• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ ३१, २०८३
बुधबार, भदौ ३१, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
  • ४ घण्टा 

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
  • ५ घण्टा 

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता
  • ५ घण्टा 

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’
  • ५ घण्टा 

खुसी जीवनका लागि स्वस्थ मुटु
  • ५ घण्टा 

बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा
  • ७ घण्टा 

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
  • ८ घण्टा 

१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य
  • १० घण्टा 

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

  • ३. बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • ४. स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

  • ५. बाँकेमा १९३ कुष्ठरोगी

  • ६. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • ७. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

  • ८. विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

  • ९. सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल

  • १०. बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

अपाङ्गता क्षेत्रको संवेदनशीलतालाई राष्ट्रले आत्मसात् गर्नुपर्छ : सभामुख

  •  बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित

काठमाडौँ । सुभामुख देवराज घिमिरेले अपाङ्गता क्षेत्रको संवेदनशीलतालाई परिवार, समाज र राष्ट्रले आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।

‘अपाङ्गता भएका व्यक्तिको ३३औँ अन्तर्राष्ट्रिय दिवस, २०२४’ को अवसरमा नेत्रहीन युवा सङ्घ नेपाले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता युवा सम्मेलन’ को उद्घाटन गर्दै सभामुख घिमिरेले अपाङ्गताको सवालमा समावेशिताको सवाललाई कार्यान्वयन गर्न सबैभन्दा पहिला अपाङ्गता भएका व्यक्ति आर्थिक तथा सामाजिक रुपमा बलियो हुनुपर्ने बताउनुभयो ।

“अपाङ्गता भएका व्यक्ति, परिवार वा समाजको न्यूनतम आवश्यकता पूरा भएपछि मात्रै उनीहरुले पाउने समावेशिता अधिकारसम्बन्धी नीति र सिद्धान्तको कार्यान्वयन गर्न पहल गर्न सकिन्छ, त्यस अर्थमा पनि उनीहरु आर्थिक रुपमा सबल र सक्षम हुनुपर्छ”, उहाँले भन्नुभयो । नेपालको संविधानले समानता, समावेशिता, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सम्मान र सबै प्रकारका भेद्भाव अन्त्य गर्ने विषयलाई प्राथमिकता दिएको उल्लेख गर्दै सभामुख घिमिरेले अपाङ्गताको सवालमा संवैधानिक अधिकार र भएका ऐन÷कानुन कार्यान्वयनको सवालमा कमिकमजोरी भएको टिप्पणी गर्नुभयो ।

सभामुख घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई राज्यको नीति निर्माण गर्ने वा नीति कार्यान्वयन गर्ने तहमा समान सहभागिताका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अपाङ्गता भएका व्यक्तिलाई सङ्घीय र प्रदेशसभामा समान प्रतिनिधित्व गराउन निर्वाचन ऐनलाई समय सान्दर्भिक बनाउन आवश्यक छ, साथै सबैभन्दा महत्वपूर्ण अपाङ्गतासम्बन्धी कानुनको कार्यान्वयन गराउनुपर्छ र कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ”,उहाँले भन्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आर्चायले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यवहारिक रुपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।

नेपालको वर्तमान संविधान एवं अपाङ्तासम्बन्धी कानुनी व्यवस्थामा अपाङ्ता भएका व्यक्तिलाई अपाङ्ताको आधारमा कुनै पनि भेद्भाव नगरिने गरी अधिकारको सुनिश्चित गरिएको छ । नेपालले अपाङ्ता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ लाई सन् २००९ मा अनुमोदन गरी कार्यान्वयन गरिरहेको छ । अपाङ्ता भएका व्यक्तिको अधिकारको व्यवहारमा कार्यान्वयन गर्न अपाङ्तासम्बन्धी राष्ट्रिय नीति जारी गरी कार्यान्वयन गरिएको छ भने त्यसलाई थप सार्थकता प्रदान गर्न कार्ययोजना निर्माण गरी लागू गर्न महिला मन्त्रालयले काम गरिरहेको छ ।

यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस, २०२४ को मूल ‘इम्पिलिफइङ दि लिडरसिप अफ परसन्स उइथ डिजाविलिटिस फर अन इन्कुशिभ एण्ड सस्टेनेबल फ्युचर’ रहेको छ भने सोही नाराको परिप्रेक्ष्यमा रही नेपाल सरकारद्वारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ तय गरिएको छ । रासस

बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली
शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने
अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

स्वास्थ्य सेवामा पाँच दशकदेखि सक्रिय वासुदेवप्रसाद रुंगटा

बाँकेमा १९३ कुष्ठरोगी

ताजा

बाढीप्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली

शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ सेवा प्रदान गरिने

अस्पतालको सेवा प्रभावकारी बनाउन अनुगमन भइरहेको छ : मन्त्री मेहता

राष्ट्रियसभाः ‘स्वास्थ्य सेवा प्रणालीमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान’

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.