• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, कार्तिक १४, २०८३
शुक्रबार, कार्तिक १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
  • २८ मिनेट 

लागुऔषधसहित ३१ जना पक्राउ
  • १ घण्टा 

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • २१ घण्टा 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • २२ घण्टा 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • २२ घण्टा 

दाङमा रगत अभाव
  • २४ घण्टा 

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • १ दिन 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • १ दिन 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ८. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ९. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

  • १०. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

लागुऔषधसहित ३१ जना पक्राउ

  •  शुक्रबार, कार्तिक १४, २०८३ मा प्रकाशित

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न भागबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, लागुऔषध र हतियारसहित ३१ जना पक्राउ परेको छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मूलकोटबाट एक सय ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देहीको गैडहवा गाउँपालिका–१ घर भएका २८ वर्षीय प्रकाश थापा र सप्तरीको सुरूङ्गा नगरपालिका–२ घर भएका २२ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङको रतुवामाई नगरपालिका–६ बाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र एक राउन्ड गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया घर भएका कुमार बोसाक, पुरनकुमार बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ घर भएका योगेन्द्र ठाकुर रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा दीपक कुमारले पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको थियो । त्यसक्रममा दीपककुमार र पुरनकुमार घाइते भएका छन् । उनीहरूको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ । मोरङकै रतुवामाई नगरपालिका–१० पोखरी बाँधबाट ६६ ट्याब्लेट ट्रामाडोल र ८६ ट्याब्लेट स्पास्पेनसहित झापा दमक नगरपालिका–४ का सुमन सुवेदी पक्राउ परेका छन् । उनलाई प्रहरीचौकी इटहराबाट खटिएको टोलीले बिहीबार बेलुकी पक्राउ गरेको हो । मिक्लाजुङ गाउँपालिका–९, गणेशचोकबाट पाँच सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–८ घर भएका २८ सन्तोष सार्की र कुशल दाहाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । चितवनको भरतपुर महानगरपालिका–४ बर्मेली चोकबाट छ सय तीन ट्याब्लेट ऐनारगन र छ सय तीन ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ बस्ने अस्मिन कुइँकेलसहित दुई जना रहेका छन् । अस्थायी प्रहरी पोष्ट कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको ना२४प ७८२२ नम्बरको स्कुटरसमेत बरामद गरेको छ ।

भरतपुर महानगरपालिका–१५ प्रगति टोलबाट दुई ग्राम सात सय २० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ३१ ट्याब्लेट ट्रामाडोल र एक थान डिजिटल तराजुसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय नवीन गुरुङ र २६ वर्षीय अमृत गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो । धनकुटा नगरपालिका–१ हिलेबाट दुई ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका–५ बस्ने २६ वर्षीय सुरज तामाङ र धनकुटा नगरपालिका–१ बस्ने २७ वर्षीय शिशिर बस्नेत रहेका छन् । प्रहरीचौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो । ललितपुर महानगरपालिका–६ लगनखेलबाट सात सय पाँच ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । बटुकभैरव बस्ने भारतका गौतमकुमार र प्रयागपोखरी बस्ने भारतकै २० वर्षीय आलोक जैसवाल रहेका छन् ।

वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार बेलुकी पक्राउ गरेको हो । झापाको कनकाई नगरपालिका–४ शान्ति टोलबाट ७७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित २५ वर्षीय सञ्जय चौधरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीबाट ३०० एम्पुल डाइजिपाम, ३०० एम्पुल बुप्रेनोर्फिन र ३०० एम्पुल फेनारगनसहित कास्कीको पोखरा महानगरपालिका–३२ तल्लो खुदी बस्ने १९ वर्षीय उज्वल विक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले गण्डकी एएबि ३२२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

बाँकेको बैजनाथ गाउँपालिका–५ गुरुवा गाउँबाट पाँच सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित मक्सुद अहमद इद्रिसी पक्राउ परेका छन् । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटाबाट ४९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लछु रानासमेत रहेका छन् । कञ्चनपुरकै लालझाडी गाउँपालिका–१ नौरङ्गाबाट दुई ग्राम ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार बेलुकी पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली डाँडाबाट ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–२ कर्नेल टोल बस्ने किशोर लिम्बू एक ग्राम ५१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् । सामुदायिक प्रहरी बिट हवाईचोकबाट खटिएको प्रहरीले बिहीबार राति उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो ।

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट दुई सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको खजुरा गाउँपालिका–५ बस्ने गोविन्द डाँगी पक्राउ परेका छन् । प्रहरीचौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटारबाट २०० ग्राम पोलेनसहित रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भई काठमाडौँको कलङ्की बस्ने उमेश दियाली पक्राउ परेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३–०२–००५ प ५०९६ नम्बरको मोटरसाइकल बरामद गरेको छ।रासस

शुक्रबार, कार्तिक १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ताजा

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

लागुऔषधसहित ३१ जना पक्राउ

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.