• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्तन क्यान्सर पत्ता लगाउने सजिलो तरिका (भिडियो)
  • १० मिनेट 

नारायणी अस्पतालमा स्तनपानबारे फैलाइयो प्रभावकारी जनचेतना
  • २ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ
  • ३ घण्टा 

डा थापा तथा अमात्यद्वारा पद तथा गोपनीयताको शपथ
  • ४ घण्टा 

डाक्टरको चन्दाले जब जोगायो अनिलको ज्यान
  • ५ घण्टा 

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’
  • ७ घण्टा 

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
  • २४ घण्टा 

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
  • २४ घण्टा 

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

  • २. बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

  • ३. मेटाबोलिक सिन्ड्रोमले मुटुरोग र मधुमेहको जोखिम बढाउँछ : डा. शशांककुमार सिंह (भिडियो)

  • ४. लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • ५. चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो सम्पन्न

  • ६. दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

  • ७. भरतपुर अस्पतालमा सुत्केरीलाई भुइँमा राखेर ‘पोष्टनेल’ सेवा

  • ८. ‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’

  • ९. एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

  • १०. इबोलाले बढायो गर्भवतीको जोखिम

स्थानीय औलो शून्य, आयातितको जोखिम

  •  शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित

मध्यविन्दु (नवलपरासी ब सु प) । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म सातजना औलो (मलेरिया) का बिरामी भेटिएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार सातै जना पुरुषमा औलो देखिएको हो । तीमध्ये एकजना शान्ति सैनिकका रूपमा सुडानमा खटिएर आएका नेपाली सेनाका जवान रहेका छन्भने बाँकी छजना भारतमा रोजगारी गरी फर्किएकाहरू छन् ।

जिल्लामा विगतका वर्षहरूदेखि नै औला शून्य रहे पनि आयातित (अन्य देशमा सङ्क्रमण भई यहाँ आएको) बिरामी हुनेहरू भने फेला परिरहेका कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । “कामका लागि भारत गएर फर्किएकाहरूमा औलो रोग पत्ता लाग्ने क्रम बर्सेनि देखिने गरेको छ । जिल्लामै बसोबाग गरिरहेकाहरूमा भने समस्या देखिएको छैन”, उहाँले भन्नुभयो ।

पछिल्ला सात आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा आयातित औलोको जोखिम रहेको देखिन्छ । आर्थिक वर्ष २०७५÷७६ मा १३, २०७६÷७७ मा ११, २०७७÷७८ मा तीन, २०७८÷७९ र २०७९÷८० मा छ÷छ र २०८०÷८१ मा चारजना औलोका बिरामी देखिएका थिए । यस अवधिमा आव २०७८÷७९ मा एकजना महिलामा औलो देखिएको र अन्य सबै पुरुष रहेको ल्याब टेक्निसियन निरीक्षक तिवारीले जानकारी दिनुभयो । “विगत सात वर्षका सबै बिरामीहरूमा आयातित संक्रमण नै देखिन्छ, यो नै हाम्रा लागि चुनौतीको विषय बनेको छ”, उहाँले भन्नुभयो ।

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्थानीय औलोलाई शून्यमा झार्न यस्तो बिरामीको खोजपडताल तथा औलो निवारणका लागि आवश्यक सूचना प्रदान गर्ने गरिएको छ । लामखुट्टेको टोकाइबाट यस्ता रोग फैलने हुँदा यसबाट बच्न चिकित्सकले आग्रह गरिरहेका छन् । औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलो सामान्य र कडा लक्षणका हुन्छन् । जसलाई समयमै उपचार नगरे ज्यानै जान सक्ने तिवारीले बताउनुभयो ।

औलो संक्रमण भएमा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने लक्षण देखिन्छन् । यस्तो भएमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ ।

आज अप्रिल २५ का दिन विश्व औलो दिवसका सन्दर्भमा कार्यालयले जिल्लावासीलाई लामखुट्टेको संक्रमणबाट बँच्न र कुनै लक्षण देखिए स्वास्थ्य संस्थामा जान आग्रह गरेको । यो दिवश नेपालसहित विश्वभर मनाइँदै छ । यस वर्षको नारा ‘पुनः लगानी, पुनः सोच र पुनःजागरणः हामीबाटै औलो निवारण’ तय गरिएको छ । रासस

शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्तन क्यान्सर पत्ता लगाउने सजिलो तरिका (भिडियो)
नारायणी अस्पतालमा स्तनपानबारे फैलाइयो प्रभावकारी जनचेतना
कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

लोकप्रिय

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

मेटाबोलिक सिन्ड्रोमले मुटुरोग र मधुमेहको जोखिम बढाउँछ : डा. शशांककुमार सिंह (भिडियो)

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो सम्पन्न

ताजा

स्तन क्यान्सर पत्ता लगाउने सजिलो तरिका (भिडियो)

नारायणी अस्पतालमा स्तनपानबारे फैलाइयो प्रभावकारी जनचेतना

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ

डा थापा तथा अमात्यद्वारा पद तथा गोपनीयताको शपथ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.