• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • ११ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • ११ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १२ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • १४ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • १५ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १७ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • २. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ३. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ४. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ५. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ६. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ७. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

  • १०. लागुऔषधसहित चार जना पक्राउ

भीड व्यवस्थापन सुधार गर्न सङ्घीय अस्पतालको प्रगति विवरण सार्वजनिक

  •  सोमबार, साउन २८, २०८१ मा प्रकाशित

काठमाडौंँ  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गर्नुभएको छ । अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा सङ्घीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गर्नुभएको हो । बाँकी सङ्घीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु अस्पताल), परोपकार प्रसूति तथा स्त्रीरोग (थापाथली अस्पताल), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), भक्तपुर क्यान्सर अस्पताल (दूधपाटी भक्तपुर), भरतपुर अस्पताल (चितवन), राष्ट्रिय ट्रमा सेन्टर (महाङ्काल काठमाडौँ), भेरी अस्पताल (नेपालगञ्ज, बाँके), नारायणी अस्पताल (वीरगञ्ज), मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (काठमाडौँ) र कान्ति बाल अस्पताल (महाराजगञ्ज, काठमाडौँ)को प्रगति विवरणमा सार्वजनिक गरिएको छ । त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर), बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा, बाँके) जिपी कोइराला रााष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र (दुलेगौँडा तनहुँ), डडेलधुरा अस्पताल (डडेलधुरा), वीर अस्पताल, आयुर्वेद चिकित्सालय (नरदेवी अस्पताल, काठमाडौँ) को विवरण सार्वजनिक गरिएको हो । सङ्घीय अस्पतालको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि मन्त्री पौडेलको उपस्थितिमा यही साउन ३ गते सङ्घीय अस्पताल र प्रतिष्ठानका प्रमुखहरुसँग संयुक्त बैठक बसेर नौ बुँदे निर्णय भएको थियो । निर्णय गरेको भोलिपल्ट उक्त बैठकको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले अस्पतालहरुलाई पत्राचार गरेको थियो । अस्पतालहरुले भीड नियन्त्रण र व्यवस्थापन गर्ज अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको (इएचएस), बहिरङ्ग (ओपीडी) सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना÷डिस्चार्जबीचमा समन्वय, चिकित्सकहरुको राउन्डको तालिका तय, डिजिटल प्रणालीको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीलगायत कार्यलाई प्राथमिकता दिएका अस्पतालहरुको विवरणमा उल्लेख छ । साथै अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउने पानीको निःशुल्क व्यवस्थालगायत विभिन्न योजनाहरू समावेश छन् । गुनासो व्यवस्थापनका लागि सहायता कक्ष र गुनासो बक्सको व्यवस्थापन गरिएका छन् । यी प्रयासले भीड व्यवस्थापनमा सहजता थपेको अस्पतालको विवरणमा उल्लेख गरिएको छ । औषधिको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएका बिरामीका लागि फार्मेसी सेवालाई व्यवस्थित गरिएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रणाली व्यवस्थित गरिएको रिपोर्ट कार्डमा समावेश छ । बिरामी र आगन्तुकका लागि जाँच र सहायता कक्षको व्यवस्था गरिएकाले अस्पतालका सेवालाई थप प्रभावकारी, व्यवस्थित र बिरामीमैत्री बनाउँदै लगिएको रिपोर्ट कार्डमा उल्लेख छ । स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, “सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नु परेको, अलमलिनु परेको र झन्झटिलो भन्ने आमनागरिकको गुनासो मन्त्रालय सम्हाल्नुअघि नै देखेको हो । लामो समयदेखिको यो समस्यालाई समाधान गर्न सम्बन्धित निकायले पनि प्रयास गरिरहेका थिए । स्वास्थ्य सेवालाई नागरिकमैत्री र सहज बनाउन हामीले प्रयास थालेका छौँ ।” आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने कार्यमा सरकार सदैव अस्पताल तथा सरोकार भएकासँग सहकार्य र समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो ।  रासस

सोमबार, साउन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.