काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौंमा १५ जना कोभिड १९ का संक्रमित थपिएका छन् ।
उपत्यकाका तीनमध्ये आज काठमाडौंमा १३ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६० पुगेको छ ।
आजसम्म ३७ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य छ । आज देशभर रहेका १२० जना सक्रिय संक्रमितमध्ये ११७ जना होम आइसोलेसनमा र दुईजना संस्थागत आइसोलेसन तथा र एकजना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
