• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १५ घण्टा 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १५ घण्टा 

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो
  • १६ घण्टा 

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
  • १६ घण्टा 

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
  • १६ घण्टा 

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • २२ घण्टा 

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • २ दिन 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • २ दिन 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ९. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • १०. इबोला प्रकोपले बढायो विश्व चिन्ता

निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

  •  बुधबार, साउन २४, २०८० मा प्रकाशित

धुलिखेल ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२, प्रादेशिक सार्वजनिकीकरण’ कार्यक्रममा उहाँले दरबन्दी र उपकरणको विषयमा समेत व्यवस्थापनको लागि मन्त्रालय गम्भीर भएर लागिरहेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा २० प्रतिशत बजेट कम भएको गुनासो गर्दै उहाँले यसअघि पनि ४० प्रतिशतसम्म कटौती भएको बजेटले स्वास्थ्य क्षेत्रमा नागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्न नसकेको बताउनुभयो । भएका स्रोत र साधनलाई उचितरुपमा सदुपयोग गर्दै आएको बताउँदै मन्त्री बस्नेतले प्रतिफल दिन नसकेको ठाउँमा बजेट कटौती गरेर आवश्यक भएको ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

“ठूलो उपकरण खरिद गरेर बढी खर्च गर्नेभन्दा पनि साना लगानीको उपकरण खरिद गरेर धेरै ठाउँबाट सेवा प्रवाह गर्ने काममा केन्द्रित भएर लागिरहेको छु”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रलाई आश लाग्दो अवस्थामा पु¥याएका छौँ ।” कतिपय अवस्थामा गर्नुपर्र्ने नीतिगत सुधारको काममा समेत हेरेर सुधार गर्दै सबैको साथ, सहयोग र सुझावबाट नै अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

मन्त्री बस्नेतले पालिकामा शिलान्यास भएका आधारभूत अस्पताल र त्यसमा आवश्यक पर्ने दरबन्दीको विषयलाई भविष्यमा सम्बोधन गर्दै जाने बताउनुभयो । उहाँले सविधानमा उल्लेख भएअनुसार गरिब, विपन्न वर्गका साथै सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफू निरन्तर काम गर्न लागिरहेको बताउनुभयो ।

मानवीय संवेदना जोडिएको मन्त्रालय भएकाले सानोतिनो कमीकमजोरीले मान्छेको ज्यान तत्कालै जाने र सानोतिनो सहयोगबाट पनि मान्छेको ज्यान तत्कालै बाँच्न सक्ने भएकाले सक्रियपूर्वक काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सरकारले सामुदायिक र निजी अस्पतालको स्वीकृति दिँदा दश प्रतिशत श्यया निःशुल्क गर्नुपर्छ भनेर व्यवस्था गरेकामा त्यसलाई कार्यान्वयनमा ल्याउन नसकेको अवस्थामा आफूले त्यसलाई लागू गराएको बताउनुभयो ।

उहाँले पहिला सरकारी अस्पताललाई सुधार गर्दै अगाडि बढ्ने रणनीतिअनुसार वीर अस्पतालको सेवा सुधार गरेपछि सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको बताउँदै पैसा नभएकै कारणले कुनै पनि व्यक्तिले उपचार गर्न नसकेर मर्नुपर्ने अवस्था सिर्जना हुन नदिने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रादेशिक अस्पतालमा रहेको आठ सय एक श्यया आजदेखि निःशुल्करुपमा उपलब्ध भएको घोषणा गर्नुभयो । चुनौतीपूर्ण रहेको स्वास्थ्य क्षेत्रलाई रुपान्तरण गर्न आफू लागिपरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रका उपकरण किन्न हतार गर्ने, छिट्टै बिग्रने र बनाउनलाई धेरै समय लाग्ने भएर सेवा दिन नसक्ने अवस्थालाई सुधार गर्न सकेमा मात्रै हुँदा खाने वर्गको पहुँचसम्म सेवा पुर्‍याउन सक्छौँ ।”

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्थानीय तहमा स्थापना भएका पाँचदेखि १५ श्ययासम्मको अस्पतालमा उपचार गरेका सबै बिल भर्पाइ मन्त्रालयमा पठाएको अवस्थामा त्यसको आवश्यक रकम उपलब्ध गराउँदै आएको बताउनुभयो ।

स्वास्थ्यसम्बन्धी नीति, योजना, रणनीति, मूल्याङ्कनको लागि नीति निर्मातालाई तथ्य पृष्ठपोषण गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशभित्रका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुखको सहभागिता रहेको कार्यक्रममा नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को बागमती प्रदेशको तथ्याङ्क प्रतिवेदन सार्वजनिकीकरण, मातृ मृत्यु दरको अवस्थाको तथ्याङ्क सार्वजनिक गर्नुका साथै पछिल्लो समयमा महामारीकै रुपमा फैलिरहेको डेङ्गु रोग नियन्त्रण र त्यसको अवस्थाको बारेमा तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, रामेछाप जिल्लाका रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, धादिङ धुनिबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यलगायतले सङ्घ र प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने सहयोग र ध्यान दिनुपर्ने विषयमा सुझाव पेश गर्नुभएको थियो । रासस

बुधबार, साउन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

ताजा

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.