• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • ६ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • ६ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • ७ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • ८ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • ९ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १० घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप: प्रधानमन्त्री मोदीद्वारा घाइते सांसदको स्वास्थ्य अवस्थाबारे जानकारी

  •  बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित

नयाँदिल्ली । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसदसारङ्गी र राजपुतलाई फोन गरी उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफुलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाउनुभएको छ ।

काङ्ग्रेसले सत्तारूढ पार्टीका सांसदले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ ।

भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणी गरेको बिषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा समेत झडप भएको हो ।

भारतीय जनता पार्टी (भाजपा) का सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दावी गर्नुभएको छ । सारङ्गीले आफू सिँढीमा उभिरहेको बेला विपक्षी नेताहरूको धकेलाधकेलमा सांसदहरू आफूमाथि लडेको र यसबाट आफ्नो टाउकोमा चोट लागेको बताउनुभएको छ ।

सिंहले पत्रकारसँग भन्नुभयो, “गान्धीले संसद्मा प्रवेश गर्ने क्रममा एक जना सांसदलाई धक्का दिनुभयो उहाँ ममाथि परेपछि म ढलेँ ।”

घटनापश्चात भाजपा सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । दुवै सांसदलाई दिल्लीको राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय शुक्लाले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरूको स्वास्थ्य परीक्षण भइरहेको छ ।

लक्षणसहितको उपचार सुरु भएको छ । दुवैजनाको टाउकोमा चोट लागेकाले आईसीयूमा भर्ना गरिएको छ ।”

उहाँले भन्नुभयो, “अस्पतालमा ल्याईपु¥याँउँदा सांसद् सारङ्गीलाई गहिरो चोट लागेको र अत्यधिक रक्तस्राव भइरहेको थियो, अहिले उहाँको उपचार सुरू गरिएको छ । परीक्षणहरू पनि भइरहेका छन् ।”

शुक्लाले अगाडी भन्नुभयो, “राजपुत बेहोस भएपछि ल्याइएको र अहिले उहाँ होशमा हुनुहुन्छ तर चिन्तित देखिनुहुन्छ ।”

काङ्ग्रेस नेता राहुल गान्धीले घटनामा आफ्नो बचाउ गर्दै भन्नुभयो, “म संसदभित्र पस्ने कोसिस गरिरहेको थिएँ, मलाई भाजपा सांसदहरूले धकेले र अवरोध गर्दै धम्की दिए ।”

गान्धीले भन्नुभयो, “उनीहरूले काङ्ग्रेस प्रमुख मल्लिकार्जुन खड़्गेलाई पनि धकेले । यो तपाईंको क्यामेरामा हुन सक्छ।”

उहाँले थप्नुभयो, “हामीलाई झट्काले असर गर्दैन । यो प्रवेशद्वार हो र हामीलाई भित्र जाने अधिकार छ ।”

कांग्रेस सांसद केसी वेणुगोपालले भारतीय जनता पार्टी (भाजपा) का सांसदहरूले कांग्रेस नेताहरूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो, “लज्जाजनक घटना भएको छ । भाजपाका सांसदहरूले कांग्रेसका अध्यक्ष तथा आदरणीय नेतालाई धक्का दिए भने लोकसभाका विपक्षी नेतालाई पनि सदनमा प्रवेश गर्नबाट रोकियो र धकेलियो। भाजपाका यी सांसदहरू वातावरण बिगार्न र संसदको गरिमा घटाउनका लागि स्पष्ट रूपमा जिम्मेवार थिए।”

भाजपा नेता तथा संघीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणीको जवाफदेहिताबाट उनीहरूलाई कुनै पनि नाटक वा छलकपटले बचाउन सक्दैन।

भारतीय जनता पार्टी (भाजपा) ले गान्धी र अन्य सांसदहरूविरुद्ध भाजपा सांसदहरूविरुद्ध शारीरिक हिंसाको आरोप लगाउँदै उजुरी दर्ता गर्ने बताएको छ । रासस

बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.