• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • ७ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • ८ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • ८ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • ८ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • ८ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • १० घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • ११ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १४ घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. स्वास्थ्य क्षेत्रमा माइक्रोबायोलोजीको भूमिका

  • १०. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न स्वास्थ्य, वन र कृषिमन्त्रीको आग्रह

  •  सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित

काठमाडौँ । सरकार तीन मन्त्रीहरुले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी आज विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२४ का अवसरमा संयुक्त रुपमा शुभकामना सन्देश दिँदै प्रतिजैविक औषधिको न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँहरुले प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरबी गर्न आवश्यक रहेको समेत बताउनुभएको छ । यस वर्ष प्रतिजैविक प्रतिरोधसम्बन्धी विश्वस्तरीय दुई ठूला उच्चस्तरीय बैठकहरु ७९औँ संयुक्त राष्ट्रसङ्घ महासभा र ७७औँ विश्व स्वास्थ्य सभामा नेपाल सरकारले जनाएको प्रतिबद्धता तथा विश्वव्यापी रुपमा सहमत लक्ष्यहरुको जवाफदेहिता तथा कार्यान्वयन महत्वपूर्ण अवसर भएकाले पनि यस वर्षको सचेतना सप्ताह विशेष रहेको उहाँहरुको सन्देशमा भनिएको छ ।

सन्देशमा उहाँहरुले नेपालजस्तो सङ्क्रामक रोगहरुको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपक्षी र बोटबिरुवाका सङ्क्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिको मुख्य भूमिका रहेको भन्दै विश्वव्यापी रुपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण बहुमूल्य प्रतिजैविक औषधिको क्षमता घट्न गई सङ्क्रामक रोगको प्रभावकारी उपचारमा चुनौती थपिएको बताउनु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिजैविक प्रतिरोधका कारणले अहिले विश्वभरि करिब १२ लाख मानिसहरुको मुत्यु भइरहेको छ । सन् २०५० सम्ममा वर्षमा करिब ५० लाख मानिसको मृत्यु हुने आकलन गरिएको छ र सन् २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलरसम्मको आर्थिक भार थपिने आकलन गरिएको छ । यसबाट सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा बाधा पुग्न सक्ने देखिन्छ ।

“यसरी बढिरहेको प्रतिजैविक प्रतिरोधको समस्या मानव स्वास्थ्य मात्र नभई अन्योन्याश्रित अन्तरसम्बन्ध रहेका पशुपक्षी तथा वातावरणीय स्वास्थ्यलाई समेत प्रत्यक्ष असर पारेको छ । त्यसैले यस समस्यासँग जुध्न एक स्वास्थ्य रणनीति २०७६ अनुसार अगाडि बढ्न आवश्यक छ,” उहाँहरुको सन्देशमा भनिएको छ, “एन्टिबायोटिक लगायतका औषधिहरुको जिम्मेवारपूर्ण प्रयोगलाई प्रवद्र्धन गर्दै सङ्क्रमण रोकथाममा सुधार गर्न, प्रतिजैविक प्रतिरोधको निगरानीलाई निरन्तरता दिन तथा वैकल्पिक उपचार र रोकथामका उपायहरुको अनुसन्धान गर्ने कार्यलाई कार्यान्वयन गर्नुपर्दछ ।”

सन्देशमा सरकारले एक स्वास्थ्य रणनीतिअनुरुप बहुपक्षीय संलग्नतामा प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना विधिवत् रुपमा स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको उल्लेख गर्दै उच्चस्तरीय प्रतिबद्धताका साथ ल्याइएको यो कार्ययोजनाले एक स्वास्थ्य क्षेत्रका सरोकारवाला बीचको सहकार्यमा प्रतिजैविक प्रतिरोध न्यूनीकरणमा तथा दिगो विकास लक्ष्य हासिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

आजदेखि मङ्सिर ९ गतेसम्म ‘प्रतिजैविक प्रतिरोधः बुझाँै, बुझाऔँ, आजैबाट रोकथाममा जुटौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरिन नेपालमा पनि मनाइँदै छ । रासस

सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.