• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १५ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १५ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १६ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १८ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १९ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • २१ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • २ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ४. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ७. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • १०. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द

  •  शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित

भक्तपुर । चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ ।

सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले यहाँ सञ्चालिन विद्यालयहरुमा गरेको सर्वेक्षणमा करिब छ प्रतिशत विद्यार्थीमा रोगको सङ्क्रमण देखिएको नगर प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत तथा समुदायिक विद्यालयमा अध्ययन गर्ने कूल विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण बढेको देखिएपछि विद्यालयको पठनपाठन बन्द गर्ने अधिकार नगरपालिकाले सम्बन्धित विद्यालयलाई प्रदान गरेको उहाँको भनाइ थियो ।

नगरप्रमुख खत्रीले भन्नुभयो, “आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै नजिकका नगरपालिकाले विद्यालय बन्द गराएको थाहा पाइयो, हाम्रो नगरपालिकाको अवस्था बुझ्न विद्यालयमा गरिएको सर्वेक्षणमा ३५ प्रतिशत विद्यार्थीमा सङ्क्रमण पाइयो तर नगरपालिकाले विद्यालय बन्द गराउनुभन्दा पनि यो रोगको सङ्क्रमण फैलिन नदिन अवस्था हेरेर सम्बन्धित विद्यालयले निर्णय लिनसक्ने अधिकार प्रदान ग¥याँै ।”

नगरपालिकामा प्रमुख खत्रीको नेतृत्वमा बसेको शिक्षा, स्वास्थ्यलगायत बिभिन्न शाखाका पदाधिकारीको बैठकले विद्यालयका शिक्षक, विद्यार्थीको आँखा पाक्ने रोगको सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आफ्नो विद्यालयको परिवेशअनुसार बढीमा सात दिनसम्म विद्यालयको पठनपाठन स्थगन गर्न सकिने गरी व्यवस्था गर्ने अधिकार विद्यालयलाई दिएको बताउनुभयो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले शिक्षा शाखा, स्वास्थ्य शाखा र चाँगुनारायण अस्पतालको मेडिकल अधिकृतसहितको टोलीले नगर क्षेत्रभित्रका विभिन्न स्कुलमा आँखा पाक्ने रोगको स्क्रिनिङ तथा उपचारको क्रममा ३५ प्रतिशत विद्यार्थीमा समस्या देखिएको पाइएको बताउनुभयो ।

उहाँले करिब चार सय विद्यार्थीमा गरिएको परीक्षणमा एक सय ३५ भन्दाबढी विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण देखिएकाले विद्यार्थीलाई औषधि उपलब्ध गराई घरमै बस्न सुझाव दिइएको बताउनुभयो । यो सरुवा रोग भएकाले विद्यार्थीमा सङ्क्रमण बढ्न सक्ने बताउँदै उहाँले सङ्क्रमण धेरै बढे विद्यालयमा पठनपाठन स्थगन गर्न सकिने उल्लेख गर्नुभयो

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले भने कतै अत्यधिक र कतै न्यून मात्रामा सङ्क्रमण देखिएकाले यसको न्यूनीकरणका लागि केही दिनका लागि विद्यालय बन्द गर्नुपर्ने बताउनुभयो ।

यता सूर्यविनायक नगरपालिकाले पनि आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि तीन दिनका लागि विद्यालय बन्द गरेको छ । नगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकामा केहि दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थालेपछि नगरभित्रका सबै विद्यालय तीनदिनका लागि बन्द गराएको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो । महामारी रोकथामका लागि अहिले दिइएको बिदा हिउँदे बिदाबाट कट्टा गराउने व्यबस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै मध्यपुरथिमि नगरपालिकाले पनि आफ्नो नगरभित्र आँखा पाक्ने रोगको सङ्क्रमण बढेको भन्दै यसको रोकथामका लागि भदौ २ गतेसम्मका लागि यहाँका संस्थागत एवं सामुदायिक विद्यालय बन्द गराएको छ ।

नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले नगरपालिकाले सुरुमा दुई दिन र पछि तीन दिन थप गरि पाँच दिनका लागि सबै विद्यालय बन्द गराएको जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले भने विद्यालय बन्द गराउनेबारे कुनै निर्णय लिएको छैन ।

अभिभावकले भने दुईचार दिन विद्यालय बन्द गराएर आँखा पाक्ने रोगको सङ्क्रमण न्यून नहुने भएकाले पठनपाठन बन्द गर्न नहुने बताए । सङ्क्रमण रोक्न विद्यालयहरुमा आँखाको औषधि राख्नुपर्ने, साबुनपानीले हात धुन लगाउनुपर्नेबारे कक्षाकक्षामा चेतना फैलाउनुपर्ने र रोग लागेका विद्यार्थीलाई केही दिन बिदा दिएर अरुका लागि पठनपाठन चालु गराउनुपर्नेमा जोड दिए । रासस
।

शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.