• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • ९ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • १० घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • १० घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • १० घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • १० घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १२ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • १३ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १६ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • १०. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

चितवनमा सधैँ रगत अभाव

  •  शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

चितवन ।मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले सङ्कलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ ।

जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौतारिने गरेका छन् । रगत नपाएपछि उनीहरु इष्टमित्र आफन्त र सामाजिक अभियान्ता गुहारेर रगतको जोहो गर्न बाध्य हुँदै आएका छन् ।

क्यान्सर उपचारका लागि देशैभरी र भारतबाट समेत बिरामी आउने गर्दछन् । उनीहरुलाई यहाँ रक्तदाता खोज्न निकै कठिन हुने गरेको छ । यसैले गर्दा कतिपयको उपचार रोकिने गरेको गुनासासमेत आउने गरेको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले दैनिक एक सयदेखि एक सय ५० युनिटसम्म रगतको माग हुने गरेको भए पनि ६० प्रतिशतभन्दा बढी केन्द्रले सङ्कलन गरेको रगतले मात्र पु¥याउन नसकिएको बताउनुभयो । केन्द्रले वार्षिकरुपमा २५ हजार युनिट हाराहारी रगत सङ्कलन गर्र्ने गर्दछ । चितवनसहित छिमेकी १० जिल्लाबाट केन्द्रले रगत सङ्कलन गरेर ल्याउने गर्नाका साथै सामाजिक सङ्घ संस्थालाई भेला गराएर क्यालेण्डर निर्माण गरी रक्तदान कार्यक्रम गरिँदै आइएको छ ।

प्रमुख पौडेलले युवा पङ्क्ति विदेशिएको, यहाँ भएका युवामा मन छुने गरी अभिप्रेरित गर्ने कार्यक्रम ल्याउन नसकिएको र अन्य कारणले मागअनुसार रगत सङ्कलन हुन नसकेको बताउनुभयो । समूहगत मानिस भएका ठाउँमा रक्तदानसम्बन्धी बृहत् अभियान सञ्चालन गर्नुपर्ने भए पनि गर्न नसकिएको उहाँको भनाइ थियो ।

‘एक घर एक रक्तदाता’ अभियान सञ्चालन गरेर रक्तदानप्रति जागरुकता ल्याउनुपर्नेमा प्रमुख पौडेलले जोड दिनुभयो । हरेक नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्यले मिलेसम्म रक्तदान गरिदिएमा धेरै हदसम्म माग पूरा गर्न सकिन्छ। जिल्लामा रहेका दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी साना निजी अस्पतालले बिरामीको उपचार गर्दै आएका छन् । क्यान्सर र अङ्ग प्रत्यारोपणका एउटै बिरामीलाई धेरै रगत आवश्यक पर्दछ ।

दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्दछ । प्रमुख पौडेलको भनाइमा एकै जना क्यान्सरका बिरामीलाई सात सय युनिटसम्म रगत दिएको तथ्याङ्क छ । यसैगरी जिल्लामा रहेका ८० जना हाराहारी थालेसेमियाका बिरामीलाई मासिकरुपमा एकदेखि दुई युनिट रगत दिनुपर्ने हुन्छ ।

अस्पतालमा रक्तसञ्चार फ्रिज नहुँदा बिरामीका आफन्तले बिरामीका लागि मौजातको रुपमा लगेको रगत फिर्ता आउँदा कतिपय बिग्रने गरेको पाइने र १५ प्रतिशत हाराहारी यसरी रगत फिर्ता आउने गर्दछ ।

केन्द्रको सञ्चालन नेपाल रेडक्रस सोसाइटीले गर्दै आएको छ । उक्त सोसाइटीका जिल्लास्तरीय मन्त्री राममणि खनालले युवा लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जे जति गरेका छौँ, यसले पुगेन, फरक ढङ्गले जनचेतनामा जुट्नुपर्ने अवस्था आयो ।”

युवा वर्गमा सामाजिक भावको विकास गरी रक्तदान अभियानलाई बढाउनुपर्ने मन्त्री खनालको भनाइ थियो । विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेना, राजनीतिक दल, दलका भ्रातृ संस्था, सहकारीलगायत ठूला समूहले अभियानमा साथ दिएमा आवश्यकताअनुसारको रगत सङ्कलन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले रक्तसञ्चार केन्द्रको स्तरोन्नतिका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । चालु आर्थिक वर्षमा बकुलहर रत्ननगर अस्पतालमा रक्तसञ्चार केन्द्रका लागि रु १५ लाख विनियोजन गरिएको भन्दै बिरामीका आफन्तले रगतका लागि भौतारिनुपर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “खेर जाने रगतबाट मानिसको जीवन बच्ने भएकाले स्वास्थ्य अनुकूल भएका सबैले रक्तदान गरी मानवीय सेवामा जुट्नुपर्छ ।” रासस

शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.