• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, असोज ०२, २०८३
शुक्रबार, असोज ०२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
  • ६ मिनेट 

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
  • १६ मिनेट 

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
  • ४ घण्टा 

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
  • ५ घण्टा 

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
  • ६ घण्टा 

पाँच वर्षमुनिका पाँच प्रतिशत बालबालिकामा कुपोषण
  • २३ घण्टा 

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
  • २३ घण्टा 

जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
  • २३ घण्टा 

शरीरको आधारस्तम्भ हाडको महत्व र भूमिका
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • २. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • ५. शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

  • ६. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ७. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • ८. बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

  • ९. जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • १०. जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस

  •  बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

काठमाडौँ । विश्व रेडक्रस दिवसका अवसरमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा मूल समारोहको आयोजना गरी दिवस मनाइएको छ । सो अवसरमा नेपालमा पनि रेडक्रस अभियानअन्तर्गत अङ्गका प्रमुखहरूले संयुक्त रूपमा रेडक्रसको झन्डोत्तोलन गर्नाका साथै ‘जँ हेनरी ड्युना’को तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।

सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ मा यो दिवस मनाइन्छ । यस वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष राधा नेपालीले यस वर्षको विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्दै मानवतालाई जीवित राख्न रेडक्रसले प्रदान गर्ने सेवाहरू मानवीय सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभयो । उहाँले सोसाइटीद्वारा सञ्चालित गतिविधिहरूमा मानवता झल्केको बताउँदै रेडक्रसको शिर उच्च राख्न रेडक्रसकर्मीहरू अहोरात्र लागिरहेको बताउनुभयो ।

सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले आफ्नो स्थापनाकालदेखि नै मानवीय विपत्ति कम गर्न सरकारको सहयोगीका रूपमा क्रियाशील रहेको बताउनुभयो । उहाँले मानवतामा देखिएका चुनौती कम गर्न सरकार र रेडक्रसलगायत संस्था एकीकृत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सोसाइटीका कोषाध्यक्ष वीरबहादुर बस्नेतले विश्व रेडक्रस दिवसका दिन रेडक्रसकर्मीहरूले आफ्ना कमीकमजोरीलाई सुधार गर्नाका साथै अभियानका सात सिद्धान्तको पालना गर्दै एकताबद्ध भई अगाडि बढ्न प्रण गर्नुपर्ने बताउनुभयो ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख अजमत उल्लाले रेडक्रस अन्य गैरसरकारी संस्था (एनजिओ) भन्दा फरक रहेको बताउँदै यसले सात सिद्धान्तको पालना गर्दै विश्वव्यापी रूपमा सम्बन्धित देशको सरकारको सहयोगीका रूपमा सहयोग पु¥याइरहेको जानकारी दिनुभयो ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) नेपाल प्रमुख सन्देश श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले समुदायमा पहिलो उद्धारकर्ताका रूपमा पु¥याइरहेको सेवाको प्रशंसा गर्दै नेपालमा रेडक्रस कानुन बनाउनुपर्ने बताउनुभयो । सरकारसँग समन्वय गरी कानुन बनाइनुपर्ने भन्दै यसका लागि सहकार्य र सहयोग गर्न आइसिआरसी प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

युवा रेडक्रस सर्कल ठैव ललितपुरकी सर्कल अध्यक्ष सिवानी थापामगरले मानवीय सेवा गर्दा खुसी प्राप्त हुने बताउँदै मानवीय पीडा कम गर्न र मानवतालाई जोगाई राख्न युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले दिवसको मूल समारोह कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । सो अवसरमा रेडक्रस अन्तर्राष्ट्रिय महासङ्घअन्तर्गत हाल विश्वका एक सय ९१ राष्ट्रमा राष्ट्रिय सोसाइटी रहेको जनाउँदै उहाँले नेपाल रेडक्रस सोसाइटीमा नौ लाखभन्दा बढी सदस्य मानवीय सेवाका गतिविधिमा संलग्न रहेकोे बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, प्रदेशका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ तथा अन्तर्राष्ट्रिय समितिका प्रतिनिधि र कर्मचारी, साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधि, युवा स्वयंसेवक, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कर्मचारीलगायतको उपस्थिति थियो । आज केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रमा केन्द्रीय कार्यालयका कर्मचारीले रक्तदान गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) रेडक्रस अभियानको एक अभिन्न अङ्गका रूपमा विसं २०२० भादौ १९ गते स्थापना भएको थियो । हाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलहरू रहेका छन् । समुदायस्तरसम्म पैmलिएका यी साङ्गठनिक निकायहरूमा नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् । रासस

बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै
यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

लोकप्रिय

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

ताजा

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

यस्ता छन् मधुमेह रोग नियन्त्रणका उपाय

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.