामा अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा यहाँका नागरिक सामान्य उपचारका लागि धनगढी, नेपालगन्ज तथा भारतसम्म पुग्ने गरेका छन् । विसं २०७७ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शययासम्मका अस्पताल स्थानीय तहमा बनाउने योजना सार्वजनिक गरेको थियो । प्रदेशस्तरका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यासम्मका बनाइने उल्लेख थियो । रासस

बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

नुवाकोटमा हैजाविरुद्धको खोप

ताजा

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.