• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, असोज २७, २०८३
मङ्गलबार, असोज २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
  • ३९ मिनेट 

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
  • ४५ मिनेट 

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
  • २१ घण्टा 

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट
  • २१ घण्टा 

इच्छाकामना आधारभूत अस्पतालमा नवनिर्मित भवनबाट सेवा शुभारम्भ
  • २१ घण्टा 

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता
  • २२ घण्टा 

तीस लाख नेपालीलाई बाथ रोगको समस्या
  • २३ घण्टा 

लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
  • १ दिन 

ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

  • २. मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

  • ३. आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

  • ४. क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

  • ५. भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

  • ६. लागुऔषधसहित २५ जना पक्राउ

  • ७. र्‍याडिसन होटलमा नेपाल क्यान्सर सम्मेलन

  • ८. गाँजासहित युवक पक्राउ

  • ९. लायन्स क्लव सेन्ट्रलद्वारा ५३ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

  • १०. नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै

आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न अभिभावकलाई आग्रह

  •  आइतबार, असोज २५, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले बालबालिकामा देखिने दृष्टिदोष तथा आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न अभिभावकलाई आग्रह गरेको छ। विश्व दृष्टि दिवस २०२६ को अवसरमा प्रतिष्ठानले ‘आफ्नो आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने नारासहित साताव्यापी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको जनाएको छ।

प्रतिष्ठानका अनुसार विश्वभर कम्तीमा २ अर्ब २० करोड मानिस कुनै न कुनै प्रकारको दृष्टि दुर्बलताबाट प्रभावित छन्। तीमध्ये करिब १ अर्ब मानिसको दृष्टिसम्बन्धी समस्या रोकथाम गर्न वा उपचारमार्फत सुधार गर्न सकिने अवस्था छ। नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशतमा अन्धोपना रहेको र ५० वर्षमाथिको जनसंख्यामा यो दर १.०५ प्रतिशत रहेको प्रतिष्ठानले जनाएको छ। मोतीबिन्दु, दृष्टिदोष, जलविन्दु तथा मधुमेहका कारण हुने आँखासम्बन्धी समस्या अन्धोपना र गम्भीर दृष्टिदोषका प्रमुख कारण हुन्।

प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामा पनि दृष्टिदोषको समस्या बढिरहेको प्रतिष्ठानको भनाइ छ। समयअगावै जन्मिएका शिशुमा देखिने रेटिनोपेथी अफ प्रिम्याच्युरिटी, जन्मजात मोतीबिन्दु, जलविन्दु तथा आँखाको क्यान्सर समयमै पहिचान गर्न सके दृष्टि जोगाउन सकिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले बच्चा जन्मिएको एक महिनाभित्र, विद्यालय भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्ष आँखा परीक्षण गराउन अभिभावकलाई सुझाव दिएको छ। आँखा रातो हुने, डेढो हुने, धमिलो देखिने, निरन्तर आँसु बग्ने वा आँखाको कालो भागमा सेतो देखिने समस्या भए तत्काल आँखा अस्पताल वा केन्द्रमा जाँच गराउन आग्रह गरिएको छ।

आइतबार, असोज २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

लोकप्रिय

गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा मेडिकल व्यवसायी अर्यालको उम्मेदवारी

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा डा. घिमिरे

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. आचार्य

भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

ताजा

लागुऔषध गाँजासहित सीमा क्षेत्रबाट दुई जना नियन्त्रणमा

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाली राजदूतको शिष्टाचार भेट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.