• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • ९ घण्टा 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • १० घण्टा 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • १० घण्टा 

दाङमा रगत अभाव
  • १२ घण्टा 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • १५ घण्टा 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • १५ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १ दिन 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १ दिन 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ९. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

  • १०. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

पदयात्रीको उपचार गर्न चिकित्सकको टोली हिमालमा

  •  आइतबार, चैत १७, २०८१ मा प्रकाशित

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहित १४ जनाको टोली त्यसतर्फ खटाएको छ ।

वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको उक्त सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र चार नेपाली चिकित्सकसहित १४ जनाको टोलीलाई हिमालमा खटाएको हो ।

हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटकको स्वास्थ्य जाँच तथा उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुको फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाइएको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो ।

“हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा क्रमशः दुई÷दुई जना विदेशी र एक÷एक जना नेपाली चिकित्सकले स्वास्थ्य सेवा प्रदान गर्नेछन् । उक्त टोलीमा सङ्घका कर्मचारीसमेत खटिएका छन् । दुवै ठाउँमा खटिएको टोलीले काम सुरु गरिसकेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

मनाङ स्वास्थ्य चौकीमा बेलायतका डा लौरा एलिजाबेथ क्लाफम, डा साराएलेन वेस्ली अराथुन र नेपाली डा सावित्रा थापा खटिनुभएको छ भने फेरिचे स्वास्थ्य चौकीमा संयुक्त राज्य अमेरिकाका डा जोनजे एभरेट, अष्ट्रेलियाका डा केनत्जे कोह र नेपालका डा सूर्यप्रसाद जोशी खटिनुभएको छ ।

सगरमाथा आधार शिविरमा बेलायतका डा रोय गोर्डन ह्यारिस, नेपालका डा आशिष लोहनी र डा सुरज श्रेष्ठ खटिनुभएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको सङ्घले जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा पनि स्वास्थ्य शिविर राखेर पदयात्रीलाई सेवा प्रदान गर्दै आएको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर पठाइएको जानकारी दिनुभयो ।

उक्त टोलीले स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको बस्यालले बताउनुभयो ।

पर्वतीय पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष निलहरि बास्तोलाले हिमाल आरोहणका लागि उच्च हिमाली क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नु सकारात्मक भएको बताउनुभयो । “हिमाल आरोहणका लागि गएका पर्यटकलाई स्वास्थ्य सेवाबाट राहत पुगेको छ, सो सेवा सरकारी क्षेत्रबाट पनि प्रदान गरिनुपर्ने हो, सङ्घले हिमाली क्षेत्रमा पुर्‍याएको सेवा प्रशंसनीय छ”, उहाँले भन्नुभयो ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ । फेरिचेमा सन् १९७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । रासस

आइतबार, चैत १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

दाङमा रगत अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.