• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • १२ घण्टा 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • १४ घण्टा 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • १४ घण्टा 

दाङमा रगत अभाव
  • १५ घण्टा 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • १९ घण्टा 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • १९ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • २ दिन 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • २ दिन 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ८. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ९. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • १०. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

ब्रेलको लिपिको सिर्जना भएको २०० वर्ष : यसले समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनहरूको भनाइ

  •  बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित

बामाको ,माली ।  अमादु नडियायले अब देख्न नसक्ने संसारलाई बुझ्दै एक टुक्रा कागजमा भएका फोकामा सावधानीपूर्वक आफ्ना औँलाहरू चलाउनुभयो । स्पर्श लेखन प्रणाली ब्रेलको आविष्कार भएको दुई सय वर्ष बितिसकेको छ । यसले धेरै दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिको जीवनमा साक्षरता र स्वतन्त्रताको मार्ग प्रदान गरेर परिवर्तन ल्याएको छ । “ब्रेलले मलाई मेरो जीवन जिउन मद्दत ग¥यो”, बाल्यकालमा दृष्टि गुमाउनुभएका मालीका सामाजिक कार्यकर्ता नडियायले भन्नुभयो, “पहिले मानिसहरूले आफूलाई प्रश्न गर्थेः यहाँ कोही छ जो देख्न सक्दैन, उसले कसरी सफलता हासिल गर्छ ? ऊ समाजमा कसरी एकीकृत हुनेछ ?” दुई करोडभन्दा बढी जनसङ्ख्या भएको पश्चिम अफ्रिकी देश मालीले दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिहरूलाई एकीकृत गर्न लामो समयदेखि सङ्घर्ष गर्दै आएको छ । आँखाको हेरचाह गर्ने परोपकारी संस्था साइटसेभरका अनुसार मालीमा करिब एक लाख ७० हजार मानिस दृष्टिविहीन रहेको अनुमान गरिएको छ । सत्चालीस वर्षीय नडियायले मालीको दृष्टिविहीनहरूको संस्थामा भाग लिने सौभाग्य प्राप्त गर्नुभयो । त्यहाँ उहाँले ब्रेलमा लेख्न सिक्नुभयो र आफैँलाई भन्नुभयोः “साँच्चै, अरूले गर्ने सबै कुरा, म पनि गर्न सक्छु ।” उहाँले पछि विश्वविद्यालयमा पढ्नुभयो । उहाँका अनुसार ब्रेलले उहाँलाई गिटार बजाएर आफ्नो मुख्य सोख विकास गर्न अनुमति दिएको छ । ब्रेलले स्पर्शको महत्त्वलाई पनि जोड दिन्छ । “तारहरूमा प्रत्येक दबाब, गर्दनमा औँलाको प्रत्येक चाल, अर्थले भरिएको एक जीवित नोट बन्छ”, उहाँले भन्नुभयो । गिटार मालीको ग्रिओट परम्पराको अभिन्न अङ्ग हो, सङ्गीतमार्फत कथा भन्ने सांस्कृतिक अभ्यास । सङ्गीतकारहरूले कोरा जस्ता परम्परागत तार वाद्ययन्त्रहरूको आवाज अनुकरण गर्न गिटारलाई अनुकूलित गरे । अली फारका टौरे जस्ता स्थानीय कलाकारहरूले मालियन मेलोडीलाई ब्लुजका तत्वहरूसँग मिसाएर एक आत्मवादी, सम्मोहक ध्वनि सिर्जना गरेका छन् जसले अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरेको छ । प्रतिष्ठित मालियन साङ्गीतिक जोडी अमाडो र मरियमले किशोर हुँदा नडियायकोे वाद्ययन्त्रप्रतिको उत्कटतालाई जागृत गर्नुभएको थियो । “एक दिन एक फोटोग्राफी स्टुडियो नजिकै मैले उहाँहरूको सङ्गीत झ्यालबाट गुञ्जिएको सुनेँ, जसले मलाई यो विश्व पत्ता लगाउन प्रेरित गर्‍यो”, उहाँले भन्नुभयो । ‘मालीको दृष्टिविहीन जोडी’ का रूपमा चिनिने अमाडो बागायोको र मरियम डौम्बियाले सन् १९९० को दशकमा पारम्परिक मालियन सङ्गीत, रक र ब्लुजको संयोजनसँग अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्नुभयो । बागायोकोले १६ वर्षको उमेरमा दृष्टि गुमाउनुभएको थियो भने डौम्बिया पाँच वर्षको उमेरमा दादुराको उपचार नगर्दा दृष्टिविहीन हुनुभयो । यो जोडीबीच मालीको दृष्टिविहीनहरूको संस्थामा भेट भएको थियो । त्यहाँ डौम्बियाले ब्रेल अध्ययन गर्दै हुनुहुन्थ्यो र नृत्य तथा सङ्गीतका कक्षाहरू सिकाउँदै हुनुहुन्थ्यो । यस्ता ठाउँहरूमा ब्रेलले विद्यार्थीहरूलाई पढ्न र लेख्न सिक्न लामो समय लाग्ने जस्ता शैक्षिक बाधाहरू पार गर्न अनुमति दिएको छ । राजधानी बामाकोमा दृष्टिविहीनहरूको संस्थामा पढाउने अली मुस्तफा डिक्कोका अनुसार त्यसपछि उनीहरूले अन्य कसैले जस्तै एकै परीक्षा दिन सक्छन्, जसले उनीहरूलाई रोजगारी खोज्न अनुमति दिन्छ । डिक्को पनि दृष्टिविहीन हुनुहुन्छ । विशेष टाइपराइटर प्रयोग गरेर उहाँले आफ्ना विद्यार्थीहरूका लागि ब्रेलमा पाठहरू सिर्जना गर्न सक्नुहुन्छ । तर उहाँका अनुसार उहाँका विद्यार्थीहरू अझै पनि असुविधामा छन् । “हामीसँग शिक्षण सामग्रीको सङ्कट छ”, डिकोले भन्नुभयो । उहाँसँग दर्जनौँ विद्यार्थीको सम्पूर्ण कक्षाका लागि ब्रेलमा एउटा पढ्ने पुस्तक छ । तर नयाँ प्रविधिको विकाससँगै केही दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिहरूले शैक्षिक बाधाहरू निरन्तर घट्ने आशा गरेका छन् । “त्यहाँ सफ्टवेयर छन्, त्यहाँ बोल्ने टेलिफोनहरू छन्, त्यसैले त्यहाँ धेरै कुराहरू छन् जो मुखर छन्”, सङ्गीत जोडीका बागायोकोले भन्नुभयो, “यसले हामीलाई अगाडि बढ्न अनुमति दिन्छ ।” तर सेनेगलमा आधारित साइटसेभर्सका समावेशी शिक्षाका कार्यक्रम अधिकृत मौसा म्बेन्गेले यस्ता प्रगतिले अझै पनि दुई शताब्दीअघि ब्रेलले गरेको फड्को नमार्ने बताउनुभयो । “यसले ब्रेललाई प्रतिस्थापन गर्न सक्दैन । यसको विपरित मेरा लागि प्रविधिले ब्रेललाई पूरक बनाउँछ”, उहाँले भन्नुभयो । रासस

बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

दाङमा रगत अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.