• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • २१ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • २२ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १ दिन 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १ दिन 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १ दिन 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १ दिन 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

अमेरिकामा दादुराबाट अर्को बच्चाको मृत्यु, करिब ६५० बिरामी : अधिकारीहरू

  •  सोमबार, चैत २५, २०८१ मा प्रकाशित

वासिङ्टन । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले अर्को बच्चाको ज्यान लिएको छ । अधिकारीहरूले आइतबार अत्यधिक सङ्क्रामक दादुरा रोग फैलिँदै गर्दा अहिलेसम्म करिब छ सय ५० जना सङ्क्रमित भएको बताएका छन् ।

“भर्खरै दादुरा भएको पत्ता लागेको एक विद्यालय उमेरका बच्चाको निधन भएको खबर सुनेर हामी निकै दुःखी छौँ”, टेक्सासको मेडिकल सेन्टर, युएमसी हेल्थ सिस्टमका उपाध्यक्ष आरोन डेभिसले भन्नुभयो ।

उक्त बच्चाले अस्पतालमा ‘दादुरा जटिलताहरू’ को लागि उपचार प्राप्त गरिरहेको भन्दै उहाँले बच्चालाई ‘दादुरा विरुद्धको खोप लगाइएको थिएन र कुनै अन्तर्निहित स्वास्थ्य समस्या थिएन’ भन्नुभयो ।

अमेरिकाले वर्षौंको सबैभन्दा खराब दादुरा प्रकोपसँग जुझिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले खोपको महत्त्वलाई कम आँक्ने आफ्नो विगतको बयानबाजीले स्वास्थ्य विज्ञहरूलाई चिन्तित बनाएको छ ।

तथापि केनेडीले आइतबार एक्समा ‘दादुरा फैलन रोक्ने सबैभन्दा प्रभावकारी तरिका एमएमआर खोप हो’ भनेर लेख्नुभएको छ ।

उहाँले आफ्नो स्वास्थ्य तथा मानव सेवा (एचएचएस) विभाग र रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरू (सिडिसी) ले टेक्सासमा खोप वितरणलाई सहयोग गरिरहेको बताउनुभयो ।

बच्चाको परिवारलाई सान्त्वना दिन टेक्सास गएको बताउनुहुने केनेडीले आइतबारसम्म ‘२२ राज्यमा दादुराका छ सय ४२ पुष्टि भएका मामिलाहरू र तीमध्ये चार सय ९९ टेक्सासमा’ रहेको पनि उल्लेख गर्नुभयो ।

एयर फोर्स वानमा पत्रकारहरूको प्रश्नको जवाफमा ट्रम्पले प्रकोपलाई ‘अहिलेसम्म हामीले कुरा गरिरहेको कुराको तुलनामा सापेक्षिक रूपमा सानो सङ्ख्या’ भनेर कम आँकेको देखिन्थ्यो ।

तर उहाँले थप विवरण नदिई यदि यो ‘बढ्दै गयो भने हामीले धेरै कडा कारबाही गर्नुपर्नेछ’ भन्नुभयो ।

– खोपको महत्त्व –

सिडिसीले अलास्कादेखि फ्लोरिडासम्मका साथै न्युयोर्क सहरमा फैलिएका मामिलाहरू रेकर्ड गरेको छ ।

टेक्सासले फेब्रुअरीको अन्त्यमा पहिलो पटक दादुराबाट बच्चाको मृत्यु भएको रिपोर्ट गरेको थियो । लगभग एक दशकमा यस रोगबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो ।

गत महिना न्यु मेक्सिकोका एक वयस्कको मृत्युलाई पनि सिडिसीले दादुरासँग सम्बन्धित मृत्युका रूपमा वर्गीकृत गरेको थियो ।

सिडिसीले अप्रिल ३ मा भनेअनुसार सिडिसीले गणना गरेका दादुराका अधिकांश मामिलाहरू – ९७ प्रतिशत – दादुरा विरुद्ध खोप नलगाएका बिरामीहरू हुन् ।

तीमध्ये एक सय ९६ जना पाँच वर्ष मुनिका, दुई सय ४० जना ५–१९ वर्षका र थप एक सय ५९ जना २० वर्ष वा सोभन्दा बढी उमेरका थिए भने अन्य केही अज्ञात उमेरका थिए ।

‘प्रकोप’ लाई तीन वा बढी सम्बन्धित मामिलाका रूपमा परिभाषित गर्ने सिडिसीले सन् २०२५ मा अहिलेसम्म छ वटा प्रकोप रेकर्ड गरेको छ । पुष्टि भएका मामिलामध्ये करिब ९३ प्रतिशत ती प्रकोपहरूसँग सम्बन्धित छन् ।

“तुलनात्मक रूपमा सन् २०२४ मा १६ प्रकोप रिपोर्ट गरिएको थियो र ६९ प्रतिशत घटनाहरू (दुई सय ८५ मध्ये एक सय ९८) प्रकोपसँग सम्बन्धित थिए”, यसले आफ्नो वेबसाइटमा भन्यो ।

“यो दुर्भाग्यपूर्ण घटनाले खोपको महत्त्वलाई जोड दिन्छ”, टेक्सासको युएमसी हेल्थ सिस्टमका डेभिसले पछिल्लो मृत्युको बारेमा इमेलमा भन्नुभयो, “हामी सबै व्यक्तिलाई आफ्नो र व्यापक समुदायको रक्षा गर्न आफ्नो खोपहरूसँग अद्यावधिक रहन प्रोत्साहित गर्दछौँ ।” रासस

सोमबार, चैत २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.