• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १७ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २२ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २३ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २३ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान

  •  मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित

 

 

नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान गरेको छ । केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा अघिल्लो तदर्थ समितिलाई सोसाइटीले यस्तो आग्रह गरेको हो । सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्वारा सोमबार जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकतासम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अघिल्लो तदर्थ समितिका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना र सदस्य बाबुराजा महर्जनलगायतका व्यक्तिले केन्द्रीय कार्यालयमा हथौँडालगायतका सामग्रीसहित अचानक प्रवेश गरी कार्यालयको दुईवटा ढोका तोडफोड गरेकामा यस संस्थाका देशभर छरिएर रहेका स्वयंसेवक तथा रेडक्रसकर्मी आश्चर्यचकित र चिन्तित भएका छौँ । रेडक्रसको मर्म र मर्यादाविपरीत हुने यस्ता खालका गतिविधि दुःखद् र अत्यन्त अशोभनीय छ ।” यसअलावा डा तिम्सिनाको नेतृत्वले संस्थाको ‘लेटरहेड’ तथा छाप अनधिकृतरूपमा प्रयोग गर्दै सङ्कटासन्न समुदायप्रति लक्षित कार्यक्रममा सहयोग नगर्न विभिन्न निकायमा पत्राचार गर्ने, बैंक खाता सञ्चालनमा अवरोध गर्न पत्राचार गर्ने, नियमनकारी र संस्थाका अधिकारीलाई अमर्यादित तवरबाट आक्षेप लगाई विज्ञप्ति जारी गर्नेजस्ता कार्य गरी आम समुदाय र रेडक्रसकर्मीमाझ भ्रम सिर्जना गर्ने प्रयास भएकामा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “संस्थाको लेटरहेड र छापको दुरुपयोग र सामाजिक सञ्जालको अनुचित प्रयोग नगर्न नगराउन पटक–पटक जानकारी तथा अनुरोध गरिएकामा हालसम्म यस्ता अनुचित र अनधिकृत कार्य भइरहेको हुँदा त्यस्ता कार्य तत्काल बन्द गर्न पुनः आह्वान गर्दछौँ । अहिलेको अवस्थामा नियमित जिम्मेवारीका साथै संस्थाको प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्न नियमनकारी निकायबाट प्राप्त निर्देशनसमेतका आधारमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट गर्नुपर्ने सेवा तथा अत्यावश्यक कार्य कार्यकारी निर्देशकको नेतृत्वमा सम्पादन भइरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ ।” कार्यकारी निर्देशकको अधिकार क्षेत्रको सीमा साँघुरो भएकाले संस्थाका गतिविधि तथा सेवाकार्य पूर्णरूपमा सञ्चालन गर्न अझै कठिनाइ भइरहेको व्यहोरा उल्लेख गर्दै विज्ञप्तिमा कोभिड प्रतिकार्य, मनसुनका कारण हुने विपद्को पूर्वतयारी तथा अन्य अत्यावश्यक मानवीय सेवाकार्य सु–सञ्चालन गर्न विद्यमान समस्याको चाँडै निकास निस्कने कुरामा आशावादी रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “संस्थालाई जीवन्त राखिरहन सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १५ सयभन्दा बढी उपशाखा र छ हजारको हाराहारीमा रहेका जुनियर तथा युवा रेडक्रस सर्कल र ती निकायमा आवद्ध ११ लाख सदस्य र एक लाखभन्दा बढी तालिमप्राप्त स्वयंसेवकले समुदायमा पु¥याइरहेको सेवा प्रशंसनीय छ । यस्तो कठिन अवस्थामा यस संस्थाको अस्तित्व जोगाउन र सेवाकार्य सञ्चालनमा राख्न सहयोग पु¥याउनुहुने सरकारी एवं गैरसरकारी संस्था, नागरिक समाजलगायत रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तराष्ट्रिय महासङ्घ र साझेदार राष्ट्रिय सोसाइटी समेतलाई धन्यवाद ज्ञापन गर्दछौँ । साथै मानवीय सेवालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । अत्यावश्यक मानवीय सेवालाई सुचारु राख्न सम्बद्ध सबै पक्षबाट निरन्तर सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ ।

मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.