• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • २ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • २ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १९ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १९ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २० घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २१ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. मीना सुनारको उद्धार

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ९. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

विचारः कडा डेङ्गुको क्रम बढ्दो

  •  शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित

काठमाडौँ । गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएका थिए । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ । गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा नाकबाट रगत बग्ने समस्या लिएर आउने गरेको चिकित्सकहरुको अनुभव छ । तर गत वर्ष धेरै मानिसहरु सङ्क्रमित भएको अवस्थामा पनि आफ्ना नियमित दैनिकीलाई निरन्तरता दिएका देखिन्थे । यस्तो अवस्थालाई वार्निङ डेङ्गु भनेर नामाकरण पनि गरिएको थियो ।

वार्निङ डेङ्गु हुँदा पनि अधिकांशले स्वस्थ परामर्शसमेत लिने गरेका थिएन । यसरी जटिल डेङ्गु हुनसक्ने प्रबल सङ्केतहरुमध्येको एक नाकबाट रगत बग्ने समस्या ह्वात्तै बढेको अवस्थालाई मध्यनजर गर्दा आगामी दिन जटिल डेङ्गु व्यापक बढ्न सक्ने प्रबल सम्भावनाको अनुमान सहजै गर्न सकिन्छ । यसर्थ, ‘डेङ्गु वार्निङ’ सङ्केतको पनि व्यापक प्रचार गर्नुपर्ने देखिन्छ ।

‘डेङ्गु वार्निङ’ का सङ्केतहरु कस्ता हुन्छन् ?

‘डेङ्गु वार्निङ’ का सङ्केतका बारेमा डेङ्गु निर्देशिकामा समावेश भएको भए तापनि सर्वसाधारणको जानकारी वा चासोमा भने खासै छैन÷थिएन । हुन त ‘डेङ्गु वार्निङ’ का सङ्केतहरु विशेषतः उपचारमा संलग्न चिकित्सकहरुलाई उपचार गर्दा बढी उपयोगी हुने वा बिरामीको सम्भावित जोखिमको आकलन गर्न सहज हुने गर्दछ । सङ्क्रमितले ‘डेङ्गु वार्निङ’का केही सङ्केतहरु आफैँले पनि थाहा पाउन सक्दछन् । ‘डेङ्गु वार्निङ’का सङ्केतमा निरन्तर बान्ता हुनु, पेट असाध्य दुख्नु, रक्तश्राप हुनु (नाक, गिजा, महिलाको योनीबाट रगत बग्नु) र अति आलस्य हुनुजस्ता लक्षणहरु पर्दछन् । यीबाहेक अस्पतालमा गरिने जाँच पडतालमा रगतको परीक्षण गर्दा प्लेटलेट्सको सङ्ख्या तीव्र गतिमा घट्नु÷हेमाटोकृत बढ्नु, कलेजोको आकार बढ्नु÷सुन्निनु अनि एक्स–रे वा भिडियो एक्स–रे (अल्ट्रासाउड) गर्दा छाती वा पेटमा पानी जमेको देखिनु ‘डेङ्गु वार्निङ’ का थप लक्षणहरु हुन् ।

माथि उल्लिखित ‘डेङ्गु वार्निङ’का सङ्केतहरु देखिएमा तुरुन्त नजिकैको अस्पतालमा गएर परीक्षण गरेमा सम्भावित जटिलताबाट बच्न सकिन्छ । घरको परिवारमा एकजना डेङ्गु सङ्क्रमित भई पुष्टि भएको अवस्थामा परिवारको अर्काे सदस्यमा पनि उस्तै लक्षणहरु देखिए परीक्षण गर्ने प्रचलन देखिँदैन । सन् २०२२ मा काठमाडौँमा डेङ्गुको ठूलो महामारी हुँदा सङ्क्रमितको तीनदेखि पाँच गुणा बढीले आफूमा डेङ्गुको लक्षण मिल्दो हुँदा पनि रगत परीक्षण गर्ने गरेको थिएन । यसको निश्चित एन्टिभाइरल औषधि नहुनु अनि दुःखाइ कम गर्ने औषधि मात्र छ भन्ने मान्यताले पनि परीक्षण नगर्ने प्रचलन देखिन्छ । तर चिकित्सकको परामर्शअनुसार रगतको जाँच गर्न सके तीव्र गतिमा घट्दो प्लेटेलेट्सको सङ्ख्यालगायत अरु सङ्केतको आधारमा चिकित्सकलाई बिरामीको उपचार गर्नमा सहज हुने गर्दछ ।

बिरामीमा जटिल डेङ्गु देखिने सम्भावना वा जोखिमलाई धेरै हदसम्म कम गर्न सकिनेछ । माथि उल्लिखित सङ्केतहरुमध्ये नाकबाट रगत बग्ने समस्या काठमाडौँमा ह्वात्तै बढेकाले आगामी दिनहरुमा क्लासिकल डेङ्गुको लक्षणहरुको मात्र प्रचार नगरी ‘डेङ्गु वार्निङ’ का सङ्केतहरुको पनि व्यापक अनि सघन प्रचारको आवश्यकता रहेको देखिन्छ ।

अबको प्रकोप थप घातक हुनसक्ला ?
नेपालमा डेङ्गु पुष्टि भएको २० वर्ष पार गरिसकेको छ । डेङ्गुको तथ्याङ्क केलाउने हो भने नेपालमा दुई÷तीन वर्षको अन्तरालमा भाइरस थप घातक अनि आक्रामक हुँदै गइरहेको देखिन्छ । सन् २०२२ मा काठमाडौँमा देखिएको डेङ्गु प्रकोप नेपालको इतिहासमा नै सबैभन्दा बढी सङ्क्रामक अनि घातक थियो । त्यस यता ठूलो प्रकोप देखिएको छैन । यसर्थ, पनि आगामी कुनै पनि समयमा डेङ्गुको प्रकोप देखिन सक्ने अनि त्यो थप घातक हुनसक्ने सम्भावना उच्च देखिन्छ । गत वर्ष ‘डेङ्गु वार्निङ’ का सङ्केतहरुमध्ये नाकबाट रगत बग्ने सङ्क्रमित ह्वात्तै बढेको थियो । त्यस्तै अघिल्ला वर्षहरुमा पनि धेरै सङ्क्रमित महिलाका योनीबाट अत्यधिक रक्तस्रावको समस्या हुने गरेको चिकित्सकहरुको अनुभव छ ।

सन् २०१९ मा पहिलोपटक काठमाडौँले डेङ्गुको ठूलो प्रकोपको सामना गर्दा भने अधिकांश सङ्क्रमितमा क्लासिकल डेङ्गुका लक्षणहरु जस्तैः टाउको दुख्ने, आँखाको गेडी दुख्ने, वाकवाक÷बान्ता हुने, शरीरमा स–साना राता बिबिरा आउने, जोर्नी वा मांसपेशी दुख्ने र कतिपयमा पखाला समेत लाग्ने गरेको देखेको थियो । त्यस्तै मानिस सङ्क्रमित पुष्टि हुने बित्तिकै आत्तिने गरेको पनि देखिन्थ्यो । तर अहिले डेङ्गुप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन भएको देखिन्छ । धेरै सङ्क्रमितहरु ‘डेङ्गु वार्निङ’ को अवस्थामा देखिन्छ । अनि धेरै ‘वाकिङ डेङ्गु’का सङ्क्रमितहरु जटिल अवस्थाका बारेमा अनभिज्ञ देखिन्छन् । तसर्थ, केही वर्षयता ‘डेङ्गु वार्निङ’ का सङ्केतहरु बढ्दै जाँदा जटिल डेङ्गुको सम्भावना अनि मृत्युको सम्भावना वा जोखिम पनि बढेर गइरहेको देखिन्छ । भाइरसको फरक सेरोटाइपले त्यही व्यक्तिलाई पुनः सङ्क्रमण गरे पनि जटिल डेङ्गु देखिन सक्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।

डेङ्गु सङ्क्रमित नै नहुन सम्भव छ ?
डेङ्गु सङ्क्रमण नहुन लामखुट्टेको टोकाइबाट बच्नु एक मात्र उपाय हो भन्ने गरिन्छ । तर प्रश्न आउँछ ‘के यो सम्भव छ ?’ यो वास्तविकतामा असम्भव प्रायः देखिन्छ । यसर्थ, पनि होला हाल सम्बन्धित निकायको मुख्य लक्ष्य भनेको ‘शून्य डेङ्गुको मृत्युदर’ देखिन्छ । यसो हुनुमा डेङ्गु फैलाउने एडिस जातको लामखुट्टेको नियन्त्रण असम्भव प्रायः देखेर नै हो । यस्तो असम्भव देखिनुमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा देखिएको उदासीनता र दिनमा बढी लामखुट्टेको सक्रियता नै हो । उदाहरणका लागि, कुनै चिकित्सकले बिरामी जाँच गरिरहेको बेला लामखुट्टेले टोकेमा तत्काल लामखुट्टे खोज्ने÷मर्ने अवस्था रहँदैन । त्यस्तै, विद्यार्थीले कक्षामा अध्यन गरिरहेको बेला लामखुट्टेले टोकेमा पनि मार्न सक्ने अवस्था÷सम्भावना हुँदैन । वा जो कोही आफ्नो काममा व्यस्त रहँदा लामखुट्टेले टोके तत्काल मार्नसक्ने सम्भावना नै हुँदैन । यी प्रतिनिधि उदाहरणहरुले पनि लामखुट्टे व्यापक फैलिए लामखुट्टेको टोकाइबाट बच्न असम्भव प्रायः नै देखिन्छ । डेङ्गु सङ्क्रमित हुँदैमा सबैलाई जटिल अवस्था सिर्जना हुने त होइन तर ‘डेङ्गु वार्निङ’का लक्षणहरु देखापरेमा भने जटिलताको सम्भावना बढ्ने हुँदा ‘शून्य डेङ्गु मृत्युदर’ को लक्ष्यमा सफलता पाउन पनि ‘डेङ्गु वार्निङ’का लक्षणहरु मिडियाका विभिन्न मध्यमहरुबाट सघन रुपमा प्रचारप्रसार गर्न ढिला भइसकेको छ । लामखुट्टेको टोकाइबाट बच्न केही सामग्रीहरु बजारमा उपलब्ध भएका देखिन्छन् । तर दैनिक अनि नियमित प्रयोग गर्न सकेन भने लामखुट्टेको टोकाइबाट बच्ने सम्भावना क्षीण नै देखिन्छ ।

अन्तमा, नेपालमा डेङ्गु पुष्टि भएको २० वर्ष पार गर्दैगर्दा भाइरसले आफूलाई थप आक्रामक र जटिल स्वरुपमा प्रस्तुत गर्दै आइरहेको देखिन्छ । काठमाडौँमा सन् २०१९ र २०२२ मा फैलिएको डेङ्गु प्रकोपहरुको बीचमा नै ठूलो भिन्नता देखिएको थियो । अर्थात् सन् २०१९ मा धेरै सङ्क्रमितहरु देखिएको भए तापनि कडा वा जटिलताको तुलना गर्दा सन् २०२२ को कम देखिएको थियो । तर कोभिड–१९ को महामारी सकिएलगत्तै सन् २०२२ मा देखिएको डेङ्गु प्रकोप भने हालसम्मकै सबैभन्दा सङ्क्रामक अनि कडा÷जटिल थियो । यसबाट पनि नयाँ प्रकोपसँगै भाइरस थप सङ्क्रामक र घातक हुने गरेको तथ्याङ्क देखिन्छ । यसो हो भने सन् २०२२ बाट हाल सन् २०२५ सम्म आइपुग्दा खासै ठूलो प्रकोप नदेखिएको अवस्थामा अबको कुनै पनि बेला डेङ्गु विगतको भन्दा थप सङ्क्रामक (धेरै सङ्क्रमित हुनसक्ने) अनि घातक (मृत्युदर बढ्न सक्ने) स्वरुपमा आउने सक्ने सम्भावनालाई नकार्न सकिदैन । (लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक हुनुहुन्छ) । रासस

शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
दुई हजार एम्बुलेन्स थन्किए

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

ताजा

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.