(सिन्ह्वा) : चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् ।चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ । यी संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ । हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन् । चीनमा पछिल्ला समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ । चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ । यहाँको स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण निधन भएको छ । ती ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ । (रासस)