• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ४६ मिनेट 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ४ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ६ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ६ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २३ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २३ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २४ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १ दिन 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

‘मातृशिशु स्वास्थ्य कार्यक्रम सबल बनाउने सङ्घ, प्रदेश र स्थानीय अस्पतालमा विविध कार्यक्रम सञ्चालन’

  •  बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मातृशिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारले सङ्घ, प्रदेश र स्थानीय तहका अस्पताल एवं स्वास्थ्य संस्थाहरूबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले लुम्बिनी प्रदेशमा सुविधासम्पन्न ‘बर्थिङ’ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार, थाइल्याण्ड अन्तरराष्ट्रिय सहयोग नियोग र युएनएफपिए नेपालको सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिनुभयो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दिगो सञ्चालन प्रधानमन्त्रीले भन्नुभयो, “लुम्बिनी क्षेत्रको अपार धार्मिक एवं पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै सन् १९७८ मा डिजाइन स्वीकृत भएको लुम्बिनी गुरुयोजनाअनुसार निर्माण कार्यहरू भइरहेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ । यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुटजस्ता सहुलियत एवं प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ ।” हाल अलजजिरा, फ्लाई दुबई, एयर एसिया र नेपाल एयरलाइन्सले उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गरिरहेका, श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको, अध्यागमन, मुद्रा सटहीलगायत बैङ्किङ सुविधा विमानस्थलमा नै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । त्यसअघि प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई प्रोत्साहन गर्न धान, गहुँ र उखु बालीको न्यूनतम समर्थन मूल्य तोक्ने गरिएको, कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुन कृषि आधुनिकीकरण परियोजनालाई थप परिमार्जनसहित अघि बढाउन गृहकार्य भइरहेको बताउनुभएको थियो । उहाँले उपभोगमुखी आयात, न्यून निर्यात क्षमता तथा उच्च व्यापार घाटालाई नियन्त्रण गर्न सरकारले गरेका यी प्रयासहरूको नतिजास्वरुप यस अवधिमा कुल निर्यातमा वृद्धि भएको तथा निर्यात–आयात अनुपातमा सुधार भएको बताउँदै कृषि तथा औद्योगिक नदी करिडोर घोषणासम्बन्धी दिनुभएको सुझावप्रति आभार व्यक्त गर्दै मोरङ र सुनसरीका केशलिया नदी, बूढीखोला, सिङ्गिया र लोहान्द्र नदीमा आउने बाढीका कारण प्रत्येक वर्ष ठूलो धनजनको क्षति भएकाले त्यसबाट बचाउन जापान सरकारको प्राविधिक सहयोगमा जापानी विज्ञसहितको टोलीले अध्ययन गरिरहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अध्ययनपश्चात् ती खोलाहरूको एकीकृत नदी व्यवस्थापन कार्य अगाडि बढाइनेछ । साथै कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले लोहान्द्र नदीमा र अन्य विपद् प्रभावित क्षेत्रहरूमा समेत नदी नियन्त्रण एवं विपद् प्रभावित क्षेत्रको बचावट कार्य भइरहेको छ । सबै निर्वाचन क्षेत्रमा आवश्यकता र मागका आधारमा योजना तथा कार्यक्रमहरू छनोट गरी आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्न सम्बन्धित मन्त्रालयहरूले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय एवं गृहकार्य गरिरहेका छन् ।” रासस

बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.