• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक १६, २०८३
आइतबार, कार्तिक १६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
  • २ दिन 

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
  • २ दिन 

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान
  • २ दिन 

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
  • २ दिन 

लागुऔषधसहित ३१ जना पक्राउ
  • २ दिन 

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६
  • ३ दिन 

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
  • ३ दिन 

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
  • ३ दिन 

दाङमा रगत अभाव
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ५. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ६. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • ९. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • १०. नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

‘बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ’

  •  शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले आयोजना गरेको ‘स्वस्थ्यकर बुढ्यौलीसम्बन्धी पैरवी’ कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिएमा स्वस्थ्य जीवनयापन गर्नसक्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई सम्मान आवश्यक छ ।स्वस्थकर बुढ्यौलीका लागि बुढ्यौलीमा प्रयास गरेर हुँदैन । सुरुदेखि नै गर्नुपर्छ । यो एउटा संस्कार बन्नुपर्छ ।” सबैले बुढेसकालका लागि आफूलाई तयार पार्न अहिलेदेखि नै सक्रिय जीवनयापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरादेवी निरौलाले स्वस्थ्यकर बुढ्यौलीका लगि हामी सबैको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “६२ वटा अस्पतालमा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा छ । स्वास्थ्यमा बिमामा पनि प्राथमिकता दिइएको छ ।” उहाँका अनुसार हाल ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको सङ्ख्या तीन लाख रहेको छ भने १५ हजारलाई डिमेन्सिया रहेको छ ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग महानगर’कार्यक्रममा अघिल्लो वर्ष १५ वटा वडामा गरेको र यो वर्ष १४ वटा वडामा गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका लागि निमोनियाको खोप दिइरहेका छौँ । वडावडामा योगाका कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । योगामा महिला तथा भजनमा पुरुष ज्येष्ठ नागरिकहरुको सक्रियतापूर्वक सहभागिता छ ।”

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले जति उमेर बढ्दै गए पनि सकारात्मक सोचकासाथ अघि बढ्दा सक्रियतापूर्वक जीवन जिउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ । जुनै उमेरलाई पनि सन्तुलित रुपमा लानुपर्छ ।”

जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा उमेश बोगटीले ज्येष्ठ नागरिकलाई पारिवारिक तथा बाहिरका छलफलमा सहभागी गराउने, समयसमयमा अस्पताल लाने, औषधिको सही सेवनकाबारेमा जानकारी लिराख्नुपर्ने बताउनुभयो ।

मानसिक रोग विशेषज्ञ डा निदेश सापकोटाले वृद्धावस्थामा सबैको स्मरण शक्तिमा ह्रास नआए पनि अधिकांशले बिर्सिने रोग अर्थात् डिमेन्सियाको सामना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उमेर ढल्किँदैमा स्मरण क्षमतामा ह्रास आउँछ भन्ने हुँदैन । सुरुदेखि नै स्वस्थकर जीवनशैली अपनाउनुपर्छ । तीन जनामध्ये दुई जनालाई अझै पनि डिमेन्सियाबारे थाहा छैन । यसबारे नीतिगत बहस हुनुपर्छ । सचेतना जगाउनुपर्छ ।” रासस

शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.