• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेट

  •  बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टचार भेटवार्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो ।

उहाँले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो । ट्रकोमा निवारण तथा कालाजार उन्मूलनका लागि नेपालले चालेका निर्णायक कदमका सम्बन्धमा डब्लुएचओको सहयोग सराहनीय रहेको उहाँको भनाइ रहेको थियो । सरकारले सन् २०३० सम्ममा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्येको लक्ष्य नं ३ ‘जनताको सुस्वास्थ र तन्दुरुस्ती’सम्बन्धी प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

“कोभिड–१९ को महामारीमा विश्वभरका मानिसको जीवन बचाउनका लागि यहाँको नेतृत्वदायी भूमिका, निर्णय र कार्यको कदर गर्दछौँ । यो योगदानलाई विश्वले सधैँ सम्झिरहनेछ”, उहाँले भन्नुभयो, “जनस्वास्थ्य चुनौतीको सामना गर्न डब्लुएचओले आफ्नो स्थापनाकालदेखि नै सम्पूर्ण विश्वका लागि सहयोगी साझेदार रहिआएको छ । बिफरको उन्मूलन, इबोला खोपको विकास जस्ता थुप्रै जनस्वास्थ्य उपलब्धि हासिल गर्न डब्लुएचओले अग्रणी भूमिका खेलेको छ ।”

मन्त्री खतिवडाले कोभिड–१९ महामारीले मानव जीवनका सबै पक्षमा गम्भीर असर पारेको उल्लेख गर्दै स्वास्थ्य प्रणाली र अर्थतन्त्रका क्षेत्रमा परेको दुष्प्रभाव र त्यसबाट उत्पन्न हुने दुष्परिणामका अलावा हाम्रा अगाडि अरू धेरै चुनौती रहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य सङ्कटको सामना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं विश्वस्तरमा आपसी सहयोग एवं सहकार्यलाई बढावा दिनका निम्ति डब्लुएचओको भूमिका अझै सुदृढ बनाइनुपर्ने आवश्यकता सबैलाई महशुस भएको भनाइ राख्नुभयो ।

उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा थालिएको जीन सिक्वेन्सिङ संस्थाको स्थापना र सञ्चालन गर्न प्राविधिक सहायता उपलब्ध गराएकामा डब्लुएचओप्रति आभार व्यक्त गर्नुभयो । मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको खोप पु¥याउन डब्लुएचओले हामीलाई निरन्तर सहयोग प्रदान गरिरहेको उल्लेख गर्दै सन् २०२२ को मध्यसम्ममा ७० प्रतिशतमा पूर्ण खोप पु¥याउने विश्वस्वास्थ्य सङ्गठनको लक्ष्य हासिल गर्ने पथमा नेपाल रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा सहकार्य केन्द्र स्थापना गर्नका लागि डब्लुएचओको साथ र सहयोग आवश्यक देखिएकाले यसको सुरुआत बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बालस्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न डब्लुएचओका महानिर्देशकसँग अनुरोध गर्नुभयो ।

हेटौँडास्थित किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रीय तालिम र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । भेटवार्तामा महानिर्देशक टेड्रोस बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न सहकार्य गर्नेबारे बताउनुभएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो ।

सचिव पोखरेलका अनुसार किटजन्य रोगको अध्ययन तथा तालिमकेन्द्रलाई स्तरोन्नतिमा सहयोग गर्नेसमेत उहाँले बताउनुभयो । महानिर्देशक टेड्रोसले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा नेपाल सरकारले गरेको कामको उच्च प्रशंसा व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

सचिव पोखरेलले डब्लुएचओको दोस्रो कार्यकालका लागि महानिर्देशक डा टेड्रोसलाई नै समर्थन गर्ने बताउनुभयो । भेटघाटमा मन्त्रालय र डब्लुएचओका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.