• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
  • २ घण्टा 

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
  • २ घण्टा 

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १ दिन 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १ दिन 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १ दिन 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १ दिन 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १ दिन 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १ दिन 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ६. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • १०. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

पदयात्रीको उपचार गर्न चिकित्सकको टोली हिमालमा

  •  आइतबार, चैत १७, २०८१ मा प्रकाशित

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहित १४ जनाको टोली त्यसतर्फ खटाएको छ ।

वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको उक्त सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र चार नेपाली चिकित्सकसहित १४ जनाको टोलीलाई हिमालमा खटाएको हो ।

हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटकको स्वास्थ्य जाँच तथा उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुको फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाइएको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो ।

“हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा क्रमशः दुई÷दुई जना विदेशी र एक÷एक जना नेपाली चिकित्सकले स्वास्थ्य सेवा प्रदान गर्नेछन् । उक्त टोलीमा सङ्घका कर्मचारीसमेत खटिएका छन् । दुवै ठाउँमा खटिएको टोलीले काम सुरु गरिसकेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

मनाङ स्वास्थ्य चौकीमा बेलायतका डा लौरा एलिजाबेथ क्लाफम, डा साराएलेन वेस्ली अराथुन र नेपाली डा सावित्रा थापा खटिनुभएको छ भने फेरिचे स्वास्थ्य चौकीमा संयुक्त राज्य अमेरिकाका डा जोनजे एभरेट, अष्ट्रेलियाका डा केनत्जे कोह र नेपालका डा सूर्यप्रसाद जोशी खटिनुभएको छ ।

सगरमाथा आधार शिविरमा बेलायतका डा रोय गोर्डन ह्यारिस, नेपालका डा आशिष लोहनी र डा सुरज श्रेष्ठ खटिनुभएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको सङ्घले जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा पनि स्वास्थ्य शिविर राखेर पदयात्रीलाई सेवा प्रदान गर्दै आएको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर पठाइएको जानकारी दिनुभयो ।

उक्त टोलीले स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको बस्यालले बताउनुभयो ।

पर्वतीय पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष निलहरि बास्तोलाले हिमाल आरोहणका लागि उच्च हिमाली क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नु सकारात्मक भएको बताउनुभयो । “हिमाल आरोहणका लागि गएका पर्यटकलाई स्वास्थ्य सेवाबाट राहत पुगेको छ, सो सेवा सरकारी क्षेत्रबाट पनि प्रदान गरिनुपर्ने हो, सङ्घले हिमाली क्षेत्रमा पुर्‍याएको सेवा प्रशंसनीय छ”, उहाँले भन्नुभयो ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ । फेरिचेमा सन् १९७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । रासस

आइतबार, चैत १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

नुवाकोटमा हैजाविरुद्धको खोप

ताजा

सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.